अतिवादीहरूको एउटै हतियार हुन्छ अतिवाद । मुला चोरलाई मुडकी सास्ती हुन्छ, अतिवादीहरू चोर हो भनेर हात काट्न तम्सन्छन् । यसले पीडितलाई मात्र मर्का पर्यो भन्ठान्नु अबुझपना हो । त्यसै सिलसिलामा नेकपा माओवादी चन्द पक्षले भारतले अघोषित नाकाबन्दी गर्यो भनेर भारतीय टिभी च्यानलहरूमा जबरजस्ती रोक लगाएको छ । उतातिर मधेसी अतिवादीहरूले त्यसको जवाफमा नेपालीभाषी सञ्चारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यस कुरालाई क्षणिक आवेश भनेर बेवास्ता गर्यो भने यसले दु:खदायी परिणाम दिन्छ । नेपालमा धेरैपटक विभिन्न बहानामा कहिले भारतीय फिल्म, कहिले भारतीय सवारीसाधन त कहिले के माथि प्रतिबन्ध लगाउने अतिवाद हुँदै आएको छ र भनिरहनु नपर्ला यस्ता प्रतिबन्धको घोषणा अतिवादी स·ठनहरूबाटै आउने गरेको छ । भारतीय टिभी च्यानलमा प्रतिबन्ध लगाएर भारतको के बिग्रन्छ र भारतले अघोषित नै भए पनि नाकाबन्दी खुला पारिदिन्छ ? यस प्रश्नको जवाफ चन्द माओवादीसँग पक्कै छैन । यो राष्ट्रियता खलबलिएको धमिलो पानीमा राजनीतिक वर्चस्वको माछा मार्ने कुत्सित प्रयास मात्र हो ।
सीमा क्षेत्रमा नाकाबन्दी मधेसवादी दलहरूले गरेका हुन्, त्यसमा भारतीय जनताको पनि साथ छ, त्यसैले भारत सरकारले प्रत्यक्ष हस्तक्षेप नगरेकोसम्म कुरा तर्कपूर्ण हुन सक्छ । भएको पनि त्यही हो । नेपालका शासकहरूको भारतमाथि निर्भरताको मानसिकता न हट्न सक्छ, न भारतले नेपाली राजनीतिज्ञहरूलाई हियाउने कोशिश बन्द गर्छ । भारतसँग हेमचेम नभएका केपी शर्मा ओली त आफू प्रधानमन्त्री बन्न भारतमा आफ्नो ‘दूत’ पठाउने लोभ संवरण गर्न सक्दैनन् भने भारतसँग रोटीबेटीको सम्बन्ध कायम भएको मधेसी जनताले कसरी भारतको सहयोगको चाहना नगर्ने ? पञ्चायतकालमा भारतबाट नाकाबन्दी हुँदा राष्ट्रप्रेमको खोलो बगाउने नेताहरू नाकाबन्दी हट्नेबित्तिकै सबै वाचा र अपमान महादेवले हलाहल विष पिएजस्तै पिएर बसिदिए । आफ्नो अकर्मण्यताको दोष अरूलाई लगाउने यो प्रवृत्ति नसुध्रिएसम्म भारतको हेपाहा स्वभावमा परिवर्तन आउने छैन । रहयो कुरा भारतीय टिभी च्यानलको, यो कसैले रोकेर रोक्न सक्दैन । आजको सञ्चार यति विकसित भएको छ कि कुनै सरकारले चाहेर पनि प्रतिबन्ध लगाउन सक्दैन ।
अतिवादी सोच राख्नेले काम पनि गरे केही सार्थकता हुने थियो । होइन भने नेपालमा किन घरीघरी भारतीय फिल्म बन्द गर्ने र दुई दिन बित्न नपाउँदै हुर्रिएर सिनेमा हलमा जाने हुन्छ । भारतीय फिल्म हेर्न चटक्कै छोडिदिएको भए कम्तिमा नेपालका विभिन्न भाषाका फिल्मले फस्टाउने मौका त पाउने थिए । भारतीय सवारीसाधनलाई नेपाल प्रवेश गर्नै नदिएको भए, भारतसँग जति बिगार भए पनि नेपाली यातायात व्यवसायी फस्टाउने थिए । पञ्चायतकालदेखि भारतको नुन नखाएको भए अहिलेसम्म अलिनो खाने बानी परिसक्थ्यो वा नेपालको पहाड फोडेर नुनको खोजी भइसक्थ्यो । भारतले पेट्रोलियम पदार्थमा रोक लगाउँदा, एक छाक नखाएर पनि ऊर्जाको विकल्प खोजेको भए आज निहुरिमुन्टी लगाउनुपर्दैनथ्यो । एउटा पेट्रोलियम पदार्थ सात दिन नआउँदा घुँडा टेक्ने अवस्था उत्पन्न हुने थिएन । सहकालमा नचेत्दा अनिकालमा दु:ख भोग्नैपर्छ, यो आफ्नै रुग्ण मानसिकताको परिणाम हो ।