प्रस, पथलैया, ११ कात्तिक/
सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले अ·ीकृत नागरिकता लिएकालाई सरकार र राष्ट्रप्रमुख बनाउनुपर्छ भन्ने माग मधेसी मोर्चाको नरहेको भन्दै यसलाई बङ्ग्याएर गलत प्रचार नगर्न आग्रह गरेका छन्।
गढीमाई नगर कमिटीले बुधवार जितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतोले बजारमा प्रचार गरिएजस्तो विदेशीलाई अ·ीकृत नागरिकता दिएर सरकार र राष्ट्रप्रमुख बनाउनुपर्छ भन्ने माग नरहेको बताए ।
अन्य मुलुकबाट विवाह गरी नेपालमा आएका महिलालाई दिइने नागरिकता अ·ीकृत हुनुहुँदैन भन्ने माग मात्र रहेको महतोले प्रस्ट पारेका छन् । नेपालमा विवाह गरी आउने महिलालाई अधिकारबाट वञ्चित गर्न नहुने उनको भनाइ थियो ।
महतोले बजारमा प्रचार भएजस्तो आफ्नो नागरिकता अ·ीकृत नभएको पनि बताएका छन् । उनले मधेसमा बस्ने मधेसीलाई भारतीय भनेर नहेर्न आग्रह गरेका छन् । अ·ीकृत नागरिकतासँगै मोर्चाले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र प्रदेशका विषयमा प्रस्ट धारणा राखेको भन्दै महतोले त्यसलाई सम्बोधन नगर्दा आन्दोलन लम्बिंदै गएको बताए ।
मधेसमा ५० वर्षदेखि मिलेर बस्दै आएका पहाडी र मधेसी समुदायको सम्बन्ध बिगार्ने काम सरकारले गरेको भन्दै महतोले सीमाड्ढनमा सच्चिन आवश्यकता रहेको बताए । मधेसमा बस्दै आएका मधेसी र पहाडीलाई छुटयाउने काम सरकारले गरिरहेको उनको आरोप थियो ।
संविधानमा मधेसीको सबै माग पूरा भएको भन्दै सरकार र प्रमुख दलले गरेको प्रचार झूटो रहेको महतोको भनाइ थियो । मधेसी मोर्चाले उठाएको माग तत्काल पूरा नगरे आन्दोलन नरोकिने महतोले बताएका छन् । महतोले मधेसीको अधिकारका लागि गरिएको आन्दोलनलाई केही मिडियाले गलत प्रचार गरिरहेको भन्दै वास्तविकता लेख्न आग्रह गरे ।
सभामा सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, जिल्ला अध्यक्ष शफीक अंसारी, थारू कल्याणकारिणी सभाका लक्ष्मीकान्त चौधरी, हृदयनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगर कमिटी अध्यक्ष रामबाबू कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो । जितपुरमा आयोजित कार्यक्रममा बोल्दै राजेन्द्र महतो ।