प्रस, वीरगंज, १७ असोज/
विद्यालय शान्ति क्षेत्र घोषणापत्रमा हस्ताक्षर गरेका राजनीतिक दलहरूले आफूले आयोजना गर्ने बन्द, हडतालमा विद्यालय प्रभावित नहुने प्रतिबद्धता जनाए पनि जारी मधेस आन्दोलनमा ५१ दिन लामो बन्द हुँदा पनि विद्यालय सञ्चालनतर्फ आन्दोलनरत मधेसवादी दल अहिलेसम्म संवेदनशील देखिएका छैनन् ।
पर्सामा रहेका १४ भन्दा बढी राजनीतिक दलका स्थानीय अध्यक्ष, नेताहरूले सामूहिकरूपमा हस्ताक्षर गरेको विद्यालय शान्ति क्षेत्र घोषणापत्र विपरीत अहिले ५१ दिनदेखि बन्द विद्यालय सञ्चालनका लागि निजी विद्यालयहरूको स·ठन प्याब्सन पर्सा र एन प्याब्सन पर्साले बन्द विद्यालय सञ्चालनका लागि गरेको पहल सफल हुन सकेको छैन ।
विद्यालय शान्ति क्षेत्र घोषणापत्रमा मधेसवादी दलका स्थानीय अध्यक्ष, नेताहरूले पनि हस्ताक्षर गरेका छन् । तर विद्यालय सञ्चालनतर्फ उनीहरू टसमस भएका छैनन् । थुप्रै वार्ता पहल भए तर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विद्यालय सञ्चालनतर्फ सकारात्मक नहुँदा वार्ता सफल हुन सकेको छैन ।
मोर्चाका परिचालन समिति संयोजक सरोज यादवले विद्यालय सञ्चालन हुन दिंदा विगतका बन्दहरूमा व्यापक दुरुपयोग भएकोले अहिले बन्दमा सञ्चालन गर्न रोक लगाएको बताए । उनले विद्यालय सञ्चालन गर्दा बस सेवाको चरम दुरुपयोग गरिएकोले पनि सञ्चालन हुन नदिएको बताए ।
नेता यादवले बन्द सफल भएपछि मात्र अन्य सरह विद्यालय पनि सञ्चालनमा आउने अन्यथा नआउने बताएका छन् ।
अर्को सङ्घीय समावेशी मधेसी मोर्चाका नेता शिव पटेलले भने आफू विद्यालय सञ्चालनका लागि सकारात्मक रहेको बताउँछन् । हाम्रो मोर्चा विद्यालय सञ्चालनको लागि सकारात्मक छ, प्रतीकसँग नेता पटेलले भने ।
शिक्षा पत्रकार अनन्तकुमार लाल दास विद्यालय सञ्चालनका लागि गरिएको प्रयास सफल हुन नसकेको बताउँछन् । उनले आन्दोलनरत मोर्चा र स्थानीय प्रशासनसँग यसबारे बारम्बार प्रयास गरिएको भए पनि सफलता हात नपरेको बताउँछन् । विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको र उनीहरूलाई परीक्षामा समस्या आउने दासले बताए ।
शिक्षापत्रकार दासले निजी क्षेत्रका विद्यालयहरूले भूकम्प र बन्दबाट राहत पाउनका लागि केही तयारी पनि गरेका छन् भने सरकारी विद्यालयहरू सो तयारीविहीन अवस्थामा हुँदा सरकारी शिक्षा लिइरहेका विद्यार्थीहरू थप समस्यामा पर्ने उनले बताए ।
निजी विद्यालयहरूले २२० दिन विद्यालय सञ्चालन १८० दिन नियमित पठनपाठनको नीति अन्तर्गत अहिले थुप्रै बिदाहरू कट्टा गर्ने र चाडपर्वमा पनि विद्यालय सञ्ञ्चालन गर्ने होमवर्क गरिसकेको बताए ।
यसैबीच निजी विद्यालयहरूले प्रवेशिका परीक्षालाई दृष्टिगत गरी बन्दको क्रममा पनि कक्षा सञ्चालन गरेका छन् । दुवै मोर्चाका नेताहरूले सादा पोशाकमा एसएलसीका विद्यार्थीहरूका लागि मात्र कोचिङ क्लास सञ्चालनको इजाजत दिएकाले अहिले वीरगंजका सबै निजी विद्यालयमा कोचिङ क्लास सञ्चालन भइरहेको छ ।