$type=ticker$count=12$cols=4$cate=0

थारु–मधेस आन्दोलन र छिमेकी सम्बन्ध

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    केही वर्ष पहिले अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकी संविधानबारे– अमेरिकी संविधान शक्ति प्रयोग गर्ने दमनकारी अस्त्र होइन, संविधान त पार्टनर अफ प्रोग्रेस हो र संविधानको आशय मुताबिकको भूमिका गर्नु मेरो टास्क हो– भनेका थिए । वास्तवमा लोकतान्त्रिक संविधान विकासको लागि साझेदारहरूको साझेदारीपत्र नै हो, जसमा सबै पक्षको सहमति हुनैपर्छ । होइन भने विकासको बाटोमा अवरोध हुन्छ । यो कुरा अहिले नै हामी कहाँ चरितार्थ भइसकेको छ । एउटा पक्ष मधेस सहमत नभएकोले सहजरूपले स्वागत पनि हुन सकेको छैन । कार्यान्वयन त धेरै पछाडिको कुरा हो, जसलाई समयमा हामीले बुझेनौ भने मुलुकलाई अझ अप्ठयारा दिनहरू देख्नुपर्ने हुन्छ । नेपाल भनेको तराई–मधेस, हिमाल, पहाडको संमायोजन हो । नेपाल विकासको लागि यी तीन क्षेत्र पक्ष हुन् । शान्ति समृद्धि एवं लोकतन्त्र स्थायित्वको लागि तीनैको बराबर भूमिका हुनैपर्छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराई’ भन्ने कुरा नारामा मात्र होइन, संवैधानिक प्रावधानमा समेटी व्यावहारिकरूपले पूरा हुनुपर्छ । दोस्रो संविधानसभाबाट संविधान जारी हुनु अपरिहार्य थियो तर त्योभन्दा अपरिहार्य थियो हिमाल, पहाड, तराई तीनै क्षेत्रको जनताको सहमतिसहितको संविधान जारी हुनु । संविधान जारी हुने प्रक्रिया चलिरहँदा तराई–मधेस आन्दोलित थियो । सहमतिमा ल्याएर संविधान जारी गर्न चौतर्फी दबाब पनि जारी थियो तर राजा महेन्द्रजस्तो अहङकार पालेकाहरूले कहिले ध्यान दिएनन् । आन्दोलन शुरु भएको १६ दिनपछि प्रधानमंत्रीले वार्ताको लागि अनिच्छापूर्वक आह्वान गरे । टीकापुरमा प्रहरीको हत्या भएपछि राज्य आक्रामक बन्यो । आन्दोलनकारीलाई वार्तामा ल्याउने उद्देश्य कम, तर बलले परास्त गर्ने अहङकार बढी रहयो । फलस्वरूप निहत्था जनतालाई टाउको, छाती कन्चटमा ताकीताकी बन्दुक फायर गरियो । चालीसजना आन्दोलनकारीको मृत्यु भयो । यसबाट सरकार र शीर्ष नेताहरूले संविधानलाई पार्टीको विधान ठाने भने मुलुकको ठूलो हिस्सालाई मतलब राखेनन् । आन्दोलनकारी दलहरूसँग झिनो शक्ति थियो । उनीहरू चाहेर पनि यत्रो जनता सडकमा ल्याउने हैसियतमा थिएनन् । छिमेकी जनताको पनि कनसेन्ट पाउने सम्भावना थिएन तर अहिले आन्दोलन जनताको घरघरमा पुगेको छ । अहिले राजनीतिको केही पनि जानकारी नरहेका ग्रामीण भेगका महिला, वृद्धलगायत समग्र जनताको मनमा आन्दोलन हावी छ । माग पूरा नभएसम्म पछि नहट्ने अडान व्यक्त गर्दैछन् । यद्यपि आन्दोलनको माग के हो ? उनीहरूलाई थाहा छैन । उनीहरू यति मात्र भन्छन्– संविधानमा मधेसको अधिकार नभएर नै यत्रो विद्रोह भएको हो । हामीले मत दिई पठाएको नेताले हाम्रा सपूतलाई गोली हान्ने ? त्यो पनि छाती, टाउको र कन्चटमा । ढाड भन्दा तल हानेको भए हामीलाई मतलब थिएन । काङ्ग्रेस, एमाले एमाओवादीका नेताहरू गोली मार्न आदेश पनि दिने र उल्टै मधेसी उपर विष पनि ओकल्ने । ओलीको बोली र वामदेव, सिटौला, भीम रावलको मधेससितको एलर्जीले वास्तवमा जनाक्रोश फैलिएको हो । जसलाई साम्य पार्न सुझबुझ चाहिन्छ । विष ओकलेर स्थिति झन् भयावह हुने निश्चित छ । संविधान जारी गर्न जनताले तीन दललाई अधिकार दिएकै हो । सर्वाधिक बहुमतले जारी संविधानको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत हो तर जनताभन्दा ठूलो कोही पनि हुँदैन । चालीसजनाको हत्याले मधेसको घरघर शोकमग्न हुँदा सरकार दिपावली मनाऊ खुशीयाली गर भन्छ । आफ्नै दाजुभाइ रहेका गैरमधेस क्षेत्रका जनताले दिपावली मनायो जुन आक्रोश उत्पन्न गर्ने कारण बन्यो । एउटा परिवारका दाजुभाइमध्ये एउटाको हत्या भएपछि अर्कोसंग जतिको खुशीयाली खबर भए पनि दाहसंस्कारको बेला खुशीयाली मनाउँदैन । हाम्रो मौलिक संस्कृति पनि हो । छोराको निर्मम हत्यापछि अन्तिम संस्कार पनि गर्न सकिएको छैन र यसै महौलमा दिपावली मनाउ, स्वागत गर भन्नु कतिको निर्दयतापूर्ण निर्णय हो ? यो जस्तो अमानवीयता र संवेदनहीनता कहाँ पाइन्छ ? यस्तो संवेदनहीन प्रदर्शनले छिमेकी जनता पनि आक्रोशित भयो र आफ्नो सरकारलाई दबाब दियो । तराई–मधेसको जनता र छिमेकी जनतासँगको बेटीरोटीको सम्बन्ध रहेकोले यो स्वाभाविक भयो । किनभने मधेसको शोक छिमेकी घरमा पुगेकै हो । भारत सरकारले मधेसवादीलाई सहयोग गरी नाकाबन्द गर्‍यो भन्ने आरोप निरर्थक हो । मधेसवादी नेताहरूसँग भारत सरकारलाई आफ्नो पक्षमा तान्ने न हैसियत छ,  न त्यस्तो लोकप्रियता नै । मधेसवादी नेता उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र रायलगायतको भारतसँग राम्रो सम्बन्ध नरहेको कुरा त मधेसवादीहरू फुट्दा नै छरपस्ट भएको थियो । पार्टी फुटाउन भारतीयहरूको हात छ भन्ने आरोप पनि लागेकै थियो । ।साथै मधेसवादीको गुहार सुनी सहयोग गरेपछि भारतले केही कुरा  पाउने अवस्था पनि छैन । साथै गैरमधेसी दल, जनता वा नेतासँग भारतको नराम्रो सम्बन्ध पनि त थिएन, छैन पनि । सबैलाई थाहा छ केही महिना पहिले मात्र विदेशमन्त्री सुषमा स्वराज आउँदा मधेसवादी दल र नेताहरूप्रति नराम्रो टिप्पणी गरेकी थिइन् भने मोदीले पनि हाम्रो संविधानसभामा भाषण गर्दा मधेसीको पक्षमा एक शब्द पनि बोलेका थिएनन् । मधेसवादीहरू आफैंले भारतलाई आफ्नो हिमायती ठानेका होलान् तर भारतीय पक्षबाट त्यस्तो कुनै व्यवहार देखिएको थिएन । संविधानसभा चुनावदेखि महाभूकम्पसम्म तथा बाढी–पहिरोलगायत आपद्को बेला मन खोलेर भारतले गरेको सहयोगबाट भारतले नेपालको कुनै जनतालाई चाहेर अप्ठयारो पार्ने सोच राखेको होला भन्ने अनुमान गर्न सकिंदैन । अहिले सीमामा अघोषित नाकाबन्दी निश्चितरूपमा देखिएको छ । जुन स्वीकार्य विषय होइन । तर यो मधेसवादीहरूको आग्रहमा होइन कि उसको आफ्नै जनताको मागले भएको हो । सीमामा बस्ने आन्दोलनकारीको त्रिपालदेखि चिया नास्ता, खानापानीलगायत हरेक कुराको व्यवस्था भारतीयहरूले गरिरहेका छन् । यो खर्च भारतीय जनताले गर्दैछ । जनता भन्दा ठूलो कोही नरहेकोले भारतीय जनताको चाहना अनुसार सरकारले मौन धारण गर्नु अस्वाभाविक होइन । यसर्थ नाकामा समस्या हुनु नेपाल सरकारको दमनकारी नीति र शीर्ष नेताहरूको अहङकारकै कारण हो । अझ स्थिति साम्य पार्नुको सट्टा भयावह बनाइँदै छ । प्रधानमन्त्री विदेश नगएर राम्रो गरेका छन् । आफू भारतको विरोधमा केही नबोली बुद्धिमानी गरेका छन् तर केही बौद्धिक वर्ग, केही वामपन्थी नेता भारतविरुद्ध विष ओकलेर आगोमा पेटो्रल हाल्ने काम गर्दैछन् । जसले दीर्घकालसम्म नराम्रो प्रभाव पार्न सक्छ । दु:खको कुरा त के छ भने शान्तिपूर्ण आन्दोलनमा चालीसभन्दा बढी नागरिकको हत्या भए पनि कुनै शीर्ष नेता वा प्रधानमन्त्री वा गृहमन्त्रीले दु:ख पनि व्यक्त गरेका छैनन् । मधेसबाट जिते पनि मधेस भूमिमा आएका छैनन् । मधेसीले कसलाई अभिभावक मान्ने ? अहम् प्रश्न छ । जनता मार्ने आदेश दिनु गलत थियो । लोकतन्त्रविपरीत थियो भन्ने कुराको आत्मालोचनाले पनि धेरै जन आक्रोश कम हुन सक्छ । भारतीय नाकामा समस्या देखेपछि विकल्पको खोजी गर्नु सराहनीय कुरा हो । यो पहिलेदेखि नै गर्नुपथ्र्यो गर्नु पर्छ तर समस्या परेको बखतमा एउटा छिेमकीलाई सहज ठान्नु र अर्कोलाई असहज ठान्नु असन्तुलित सम्बन्ध हो । जुन मुलुकको लागि घातक छ । हाम्रो यस्तो यथार्थ छ कि दुवै छिमेकीमध्ये कुनै एकबेगर हाम्रो मार्ग सहज हुँदै हुँदैन । संविधानलाई चीनले स्वागत गरेपछि केही उच्छृङ्खल व्यक्तिहरूले चीनको झन्डा जलाएको खबर आयो, जुन एकदमै निन्दनीय र भत्र्सनायोग्य कुरा हो । आफ्नो आन्तरिक मामिलामा कुनै विदेशीलाई मुछ्नु वा आरोप लगाउनु कुनै हालतमा उचित हुँदैन । आफ्नो आन्तरिक मामिला जहिले पनि आफ्नै बलबुतामा समाधान गर्नुपर्छ । बाहिरी सहयोगको अपेक्षाले भविष्य सुखद हुँदैन । अरूको गोटी बन्नु अन्तर्राष्ट्रिय नियम– कानुन, मूल्य–मान्यताको बेवास्ता गर्नुले पछिसम्म नराम्रो प्रभाव परिरहन्छ । नेता कुनै एउटा क्षेत्र वा समुदायको हुँदैन । ऊ क्षेत्रीय नेता भए पनि सबै जनताको हुन्छ, किनभने ऊ भविष्यमा मन्त्री, प्रधानमन्त्री बन्छ, राष्टपति बन्न सक्छ । यसर्थ उसले समग्र जनतालाई समान दृष्टिले हेर्नैपर्छ । कसैकसै नेताले त काठमाडौंको अन्नदाना बन्द गर्ने अभिव्यक्ति दिइरहेका छन्, जुन नाजायज कुरा हो । काठमाडौंको पनि नागरिक जनता हो । उसको अन्नदानामा अप्ठयारो पार्ने काम गर्न कुनै सिद्धान्त वा मान्यताले दिंदैन । यस्ता अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ । यो मानव अधिकारको विषयसँग पनि गाँसिएको कुरा हो । विरोध सरकारको गर्ने हो, जनताको होइन । वंशज र अङगीकृत नागरिकमा समानता खोज्नु नेपालको भूराजनीतिले रैथानेको लागि न्यायोचित छैन भने विवाह गरी आएकी महिलालाई अङगीकृत बनाइनु महिला समानताको विपरीत हो । पितृसत्तात्मक सोचको बढावा हो ।
    वास्तवमा भन्ने हो भने अहिलेको अवस्था एकदमै खतरनाक बन्दैछ । सरकार र तीन दलका नेताहरूको अकर्मण्यता, साम्प्रदायिकता, अहङकार, प्रधानमन्त्री बन्ने अभिलाषाले नागरिक बीच विवाद उत्पन्न गर्दैछ । आफ्नो प्रधानमन्त्री र नेताभन्दा विदेशी प्रधानमन्त्री र नेताबाट राहत महसुस हुँदैछ । जुन अखण्डताको प्रतिकूल हो । यो विवादलाई जति लामो तन्काइन्छ त्यति नै जटिलता बढ्दै जान्छ । यसर्थ सबै पक्ष गम्भीर हुन अपरिहार्य छ । आन्दोलनलाई बढी पेंचिलो र जटिल बनाउनैपर्ने कारण कुनै पक्षसँग छैन । तीन दलले पनि नचाहँदाचाहँदै मधेसको प्रमुख माग सङ्घीयता, गणतन्त्र संविधानमा स्वीकार गरेकै छन् । गणतन्त्र र सङ्घीयता स्वीकार गरेपछि मधेसमा दुई प्रदेश, सामानुपातिक सामावेशीता स्वीकार गर्दा खासै फरक पर्ने देखिन्न । आखिर यही मूलभूत कुरा विगतका सहमतिहरूमा छन् । राज्यले नै गरेको सहमति राज्यले पूरा गर्नु राज्यको कर्तव्य पनि हो । सङ्घीयता र गणतन्त्रजस्ता मूल कुरा संस्थागत भइसकेकोले अन्य झिनामसिना कुरामा आन्दोलनकारीहरूले अडान लिनुहुँदैन । राष्ट्रियता, अखण्डता, समृद्धिलगायत दृष्टिगत गरी सक्दो चाँडो वार्तामा जानैपर्छ । अबको सामाधान भनेकै संविधान संशोधनबाट हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : थारु–मधेस आन्दोलन र छिमेकी सम्बन्ध
थारु–मधेस आन्दोलन र छिमेकी सम्बन्ध
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgGg29X1kHjwMNMlwOYvBfwf8m0J5_320fKjxm2drAUMVS3FE6su8RR9aXInAW2Jxwm4y0R8v2I7Yur8_vie4B6QCxkRfSnErTSybXXK5YoYKwLRhvdR0pvUKAW7ott1o7xleWiYvD9HE/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhgGg29X1kHjwMNMlwOYvBfwf8m0J5_320fKjxm2drAUMVS3FE6su8RR9aXInAW2Jxwm4y0R8v2I7Yur8_vie4B6QCxkRfSnErTSybXXK5YoYKwLRhvdR0pvUKAW7ott1o7xleWiYvD9HE/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/09/blog-post_600.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/09/blog-post_600.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy