प्रस, वीरगंज, १३ असोज/
स्थानीय प्रशासनले वीरगंज नगरको विभिन्न क्षेत्रलाई तोकेर घोषणा गरेको कफ्र्यु र द·ाग्रस्त क्षेत्र र निषेधाज्ञा आदेश बुधवारदेखि हटाएको छ ।
द·ाग्रस्त क्षेत्र घोषणाको २९औं दिन बुधवार पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले बिहानदेखि वीरगंजको द·ाग्रस्त र निषेधित क्षेत्र घोषणा हटाएको जानकारी गराए ।
जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले गत भदौ १५ गतेदेखि नगरको विभिन्न महत्त्वपूर्ण स्थानलाई द·ाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
खुशीयालीमा जुलुस प्रदर्शन
द·ाग्रस्त क्षेत्र र निषेधित क्षेत्र घोषणा फिर्ता भएको खबर सुनेलगत्तै नेपाल परिवार दल पर्सा र मधेसी युवा मोर्चा पर्साले वीरगंजमा संयुक्त जुलुस तथा सभा आयोजना गरे ।
खुशी मनाउन उनीहरूले माईस्थान चोकबाट निकालेको जुलुस नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुन: माईस्थान चोकमा आएर सभामा परिणत भएको थियो । सभाका वक्ताहरूले अधिकारको लागि भइरहेको मधेस आन्दोलनको विजयको सड्ढेत भन्दै द·ाग्रस्त क्षेत्र, निषेधित क्षेत्र र कफ्र्यु हटाउनु सकारात्मक भएको बताए । जुलुसका सहभागीहरूले मधेस आन्दोलनको खबरलाई केन्द्रीय पत्रपत्रिकाहरूले प्राथमिकता नदिएको भन्दै आक्रोश पोखेका थिए ।
सो अवसरमा उनीहरूले केही पत्रपत्रिका पनि जलाएका थिए । मधेसी युवा मोर्चा, पर्साका अध्यक्ष ईश्वर यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिवार दल पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, सद्भावनाका इम्दाद मियाँ गद्दीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।