प्रस, वीरगंज, ९ असोज/
संयुक्त लोकत्रान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मोर्चाले शुरू गरेको नेपाल–भारत नाकाबन्द कार्यक्रम शनिवार तेस्रो दिन पनि जारी रह्यो।
वीरगंज–रक्सौल मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीहरूलाई भेट्न सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष
राजेन्द्र महतो शनिवार धर्नास्थलमा पुगेका थिए ।
धर्नामा सहभागी हुँदै अध्यक्ष
महतोले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। वार्ताको लागि आफूहरू सधैं तयार रहेको बताउँदै उनले आन्दोलनलाई रोकेर वार्ता नगर्ने स्पष्ट पारे।
वार्ताको वातावरण सरकारले तयार गरोस्, आन्दोलन जारी रहनेछ, वार्ता गरौं, अध्यक्ष महतोको भनाइ थियो। सो अवसरमा उनले मधेसको मागप्रति एक्येबद्धता जनाउने विभिन्न पक्ष एवं सङ्घसंस्थाहरूलाई धन्यवाद दिए। नेपाल सरकारले दमनकारी नीति अपनाएको कारण नेपालगंजमा २० जना कार्यकर्ताहरूलाई शनिवार गोली
लागेको जानकारी दिंदै महतोले जारी आन्दोलनमा भारतको कुनै सहयोग नरहेको बताए।
सीमा क्षेत्रमा रहेका भारतीय नागरिकहरूले स्वतस्फूर्तरूपमा सहयोग गरिरहेका चर्चा गर्दै उनले नेपाल–भारतका जनताबीच रोटीबेटीको सम्बन्ध सदियौंदेखि चल्दै आएको हुँदा एक देशको नागरिकको दु:खमा अर्को देशको
नागरिक सहभागी हुनु स्वाभाविक रहेको बताए।
नेपाल सरकार पक्षीय केही व्यक्तिले भारतीय सहयोगमा नेपालमा आन्दोलन भएको भन्ने भ्रामक प्रचार गरेको बताउँदै महतोले जारी मधेस आन्दोलनलाई विश्वले हेरिरहेको बताए।
भारतले हामीलाई सहयोग गरे पनि ठीक, नगरे पनि ठिक, उनले भने– यसमा हामीलाई कुनै आपत्ति छैन। केही दिनदेखि भारतले नेपालप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको कुरा विभिन्न सञ्चार माध्यमहरूबाट आफूले पनि थाहा पाएको बताए।
आन्दोलनकारीहरूले वीरगंज नाका बन्द गरेपछि मुलुक नै हल्लिएको दाबी गर्दै अध्यक्ष महतोले निरङ्कुश सत्तालाई झुकाएरै छोड्ने उद्घोष गरे।