पहिलेपहिले गाउँघरमा विवादको समाधानको लागि पञ्चायती हुने गर्दथ्यो। त्यसमा गाउँका ठूलाठालू र जान्ने बुझ्ने–हैकमवालहरू पञ्च हुन्थे। पञ्चले भनेको सर्वमान्य हुन्थ्यो। एकजना गाउँलेविरुद्ध पञ्चायती बसेको थियो। उनको दोष प्रमाणित गर्दै पञ्चायतले उसलाई कि ५० मुडकी कि ५० वटा प्याज खानुपर्ने निर्णय सुनायो। दोषी गाउँलेले मुडकी किन खाने प्याज खानु ठीक भन्ठाने। तर ५ वटा प्याज खाइ नसक्दा उनलाई सजाय चयन गरेकोमा पछुतो भयो। उनले पञ्चहरूसँग प्याज खान सक्दिनँ बरु मुडकी खान्छु भने। तर दस मुडकी खाउन्जेल उनी अर्धमुच्र्छित भए र गुहार गरे, होइन प्याज खान्छु। एवंरीतले उनले ५० प्याज र ४५ मुडकी खाए। अहिले नेपालका हालाबादी नेताहरूको अवस्था दोषी–प्रमाण्ति गाउँलेजस्तो भएको छ। हिजो संविधान नदिएकोमा आलोचना खेपेका उनीहरूले जसरी पनि संविधान बनाएरै छाड्छौं भन्ने ढिपी लिए, अहिले संविधान गलगाँड भएको छ। अब आफैंले बनाएको संविधानबाट पछि फर्कने कि मधेसमा भइरहेको तीखो आन्दोलनरूपी प्याज खाने ?
दम्भ र अहम्ले आजसम्म दुनियाँमा कसैको भलो गरेको छैन। त्यही बहुमतको दम्भ नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एमाओवादीमा छरपस्ट देखियो। उनीहरूले गणितको सहारा लिएर ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको सहभागितामा संविधान पारित गरे। गणितको आफ्नो सीमा हुन्छ। ९० प्रतिशत जनप्रतिनिधिको गणना ९० प्रतिशत जनता हुँदैन भन्ने व्यावहारिकता बिर्से। त्यसो भइदिएको भए, आज यो अवस्था नै आउने थिएन। मधेस आन्दोलनपछि पनि त मधेसको जनताको आवाज राज्यको कानसम्म पुर्याउन मधेसका जनप्रतिनिधिहरू चुनिएका थिए । कसले मधेसबारे बोल्यो र गर्यो ? बोलिदिएको भए, गरिदिएको भए, गर्नका लागि दबाब दिएको भए किन २०७२ सालमा आएर यत्रो आन्दोलन हुनुपथ्र्यो र पचासौंको बलिदान देशले सहनुपथ्र्यो ? बलिदान मात्र होइन, अहिले भइरहेको नाकाजामले समग्रमा नेपाली जनताले सास्ती सहनुपरेको र देशकै नैतिकबल र्हास हुने अवस्था आउने थिएन। अहिले त युद्धको अवस्था देखिंदैछ, जसमा कसैको अस्मिताबारे कोही केही सोच्ने अवस्थामा छैन। सरकार भारततिरको नाका बन्द भए पनि चीनतिरको असम्भव नाका खुलाउन लागिपरेको छ भने आन्दोलनरत समूह आज जे लुटिए पनि, भोलि यसबाट जे परिणाम उत्पन्न भए पनि सरकारलाई घुँडा टेकाउन उद्धत छ।
सरकारले घुँडा टेक्नैपर्छ, किनकि वर्तमान आन्दोलनमा एउटा भूगोलको जनताको अस्मिता निहित छ। त्यो भूगोल आफ्नै हो, त्यहाँको जनता पनि आफ्नै हो। आन्दोलनको सफलतामा आफ्नो राजनीतिक भविष्य देखेका मधेसवादी नेताले जस्तै सीमा पार गरेर भए पनि, जनतालाई युद्धमा होम्नेसमेतको दुष्चक्र चलाउने छन्। देश नाकाबन्दीमा परेको छ, जनताको जीउ, धन र आजीविका जोखिममा पर्न थालेको छ। जनता नै सबै राजनीतिको मियो हो भने अब जुन शर्तमा पनि वार्ता हुनुपर्छ। हिजो राजा वीरेन्द्रले यस्तै अवस्था आइलाग्ने देखेर घुँडा टेकेका थिए। तर अहिलेका राजनेताहरू त्यो अवस्थाले नेटो काटिसक्दा पनि आफ्नो जिद्दी छाड्दैनन् र निजी स्वार्थको पूर्तिको साधन नेपालको राजनीतिलाई बनाइरहन्छन् भने तिनको हविगत पञ्चायतमा सजाय भोगेको गाउँलेभन्दा भिन्न हुनेछ भन्ने कल्पना नगरे हुन्छ।