$type=ticker$count=12$cols=4$cate=0

संविधानले जनताको भावना समेटेको छ –मन्त्री पौडेल

SHARE:


प्रस, पथलैया, ९ असोज/
    युवा तथा खेलकुदमन्त्री एवं स्थानीय सभासद् पुरुषोत्तम पौडेलले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान निर्माण भएको र यसको पूर्ण कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।
    डुमरवानास्थित समाज सुधार कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले असन्तुष्ट पक्षले वार्तामा आएर समाधान निकाल्दै मुलुकलाई एकीकृत र समृद्ध बनाउन लाग्नुपर्ने पौडेलले बताए। नेपालको संविधान सहकारीमैत्री भएको बताउँदै पौडेलले सहकारीहरू आम नागरिकलाई उद्यमी बनाएर सामाजिकरूपमा एकताबद्ध भएर लाग्नुपर्ने बताए।
    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत् राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने संविधानले उद्घोष गरेको बताए। पौडेलले सहकारी क्षेत्रलाई संविधानले सम्बोधन गरेकाले यसको कार्यान्वयन भए आर्थिक– सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताए।
    कार्यक्रममा उत्कृष्ट किसानहरू मानबहादुर भण्डारी र वरुण गौतम, उत्कृष्ट कारोबारकर्ताहरू प्रह्लाद साह सोनार, निश्चल थापा, सोममाया घलान, मीनाकुमारी चौधरी, ज्येष्ठ सदस्य रामकुमारी पुडासैनी, उत्कृष्ट कर्मचारी पवित्रा कँडेल, छात्रवृत्ति पुरस्कार रोशनी खातुन र सहयोगी संस्था बिजनेस नेपाल कन्सल्टेन्सीलाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाले मन्त्री पौडेललाई अभिनन्दनसमेत गरेको थियो।
    संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी सङ्घका अध्यक्ष शिव अधिकारी, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख किशोर शर्मा, बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक राजु अधिकारी, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अर्याल, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक दीपक घिमिरेलगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण व्यवस्थापक रवीन्द्र भण्डारीले गरेका थिए।
    उद्घाटन समारोहपछि आयोजित बन्दसत्रले संस्थाको प्रगति प्रतिवेदन र लेखा समितिका प्रतिवेदनहरू सुझावहरूसहित पुन: नारायणदत्त अधिकारीको अध्यक्षतामा एघार सदस्यीय सञ्चालक समिति चयन गरेको छ। समितिमा उपाध्यक्ष केशव काफ्ले, सचिव सीमा ठकुरी, कोषाध्यक्ष रामचन्द्र लामिछाने र सञ्चालकहरू नवराज ढकाल, कुमार श्रेष्ठ, पार्वती अधिकारी, शहीद मियाँ, शोभा विश्वकर्मा, ठाकुर ढुङगाना र दीपक कार्की चयन भएका छन् । लेखा समितिमा संयोजक रामकुमार अर्याल र सदस्यहरू कृष्णप्रसाद दाहाल र देवकी ढुङगाना निर्वाचित भएका निर्वाचन प्रमुख किशोर शर्माले जानकारी दिए। 
    यसैगरी सिमरास्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीका सबै सदस्यहरू संविधानले दिएको राष्ट्रिय समृद्धिको कार्यभार पूरा गर्न क्रियाशील हुनुपर्ने बताए ।
    संस्थाकी अध्यक्ष अनीता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भोला गौतम, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेललगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव निर्मला सुवेदी पौडेलले गरेकी थिइन् भने गीता शर्माले सञ्चालन गरेकी थिइन्।
    यसैगरी औराहस्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। डिभिजन सहकारी कार्यालयका कार्यालय प्रमुख कुलोत्तम पोखरेलेको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संविधानले जनताको भावना समेटेको छ –मन्त्री पौडेल
संविधानले जनताको भावना समेटेको छ –मन्त्री पौडेल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiafRswXJexDGycSNMiizVgCR58K9bfomS9uBrxTU2_7zJA-vUMgiEb6gihg38SwvszP5VArLTJmy7TbfcDfqlI5bsJvE9EhJ5i5nB584ffBoPmjVP_JJze519vJ9A3IrVUYqpGaGeD3RQ/s320/simara.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiafRswXJexDGycSNMiizVgCR58K9bfomS9uBrxTU2_7zJA-vUMgiEb6gihg38SwvszP5VArLTJmy7TbfcDfqlI5bsJvE9EhJ5i5nB584ffBoPmjVP_JJze519vJ9A3IrVUYqpGaGeD3RQ/s72-c/simara.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/09/blog-post_412.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/09/blog-post_412.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy