सिकेन्द्र पासवान, कलैया १३ असोज
आन्दोलनरत दलहरूले नेपाल भारत नाकामा धर्ना दिंदै नाकाबन्दी शुरु गरेपछि समाजका विभिन्न पक्ष, तह र तप्काबाट समर्थन तथा ऐक्यबद्धता जनाउने क्रम जारी छ । यसै क्रममा बुधवार बारा नागरिक समाज, जिल्लाको महिला अधिकारकर्मीलगायत विभिन्न सामाजिक सङ्घसंगठनका प्रतिनीधिहरूले ऐक्यबद्धता जनाएका थिए ।
उनीहरूले बुधवार बिहानैदेखि आन्दोलनकारीहरूसँगै धर्नामा बसी आन्दोलनप्रति समर्थन तथा ऐक्यबद्धता जाहेर गरेका थिए ।
धर्नामा नागरिक समाज, बाराका अध्यक्ष सुखप्रसाद चौधरी, महिला मानव अधिकार संरक्षण सञ्जालकी अध्यक्ष निभा सिह, महिला एकीकृत सञ्जालकी अध्यक्ष बबिता जैसवाल, दलित महिला सङ्घकी अध्यक्ष किसमती राम, महिला अधिकार मंञ्चकी अध्यक्ष रिता चौरसियालगायत करिब ५० जना धर्नास्थल वीरगंज रक्सौल, नेपाल–भारत मितेरी पुलमा पुगेर ऐक्यबद्धता जनाएका थिए । उनीहरू पनि बिहान ७ बजेदेखि बेलुका साँझसम्म धर्ना बसेका थिए ।
ऐक्यबद्धता तथा समर्थन जनाउन धर्नास्थल पुगेकाहरूलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
यसैगरी नाकाबन्दीको समर्थनमा बाराका ग्रामीण भेगबाट पनि मोटरसाइकल र्याली वीरगंज–रक्सौल मितेरीपुलमा पुगेको थियो ।
नेपाली काङ्ग्ेरस, एमाले र एमाओवादीलगायत दलका नेता–कार्यकर्ता साथै मधेस केन्द्रित दलका नेता–कार्यकर्ताहरू समेतको सहभागितामा बाराको हरनैहिया चोकबाट शुरु भएको मोटरसाइकल र्याली धर्नास्थल मितेरी पुल गएर धर्नामा परिणत भएको थियो ।
काङ्ग्ेरसका नेताहरू उपेन्द्र जैसवाल, शोभी मण्डल, एमालेका शिवनाथ साह कानू र एमाओवादीका सुरेन्द्रप्रसाद लगायत नेताहरूको अगुवाइमा आन्दोलनको समर्थन तथा ऐक्यबद्धता र्याली आयोजना भएको थियो ।