सिकेन्द्र पासवान, कलैया, १० असोज/
आन्दोलनको क्रममा बारा जिल्लाको नितनपुरबाट पक्राउ परेका तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहले प्रशासनले तोकेको धरौटी नतिरेपछि जेल चलान भएका छन्।
वीरगंज पथलैया सडकखण्डस्थित एक उद्योगमा तोडफोड तथा आगजनी गरेको आरोपमा नेताद्वयमाथि इलाका प्रहरी कार्यालय, सिमराले सार्वजनिक मुद्दा दर्ता गरेको थियो। इलाका प्रहरी कार्यालय सिमरामा १० दिन र जिल्ला प्रहरी कार्यालयमा ३ दिन न्यायिक हिरासतमा बसिसकेका सोनल र सिंहलाई प्रमुख जिल्ला अधिकारी बालकृष्ण पंन्थीको एकल इजलासले जनही १ लाख ४९ हजार ३ सय ७५ रुपियाँ धरौटी माग गरेको थियो।
उक्त धरौटी रकम तिर्न नेताद्वयले इन्कार गरेपछि उनीहरूलाई आइतवार जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।
उनीहरू दुवैलाई वीरगंज करागार चलान गरेको प्रजिअ पन्थीले बताए। जिल्ला प्रशासन कार्यालय, बारामा सरकारी सहायक नयायाधिवक्ता उत्तम श्रेष्ठले मुद्दा पेश गरेपछि थुनछेक आदेश भएको थियो। धरौटी रकम जुन बेला चाहे त्यही बेला नेताद्वय बुझाउन सक्ने भन्दै प्रजिअ पन्थीले धरौटी बुझाएलगत्तै मुक्त गरिने बताएका छन् ।
सोनल र सिंहको तर्फबाट अधिवक्ताहरू रामचन्द्र सिंह, परमहंस केसरी, उमेश जैसवाल र अरुणकुमार दुबेले बहस गरेका थिए।
कारागार चलानको आदेश भइसके पछि नेता सोनलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आन्दोलनकारीहरूप्रति सरकारले लिएको दमनकारी नीतिको एक उदाहारण आफूहरू भएको बताए ।
शान्तिपूर्ण आन्दोलनमा रहेको नेता कार्यकर्ताहरूलाई झूटो मुद्दा लगाएर फँसाउने र निहत्था प्रदर्शनकारीलाई टाउकोमा गोली हानेर ज्यान लिने सत्ताको एक सूत्रीय नीति रहेको आरोप लगाउँदै सोनलले झूटा मुद्दा लगाउने र टाउकोमा गोली बर्साउने सुरक्षा अधिकारी तथा प्रजिअहरूलाई मधेसी जनताले कानुनको कठघरामा उभ्यायछाड्ने चेतावनी दिएका थिए ।
कारागार चलान भएका तमलोपा बाराका अध्यक्ष सिंहले जन अधिकार र मुक्तिका लागि आफूहरू धरौटी नतिर्ने बरु जेल जाने बताए। यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाराले राजनीतिक मुद्दामा धरौटी तोक्नु गैरलोकतान्त्रिक शैली भन्दै प्रशासनले गरेको निर्णयको कडा भत्र्सना गरेको मोर्चाको जिल्ला प्रवक्ता अरुण कुमार सिंहले जानकारी दिए। सोनल र सिंह भदौ २९ गते पक्राउ परेका थिए।