प्रमोद यादव, रङगपुर, ९ असोज/
पर्साको राष्ट्रिय वन क्षेत्र विनाशको क्रममा छ। तस्कर गिरोहले वन फडानी गरी काठ ओसारपसारमा तीव्रता दिएको छ।
इलाका वन कार्यालय र सेक्टर वन कार्यालय बढनियार मातहतमा रहेको वनबाट तस्करहरूले दैनिकरूपमा काँचो सालका रूखहरू ढालेर गोलिया बनाइ साइकलमा लोड गरेर बिरुवागुठीको पहडिया टोला, तामाङ टोलामा लगी भण्डारण गर्ने र त्यहाँबाट अन्यत्र पैठारी गर्ने गरिरहेका छन्।
अवैध काठको खरिद–बिक्री एवं ढुवानी पैठारी पर्सामा कुनै वैधानिक उद्योगभन्दा पनि निर्धक्कका साथ सञ्चालन भइरहेको छ।
राष्ट्रिय वनबाट चोरी निकासी गरी ल्याएको काठ गाउँमा ल्याइ गोलिया नै अन्यत्र पठाउने गरेका छन्। कतिपय काठहरू माग अनुसारको साइजमा काटेर चौकट एवं झ्याल ढोका बनाएर वीरगंजसम्म पुर्याउने गरिएको छ। वीरगंज र सो आसपासका क्षेत्रहरूमा नयाँ घरनिर्माणका लागि लाग्ने काठहरूको लागि गाउँमा अर्डर लिएर बिचौलियाहरू जाने क्रम बढेको छ।
सालको काठ अन्यत्र महँगो पर्ने भएकोले गाउँबाट फर्निचर बनाएर बाहिर पठाउने अवैध धन्धा पनि यति बेला निक्कै फस्टाएको छ। तस्कर समूहले भारतीय सीमावर्ती क्षेत्रलगायत सो आसपासका बजारहरूमा समेत नेपाली सालको काठ माग अनुसार पुर्याउने गरेको जङगल आसपासका गाउँलेहरूले बताएका छन्। तस्करहरूको धन्धामा सरकारी कर्मचारीहरू सहयोगी बनेका छन्। साइकलमा अट्ने प्रतिगोलियाबापत स्थानीय वन कर्मचारीलाई पाँच सय रुपैयाँ र स्थानीय प्रहरी चौकीलाई पाँच सय रुपैयाँ तस्करहरूले बुझाउने गरेका समाचार स्रोतको दाबी छ।
जङगलबाट साइकलमा लोड गरी ल्याइएका गोलियाइहरू बिरुवागुठी, छटैली, मुसैली, बस्डिल्वा, हरपुर, जिङगना, पचरूखी, बहुअर्वालगायतका स्थानमा सञ्चालित फर्निचर उद्योगहरूमा ठूलो परिमाणमा पुग्ने गरेको छ।
अन्यत्र चिरान गरेर वा फर्निचर बनाएर लानुपर्ने काठहरू उक्त समिलहरूमा पुर्याउने र त्यहाँ चिरान गरी वैधानिकता प्रदान गर्दै समिलको कागजपत्र बनाएर अन्यत्र लाने गरिएको समाचार स्रोतको दाबी छ।