प्रस, वीरगंज, १० असोज/
वीरगंज–रक्सौल मितेरी पुलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मोर्चाले संयुक्तरूपमा गरेको धर्ना तथा नाकाबन्दी चौथो दिन आइतवार पनि जारी रहयो।
आन्दोलनरत मोर्चाले गरेको नाकाबन्दी कार्यक्रममा विभिन्न सङ्घसंस्थाहरूले ऐक्यबद्धता जनाएका छन् । सङ्घसंस्थाहरूले ऐक्यबद्धताका साथै धर्नामा बसेका नेता–कार्यकर्ताहरूको लागि खाजा–नास्ता तथा पिउने पानीको व्यवस्था गरिरहेका छन्।
सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो शनिवारदेखि नै रक्सौल–वीरगंज नाकाबन्दी कार्यक्रममा सहभागी भएका छन्।
अध्यक्ष महतोले आइतवार बिहान धर्नास्थलमा भारतीय सञ्चार संस्थामा आबद्ध पत्रकारहरूको लागि सम्मेलन गरेका थिए। सो अवसरमा महतोले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको बताउँदै आन्दोलनम भारतीय जनताको सहयोग अनुकरणनीय रहेको बताए।
नेपाल सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरी गोली बर्साउँदै निहत्था आन्दोलनकारीको हत्या गर्न थाले पछि शरणार्थी बन्नुपर्ने अवस्थमा पुगेको भन्दै उनले नाकाबन्दी कार्यक्रम प्रभावकारी हुँदै गएको र यसले सरकारलाई झुक्न बाध्य गराउने हुँदा जनसहयोग जारी राख्न भारतीय जनतासँग आग्रह गरे।
मितेरी पुलको धर्नामा आइतवार तराई–मधेस लोकतान्त्रिक पार्टीकी नेतृ तथा सभासद् आशा चतुर्वेदी पनि सहाभागी भएकी थिइन्।
आन्दोलनरत मोर्चाले टायर बालेर विरोध प्रदर्शन गर्ने कार्यलाई पनि जारी राखेका थिए। धर्ना तथा नाकाबन्दीमा बसेकाहरूका लागि आवस्यक सामग्री लैजान खोज्दा प्रहरीले हस्तक्षेप गर्ने गरेको आन्दोलनकारीहरूले बताएका छन्। सो क्रममा सामान्य झडप भएको उनीहरूले बताए। सीमावर्ती क्षेत्रमा शुरु भएको नाकाबन्दी कार्यक्रमको पहिलो दिन झडप भए पनि त्यसपछिको अवस्था सामान्य छ। साइकल र मोटरसाइकलबाहेक भारतबाट नेपालको लागि कुनै पनि सवारी आउन सकेको छैन। नेपालको लागि सामग्री बोकेर आएका सवारीहरू भारतीय भूभागमा रक्सौलमा थन्किएर बसेका छन्।