$type=ticker$count=12$cols=4$cate=0

नागरिक विभाजित नबनौं

SHARE:

वीरेन्द्र यादव
    राजनीतिकशास्त्रले भन्छ राज्य नागरिकको अभिभावक हो । अभिभावकसँग नागरिकले आफ्नो असन्तुष्टि जाहेर गर्नु र आफ्नो माग राख्नु लोकतान्त्रिक अधिकार हो । जनताको माग जायज छ भने आफ्नो साधनस्रोतले भ्याएसम्म बराबर वितरण गर्नु र अपराधजन्य कार्यको नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । राज्यको नीति अनुरूप कार्य गर्नु सरकारको कर्तव्य हो । सरकारसँग अपार शक्ति हुन्छ भने राज्यको तुलनामा एउटा व्यक्तिको शक्ति शून्य बराबर हुन्छ । राजनीतिशास्त्रका अनुसार सरकार र जनताबीच चील र कुखुराको चल्लाजस्तो सम्बन्ध हुन्छ । जसरी चीलले चल्लालाई जुन बेला पनि झम्टिन खोज्छ, त्यसैगरी सरकारले पनि जनताको अधिकार जुन बेला पनि खोस्ने प्रयास गर्छ । यसर्थ जनताको अधिकार चीलजस्तै सरकारले खोस्न नपाओस् भनेर आम जनतामा ऐक्यबद्धता आवश्यक हुन्छ । एकजना नागरिकको अधिकार सरकारले जबरजस्ती खोस्यो र त्यसमा अरू जनताले समर्थन जनायो भनेपछि समर्थन जनाउने जनताको पनि अधिकार खोस्न सरकार पछि पर्दैन र यसरी एकएक गरी जनताको अधिकार खोसेर जनता कमजोर र सरकार निरङ्कुश बन्छ । जनता कमजोर हुनुको अर्थ हो राज्य कमजोर हुनु । राज्य कमजोर भयो भने असफल हुन्छ र अस्तित्व सड्ढटमा पर्छ । राज्यको शक्तिको स्रोत जनता भए पनि जनताको अधिकारको लागि जनता जहिले पनि एक हुनैपर्छ ।
    हामी नेपाली विभाजित छौं भन्ने पङ्क्तिकारको आशय होइन । राज्यलाई कमजोर पारौं भन्ने पनि आशय होइन, तर विगत केही वर्षदेखि देखा परेका घटनाक्रमले हामी नागरिकबीचको एकता शिथिल हुँदै गएको महसुस हुँदैछ । यद्यपि महाभूकम्प, बाढी, पहिरो, महामारी, आगलागीलगायत दैवी विपत्तिमा हामी सबै एकजुट रहेको पुष्टि भएको छ । पहाडको हिमालको पीडाले तराई–मधेस दुखेको छ भने तराई–मधेसको पीडा पनि पहाड–हिमालमा दुख्ने गरेको छ तर राजनीतिक मुद्दामा त्यस्तो अनुभव हुन सकेको छैन, जुन चिन्ताजनक विषय हो ।
    लगभग ७० वर्ष पहिले उठान भएको संविधानसभा यतिखेर सफल भएको छ । संविधानसभाबाट संविधान बनी जनता सार्वभौम हुने गौरवपुर्ण अवसर आएको छ । जुन निश्चितरूपमा अत्यधिक खुशीको विषय हो । तर यस संविधानमा आधा मुलुक र मुलुकको आधा जनताले असन्तुष्टि जनाएको छ । जुन संविधानसभा र नयाँ संविधानको लागि सबै जनताले बलिदान दियो त्यसैमध्ये आधी जनता किन विरोधमा उठयो । ती जनताको असन्तुष्टि जायज छ कि नजायज, विश्लेषण नगरी दिपावली मनाउनुले निश्चय नै असन्तुष्ट पक्षको घाउमा नुन छरेजस्तो महसुस हुन्छ नै । हामी सबै एक परिवारका सदस्य हौं । परिवारको कुनै सदस्यले शहादत प्राप्त गर्दा अर्को सदस्यले खुशीयाली मनाउँदैन । यो हाम्रो मौलिक संस्कृति पनि हो । आधा जनताले दु:ख व्यक्त गरिरहँदा आधा जनतालाई खुशीयाली मनाऊ भनी सरकारले गरेको आहवान जनता–जनताबीच दूरी उत्पन्न गर्ने नियत हो । तराई–मधेसमा थारू– मधेसीले उठाएका सबै माग जायज नहोलान् तर उनीहरूले उठाएको सबै माग नाजायज पनि छैन । संविधान जारी हुनुपूर्व तराई–मधेस आन्दोलित थियो । आधा मुलुकले आन्दोलन गरेको १६ दिन पछि सरकारले वार्तामा आऊ भनेर अनिच्छापूर्वक आहवान गर्‍यो । तराई– मधेस १६ दिन बन्द भएपछि वार्ताको आह्वान गर्नु सरकारको दम्भको
परिचायक थियो । आन्दोलन शुरु भएको एकाध दिनमैं वार्ताको आहवान गरेको भए संविधान बन्नु अघि नै सहमतिमा पुग्न सहज हुन्थ्यो । तर हामी कसैले सरकारलाई वार्ताका लागि दबाब पनि दिएनौं । वार्ता आह्वानपछि सरकारले आन्दोलनकारीलाई ताकीताकी  टाउको, छाती, कन्चटमा गोली ठोक्न थाल्यो । कफ्र्यु लगाउन थाल्यो । लगभग चालीस भन्दा बढी नागरिकको राज्यको गोलीले ज्यान लिएको छ । केही प्रहरीको पनि हत्या भएको छ । प्रहरीको होस् वा आम जनता जसको पनि हत्या हुनु अपराध हो । दुवै हत्या गर्ने अपराधी हुन् । दुवैथरी अपराधीलाई सजाय दिलाउनैपर्छ । दुवै हत्याको घोर भत्र्सना हुनैपर्छ तर प्रहरीको हत्यालाई जति प्राथमिकताका साथ उठाइयो, त्यति नागरिक–हत्यालाई उठाइएन । प्रहरीको हत्यामा आरोपितमाथि मुद्दा चलाइयो तर नागरिकको हत्या गर्नेविरुद्ध छानबिनसम्म गरिएन । उल्टै गृहमन्त्री, प्रधानमन्त्री, पार्टी अध्यक्षहरूले संसद्मा आत्मरक्षाको लागि गोली चलाइएको दाबी गरे । आन्दोलनकारीसँग बन्दुक देखिएको छैन । हाम्रो नागरिक समाजका अगुवाहरूले पनि आलोचना गरेनन् । आन्दोलनमा मानव अधिकार संस्थाले पनि अनुगमन गरेन । चालीसजना नागरिकको हत्यापछि पूरा तराई–मधेस शोकमग्न रहेको अवस्थामा संविधानको खुशीयाली मनाउन भन्नु कति जायज छ ? तराई–मधेसले उठाएको माग तराई–मधेसको लागि मात्र होइन भन्ने कुरा पुष्टि पनि भइसकेको छ । सङ्घीयता मधेस आन्दोलनकै उपज हो, जुन आज पूरा मुलुककै लागि आएको छ । सबैले लाभ उठाउने छन् । त्यो मधेस आन्दोलनविरुद्ध पनि धेरै प्रोपोगन्डा उठाइयो । यही तराई–मधेसमा अढाई महिनादेखि बन्द–हडतालले जनजीवन कष्टकर छ तर यही क्षेत्रमा लगभग २५ किलोमिटरको दूरीको उत्तरी क्षेत्रमा बन्दको कुनै प्रभाव छैन । यही तराई–मधेसको गैरमधेसी बाहुल्य भएको गाउँहरूमा संविधानको स्वागत गरिएको छ । जुलुस निकालिएको छ । स्वागत गर्नु जुलुस निकाल्नुमा मेरो विरोध होइन, तर चालीसौं नागरिकको हत्यामा राज्य जिम्मेवार नभइकनै हामी सरकारको कदमलाई समर्थन गर्नु हतार हो । नागरिक बीच एकतामा प्रतिकूलता हो । गैरमधेसीबहुल क्षेत्रलाई अन्य प्रदेशमा राख्दा यही मधेसीहरूले विरोध गरे र राज्यले फिर्ता दियो । यसबाट यस क्षेत्रको गैरमधेसीसित पनि उत्तिकै माया, प्रेम लगाव छ भन्ने पुष्टि हुन्छ । तराई–मधेसको कुनै अदालतको न्यायाधीश वा कर्मचारीलाई कुनै आन्दोलनकारीले टर्चर गरेको पाइएन तर कर्मचारीलगायत न्यायाधीशहरू आन्दोलनमा तराई छाडी राजधानी पलायन भए । यसले गैरमधेसी न्यायाधीश तथा कर्मचारी लखेटियो भनेर गलत एवं अन्यायपूर्ण सन्देश विश्वभरि फैलाइयो । कुन न्यायाधीशलाई कसले टर्चर गरेको छ ? यसको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ  । यदि टर्चर गरिएको वा लखेटिएको पाइए लखेट्नेलाई कार्यवाही गर्नुपर्छ । अन्यथा बिनाकारण अदालतको काम ठप्प गर्नेहरूलाई पनि जिम्मेवार बनाउनुपर्छ । यस्ता गतिविधिले पनि मधेस अन्यायमा परेको छ । आन्दोलनमा हिसा भएको दाबी छ । हो, आन्दोलनमा प्रहरीको हत्या गर्नु, सरकारी कार्यालय तोडफोड गर्नु, पत्रकार महासङ्घको कार्यालय तोडफोड गर्नु, प्रहरी उपर पेट्रोलबम हान्नु, गालीगलोज गर्नु, सभासद्को घर लुटपाट, आगजनी गर्नु अपराध एवं निन्दनीय कार्य हो । यस्तो उच्छृङ्खल गतिविधिलाई कुनै पनि हालतमा क्षमा गर्न सकिन्न । यस्ता अपराध गर्नेहरूलाई छानबिन गरी कार्यवाही चलाउनुपर्छ । वास्तविक दोषी पत्ता लगाउने काम पनि राज्यको हो । आन्दोलनको भीडमा अराजक तत्त्वको पनि घुसपैठ भएको हुन्छ । यसमा आन्दोलनकारीले पनि घुसपैठिया पत्ता लगाउन सहयोग गर्नुपर्छ भने सरकारले अविलम्ब छानबिन थाल्नुपर्छ । वास्तविक दोषी पत्ता नलगाई समग्र क्षेत्र एवं आन्दोलनलाई नै हिंसक भन्नु अन्यायपूर्ण हो । यसमा पनि आम नागरिकको दबाबको खाँचो छ ।
    यतिखेर भारतले मधेसको माग पूरा गराउन नाकाबन्दी गरेको कुरा सुनिदै छ । केही मधेसवादीहरूले भारतलाई गुहारेको पनि आरोप लागेको छ । यदि यसो हो भने निश्चितरूपमा अनुचित हो । आफ्नो घरको विवाद आफैं समाधान गर्नुपर्छ । सार्वभौम राष्ट्रको आन्तरिक विवादमा छिमेकीले अनावश्यक दबाब दिनु कूटनीतिक मर्यादाविपरीत हुन्छ । नाकाबन्दी गर्नु वा नाकाबन्दी गराउनु दुवै अनुचित हो । राष्ट्रघाती हो । यस्ता कुराको विरोध समग्रबाट हुनुपर्छ । आन्तरिक झगडा सडकमा प्रदर्शन गर्नु पनि हाम्रो कमजोरी हो यसको आत्मालोचना गर्नुपर्छ । मधेसीलाई दमन गर्ने नीति लिएर तीन दलका तीनचार नेताले आन्तरिक विवादलाई विदेशीको चासोको विषय बनादिएका छन् । मान्छे प्रहरीको गोलीले मरिरहँदा यी ठूला नेताले वार्तालाई प्राथमिकता दिएनन् । आँपको रूखबाट दुईचारवटा आँप झर्दैमा केही फरक नपर्नेजस्ता गैरजिम्मेवार एवं अमानवीय अभिव्यक्ति दिइरहे तर हामी कसैले त्यसको आलोचना गरेनौं । उल्टै गैरजिम्मेवार अभिव्यक्तिमा ताली बजाई उत्साहित बनाइरहयौ । यसैको परिणाम हो, आजको विषम परिस्थिति । तराईर्–मधेस क्षेत्रमा मिसिएर बसेका उद्योग व्यापार गर्ने हरेक गैरमधेसीले पनि आन्दोलनमा समर्थन एवं ऐक्यबद्धता जनाएका छन् । यस क्षेत्रका गैरमधेसीले सञ्चालन गरेको सञ्चार जगत्ले  पनि आन्दोलनमा पूर्ण सहयोग गरेको छ, यहाँका गैरमधेसी मूलका बुद्धिजीवी लगायतको ऐक्यबद्धता एवं समर्थन पाइयो । यसबाट पनि अन्य क्षेत्र तथा सरकारले बुझ्नुपर्ने हो । आन्दोलन गलत छैन । वास्तवमा भन्ने हो भने यो आन्दोलन नेताको पकडभन्दा बाहिर छ । बाहिर जाने कारण के छ भने सरकारले निहत्था नागरिकलाई टाउको, छाती, कन्चटमा गोली ठोक्न लाग्दा जनता शोकमग्न भयो स्वस्फूर्तरूपमा आन्दोलित भयो । त्यसमा पनि कही कतैबाट हत्या रोक्ने र हत्या गर्नेको आलोचना गर्ने शक्ति नदेखेर आम जनता सडकमा आउन बाध्य भयो । यतिखेर एउटा मृतकको शवयात्रामा लाखौ मानिसको उपस्थिति हुने गरेको छ । लाखौ मान्छे डाँको छाडी रुने गरेको प्रत्यक्ष देखिन्छ । लाखौ मानिस रोई कराई रहँदा आफ्नै दाजुभाइले खुशीयाली मनाउनु निश्चितरूपमा हतार हो । केही दिन पर्खेर वार्ता गरी सबै एकसाथ खुशीयाली मनाउँदा के बिग्रन्थ्यो र ? यहाँ हामी चुक्यौ । नेपाल सयभन्दा बढी जातजाति, क्षेत्र, भाषा, संस्कृतिमा समेटिएको छ । हाम्रो समग्र पहिरनदेखि कला, संस्कृति हाम्रो साझा गहना हो । हाम्रो मौलिक सम्पदा हो । हामी सबैले सबैको भाषा, संस्कृति, रहनसहनको सम्मान गरी गर्व गर्नुपर्छ तर हाम्रा केही शीर्ष नेताहरू तराई–मधेसको धोतीजस्ता पवित्र पहिरनलाई धोती प्रदेश भनेर जिस्काउने गर्छन् । यही चित्त दु:खाइ हो । यस्तो सड्ढीर्ण नेताले देशमा भाँडभैलो मचाएका छन् । यस्ता सड्ढीर्ण एवं अपरिपक्व साम्प्रदायिक नेताबाट कसैको भलो हुँदैन । राजनीतिको नाममा आफ्नो दुनो मात्र सोझ्याउँछन् भन्ने कुरा बुझ्न नागरिक चुकेको छ । मधेसको अधिकार कुनै जनताले कहिल्यै पनि खोसेको छैन । शासक वर्गले नै तराई, मधेस, पहाड, हिमाललगायत जनताको अधिकार खोसेको छ खोस्ने प्रयत्न गर्दैछ । यसर्थ नागरिक हमेशा सचेत एवं ऐक्यबद्ध हुनै पर्छ । हामी नागरिक कहिल्यै पनि आपसमा विभाजित हुनुहुँदैन । नागरिक विभाजित भयो भने जुनसकै सरकार निरङ्कुश बन्न सक्छ र जुनसुकै क्षेत्रको नागरिकको अधिकार जहिले पनि खोस्न सक्छ । यसर्थ हामी जनता विभाजित नहोऔ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नागरिक विभाजित नबनौं
नागरिक विभाजित नबनौं
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/10/blog-post_171.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/10/blog-post_171.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy