प्रमोद यादव, रङगपुर, ११ असोज/
पर्सा जिल्लाको विभिन्न खोलानालाहरूबाट गिटी–बालुवा–ढुङगाको तस्करी तीव्ररूपमा बढेको छ । जिल्लाको भलुवाही, जमुनिया, कोईरालाभार, कर्जनिया, भेडाहां खोलालगायत दर्जनौं खोला तथा नदीहरूबाट ढुङगा, गिट्टी, बालुवा तस्करी भइरहेको छ ।
विभिन्न धार्मिक स्थल वा स्थानीय विकास निर्माणको बहाना गर्दै खोला नदीहरूबाट ढुङगा, गिट्टी, बालुवा निकाल्ने र गाउँमा ल्याएर भण्डारण गरी अन्यत्र बिक्री हुने गर्दछ ।
तस्करहरूले मौका परे पर्सा वन्यजन्तु आरक्षको संरक्षित क्षेत्रभित्र समेत पुगेर ढुङगा, गिट्टी, बालुवा निकासी गर्ने गरेका छन् । तस्करहरूको कारण सामाजिक काम तथा स्थानीय विकास निर्माण काम गर्ने व्यक्ति तथा सङ्घसंस्थाहरूलाई समेत अप्ठ्यारो पर्न लागेको गाउँका अगुवाहरूले गुनासो गरेका छन् ।
बन्द–हडतालको मौका छोपी ढुङगा, गिट्टी, बालुवाका तस्करहरूले प्राकृतिक स्रोतको नोक्सानी गरिरहेका र यसले नदी कटान तथा भूक्षयका साथै अवैधानिक धन्धाले प्रश्रय पाएको गाउँलेहरू बताउँछन् ।
अधिकांश तस्करहरूले टयाक्टर प्रयोग गरी ढुङगा, गिट्टी, बालुवा अवैध निकासी पैठारी गर्ने गरेका छन् भने टयाक्टर नभएकाहरूले टायर गाडा प्रयोग गरेर निकासी पैठारी गर्ने गरेका छन् ।
ढुङगा, गिट्टी, बालुवाको तस्करी नियन्त्रणमा जिल्ला वन कार्यालय पर्सा, स्थानीय प्रहरी एवं स्थानीय निकायले चासो दिएको छैन । आन्दोलन जारी रहेकोले गैरकानुनी धन्धा नियन्त्रण गर्न गार्हो हुने जिम्मेवार निकायहरूको जवाफ छ ।
वन तथा वातावरण संरक्षणमा क्रियाशील व्यक्तिहरूले भने संरक्षण तथा नियन्त्रणको आधिकारिक निकाय पर्सा वन्यजन्तु आरक्ष र जिल्ला वन कार्यालय बीच आपसी समन्वय नभएको कारण तस्करहरूले मौका पाएको बताएका
छन् ।
तीनवटा टयाक्टर पक्राउ
पर्सा वन्यजन्तु आरक्षको क्षेत्रबाट बिनाइजाजत गिट्टी, बालुवा, ढुङगा निकासी गरेको अभियोगमा तीनवटा टयाक्टर कारबाईमा परेको छ ।
आरक्ष अन्तर्गत नेपाली सेनाको माहदेव पोस्टले तीनवटा टयाक्टर गिट्टीबालुवासहित नियन्त्रणमा लिएर पर्सा वन्यजन्तु आरक्ष वार्डेन कार्यालमा बुझाएको थियो ।
भलुवाही खोलाबाट पक्राउ परेका टयाक्टरहरूमा ना.५ त १२६१, ना २ त ८६७७ र ना ५ त ३६८१ नम्बरको टयाक्टर रहेका छन् । पक्राउ परेकामध्ये ना ५ त १२६१ को टयाक्टर साहुलाई रु १० हजार जरिवाना गरी टयाक्टर छोडिदिएको र बाँकी दुईवटा टयाक्टर हाल अनुसन्धानको क्रममा आरक्षको नियन्त्रणमा रहेको पर्सा वन्यजन्तु आरक्षका सहायक वार्डेन वीरेन्द्र कडेलले प्रतीकलाई बताए ।