सञ्जय साह मित्र
आफ्नो अभिव्यक्तिप्रति खरो उत्रिंदै आएका केपि शर्मा ओलीको नेतृत्वमा नेपालको बागडोर जानुभन्दा पहिलेदेखि नै कुन किसिमको अनुमान थियो भने ओली सरकारमा गएपछि नेपाल र नेपालीले धेरै किसिमले फाइदा लिन पाउने छन् । यसको मुख्य कारण उनीमा पहिलेदेखि नै देखिंदै आएको राष्ट्रवादप्रति अडान र खरो व्यक्तित्व थियो । उनले विगतमा निकै हदसम्म गरेको सरकारको यथार्थिक आलोचना सुझावले भविष्यमा केही गर्ने नेताको रूपमा सबैमा उनीप्रति विश्वास भएको थियो । छिटो निर्णय लिने क्षमता भएको र घटनाको आफ्नै किसिमले विश्लेषण गर्न सक्ने खुबी भएका ओलीले, प्रधानमन्त्री बन्नुभन्दा पहिले संविधान निर्माण अवधिमा देखाएको तत्परता र संविधान जारी गर्न देखाएको आतुरताले उनी प्रधानमन्त्री बन्न मात्र हतारिएको जस्तो लाग्दैनथ्यो । देशमा लामो समयदेखि जारी अस्थिरता हटाउन उनको नेतृत्व राज्यले पर्खेजस्तो अनुभूति भइरहेको थियो सर्वसाधारणलाई । वैचारिकरूपले उनीसित असहमत हुनेहरू पनि उनको त्यो खूबीको कायल थिए र उनको क्षमतालाई सर्वसाधारणसमेतको हकमा राज्यले उपयोग गर्ने अवसर पाउन लागेको अनुमान गरेका थिए । उनले निकै कठिन घडीमा देशको बागडोर सम्हालेको कुरा सही हो, र जुनरूपमा उनले विचारमा नितान्त भिन्न दल र प्रवृत्तिको दृष्टिले पनि झन्डै असम्भव प्रकृतिका व्यक्तिहरूलाई सरकारमा ल्याउन सफल भए, त्यसबाट उनमा सबैलाई समेटेर लैजाने क्षमता भएको व्यक्तित्व सहज देखिएको छ ।
संविधान जारी भएको एक महिना नाघिसकेको छ र संविधान जारी हुनुभन्दा पहिलेदेखि नै संविधानप्रति असहमत भई आन्दोलनमा रहेका शक्तिहरू पनि ओली सरकारको गठन भएपछिको दुई हप्ता नाघिसक्दा पनि जहाँको तहीं आन्दोलनमैं रहेका छन् । यसबीच देशमा इन्धन समस्या झन् बढेर गएको छ । डिजल, पेट्रोल र खाना पकाउने ग्याँसको अभावले चरम रूप लिएको छ । समाजमा अनेक किसिमको जटिलता र समस्या देखिन थालेको छ । प्रधानमन्त्री ओलीप्रति आँखा ओछ्याएर आशाको किरण आउने बाटो देखिरहेका सर्वसाधारण नागरिकमा अझै पूर्णरूपमा आशा मरिसकेको नभए पनि विस्तारै निराशाको धमिलो छाया भने देखिन थालेको छ । ओलीप्रतिको विश्वासका कारण सबै जस्ताको तस्तै रहनुपर्नेमा आधारहरू कमजोर हुन थालेको समाजमा चर्चा चल्न थालेको छ । एकथरीले त कुनै पनि मूल्यमा देशको स्वाभिमान झुक्न दिनुहुन्न भनिरहेको अवस्था छ, जुन निकै राम्रो हो तर देशलाई दीर्घकालीन समस्यामा रुमलिन नदिन पनि ओली नेतृत्वको सरकारले गम्भीरतापूर्वक ध्यान दिनु राम्रो हुने विचार बुद्धिजीवीहरूले व्यक्त गर्न थालेका छन् । अहिलेको अवस्थामा दुई ढु·ाबीचको तरुलको रूपमा हाम्रो देश रहेको पुरानो कथनलाई एकचोटि सबैले फेरि सम्झिरहेका छन् । भारतमाथि हाम्रो निर्भरता रहेकोमा यसै गरी चीनमाथि पनि निर्भरता बढ्ने हो भने आखिरमा नेपाल र नेपालीलाई के फाइदा–नेपाली समाजमा बहसको थालनी भएको छ ।
देशलाई सही निकास चाहिएको छ । देशको आन्तरिक समस्या सबैले मिलेर समाधान गनु जरुरी छ । देशमा व्याप्त आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्नु देशको कार्यकारी प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीको कर्तव्य हुन आउँछ र यसमा सबैले आशाको दृष्टिले हेर्नुलाई पनि सकारात्मक र उचित नै मानिएको छ । हिमालदेखि तराईसम्मका सबै नागरिकले आफ्नो असन्तुष्टि राख्ने त सरकारसमक्ष नै हो । सरकारले सबै किसिमको असन्तुष्टि सन्तुष्टिमा परिणत गर्ने वा चित्त बुझाउने काम पनि गर्नुपर्छ । विकसित देशहरूमा सामान्यतया नागरिकलाई असन्तुष्ट हुने वातावरण नै बन्न दिइँदैन । सरकारले जनता असन्तुष्ट भएमा लोकप्रियता कम हुने कुरालाई समेत ध्यान दिन्छन् रे । सरकार गिर्ने डर नहुँदा पनि लोकप्रियता कम हुन्छ भन्ने डर र आलोचना बढ्ने डर पनि सरकारलाई हुन्छ रे । सरकार बन्ने र बिग्रने प्रक्रियामा अलिकति शीघ्रता जापानमा पनि हुने गरेको छ तर त्यहाँका नागरिकले सरकार वा सरकार प्रमुखप्रति आफ्नो असन्तुष्टि बढ्दै गएमा त्यसको कारण निवारण गर्ने पहल गरेको सुनिन्छ । पहिलेदेखि नै लोभ नभएको नेताको रूपमा परिचित केपी ओली प्रधानमन्त्री भएपछि यस किसिमको अपेक्षा हुनुलाई नकारात्मक मान्नुपर्ने कुनै कारण छैन । कठिन परिस्थितिमा आफ्नो खूबी देखाउने नेताको रूपमा परिचित केपी ओलीको यस किसिमको दक्षता प्रधानमन्त्रीको रूपमा व्यवहारमा देख्न अब ढिलो नहोओस् भनेर नागरिकले चाहिरहेका छन् । नागरिकको चाहनालाई प्राथमिकतामा राखेर प्रधानमन्त्री ओलीले काम गर्ने कुरामा नागरिक विश्वस्त पनि छन् ।
सरकार गठन भएको दिन लम्बिएसँगै इन्धनको कमीले अनेक समस्याहरू सिर्जना भइरहेको देखिएको छ । गाउँका विकास निर्माणका कार्यहरू रोकिएका छन् । कृषिमा समेत नकारात्मक असर परेको छ । समयमा आवश्यकता अनुसार पानी नपरेपछि धानखेती प्रभावित भएको अवस्था धानको दाइँ गर्ने बेला डिजलको अभावमा खाद्यान्नको केही भाग खेर जाने अवस्थामा पुगेको देखिएको छ । नगदे तथा तरकारी बालीको लागि समेत पानीको अभाव पूरा गर्न नसकिने अवस्था देखिएको छ जसले आगामी दिनमा हामीकहाँ खाद्यान्न र तरकारीसमेत बाहिरबाट ल्याउनुपर्ने अथवा निकै महंँगोमा किन्नुपर्ने देखिएको छ । काममा कतै जान नपाएर र आफ्नो ठाउँमा कुनै काम नपाएर कष्टकर जीवन बिताउन बाध्य भएको अवस्थामा कम्युनिस्टहरूको नेतृत्वमा गठन भएको सरकारले देश चलाइरहेको देखिएकोले गरिब, किसान, मजदुर, निमुखाहरूको अन्तर्मनको आवाज सुन्ने कुरामा आशावादी हुन सक्ने आधारहरू कमजोर हुन दिनुहुन्न । नेपालको इतिहासमा अहिलेको अवस्था कम्युनिस्टहरूले चाहेको र खोजेको सैद्धान्तिक तथा व्यावहारिक व्यवस्थाको नमुना देखाउन सक्ने हैसियतमा रहेको र त्यसको झलक अहिले नै देखिनुपर्नेमा त्यसको लागि ढिलो भएको हो कि भन्ने सर्वसाधारणलाई भइरहेको छ । कम्युनिस्टहरूको शासनमा देशको हालत यस्तै हुन्छ भनेर कम्युनिस्ट विरोधीहरूले धारणा फैलाउन सक्ने सम्भावना पनि उत्तिकै रहेकोले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली र दोस्रो ठूलो वामपन्थी दल एकीकृत नेकपा माओवादीसमेतले आफ्नो कल्पनाको समाजको झलक देखाउने योभन्दा ठूलो अवसरको प्रतीक्षामा समय खेर फाल्नुहुन्न ।
नयाँ सरकारको अगाडि चुनौती नै चुनौतीको पहाड देखिएको छ र समुद्रको गहिराइजस्तो बाहिरबाट नदेखिने समस्याका निकै डरलाग्दो गहिराइ पनि रहेको छ । पहाडको उचाइदेखि समुद्रको गहिराइसम्मको समस्या कुशलतापूर्वक पन्छाउँदै नेपालको नयाँ संविधानले देश र जनताको लागि राम्रो गर्ने र यसले देशको भविष्य उज्ज्वल बनाउने छ भन्ने आशाको सञ्चार गराउनु पनि नयाँ सरकारका लागि आवश्यक देखिएको छ । राज्य सञ्चालनको लगभग सम्पूर्ण क्षेत्रमा एकाधिकारको अवस्थामा पुगेका नेपालका कम्युनिस्ट पार्टीहरूको अभूतपूर्व सत्ता समीकरणले नेपालले के के पाउने हो वा यसपछि नेपालमा कम्युनिस्टहरूको बाटो ओरालो लागेको मृगजस्तो हुने हो भन्ने कुरो वर्तमान सरकारको कामले नै स्पष्ट हुने भएकोले अहिले तत्काल देखिएका समस्या र चुनौतीहरूलाई पन्छाउँदै आगामी दिनमा देखिन सकिने देशी र विदेशी समस्या पन्छाउन सक्ने क्षमता र दक्षतासमेत देखाउनुपरेको छ । तर मूलरूपमा भने नेपालको दक्षिणी भाग मधेस–तराईमा देखिएको समस्या समाधान गर्नु र आन्दोलनरत पक्षको पनि मन जितेर राष्ट्र निर्माणमा सहभागी गराउनु पहिलो प्राथमिकताको विषय बनेको हुनुपर्छ । यस समस्यालाई विगतको सहमति, सम्झौता र वर्तमानको परिवर्तित आकाशलाई समेत हेरेर– विचारेर निकास खोज्नु आवश्यक छ । देश सबैको साझा हो भन्ने भावना सबैमा सञ्चार गराउनु र सबैलाई देश विकासमा योगदान दिने योग्य बनाउनु पनि वर्तमान सरकारप्रति सर्वसाधारणको आशा र अपेक्षाको रूपमा रहेको छ ।