प्रस, रौतहट, ९ असोज/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारतको बैरगनिया सीमामा एक घण्टा नाकाबन्दी गर्यो।
आन्दोलनरत मोर्चाले जारी आन्दोलन अन्तर्गत भन्सार नाकामा धर्ना बसी नाकाजाम गरेको थियो। नजिकिंदो चाडपर्वहरूको कारण एक घण्टा मात्र नाकाबन्दी गरेको मोर्चाका जिल्ला अध्यक्ष रामनिवास यादवले बताए।
नाकाबन्दीमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय रामेश्वरराय यादव र रामकिशोर यादव, पूर्वसभासद् रम्भा देवी, जिल्ला अध्यक्ष
रामनिवास यादव, महिला अध्यक्ष शोभा साह, तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैद, युवा मञ्चका केन्द्रीय अध्यक्ष शम्भु सुप्रिम, केन्द्रीय सदस्य योगेन्द्र यादव, लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजयकुमार गुप्ता, तमसपाका जिल्ला अध्यक्ष शेख नुरूल होदा, महिला अध्यक्ष किरण ठाकुरलगायतका नेताहरूले अगुवाइ गरेका थिए।
चाडपर्वमा चाहिने आवश्यक सामग्रीहरू मधेसका जनताले पनि भारतबाट नै ल्याउनुपर्ने भएकोले साङकेतिकरूपमा एक घण्टा मात्र नाकाबन्दी गरिएको मोर्चाले बतायो।