मधेसमा चर्केको आन्दोलन आज ४५ दिन बितेको छ र बन्द–हडतालकर्ताले सीमा नाकाबन्दी गरी भारत भएर आउने सामग्रीमा रोक लगाएको छैठौं दिन पुगेको छ। बन्द–हडतालले सामान्य जीवन अस्तव्यस्त पारेको भए तापनि सीमा नाकाबन्दीले सरकारमा अस्तव्यस्तता देखिएको छ। यस नाकाबन्दीमा भारतको अघोषित समर्थन रहेको कुरा नेपालमा छयाल्लब्याल्ल भएको छ। मधेसी बन्दकर्ताद्वारा जारी नाकाबन्दीमा भारत सरकारको अघोषित समर्थन रहेको भए पनि सीमावर्ती भारतीय जनताले स्वस्फूर्त समर्थन दिएका छन्। यसको पछाडि राजनीतिक वा रणनीतिक सोच नभए पनि आपसी घनिष्ठ सम्बन्ध मात्र होइन, रोटीबेटीको सम्बन्धले काम गरेको छ। नेपालका अधिकांश नेपाली परिवारको भारततिर वैवाहिक सम्बन्ध छ। जसले गर्दा मधेसको पीडा तिनको आफ्नो पीडा बन्दछ। टीकापुर घटनापछि आक्रामक बनेको सुरक्षा बलले गरेको गोली प्रहारको घाउले भारतीय नातेदारलाई पनि वेदना दिएकोले यो स्फूरता आएको हो।
अहिले अन्तर्राष्ट्रिय स्तरमा नै भारतलाई नाकाबन्दी हटाउन आग्रह गर्न थालिएको खबर पनि आएको छ। संयुक्त राष्ट्र सङ्घको ७० औं महाधिवेशनका बेला चिनियाँ राष्ट्रपतिले भारतलाई यस्तो आग्रह गरेको खबर आएको छ । यस अवस्थाबाट नेपाल–भारतबीच समग्रमा के असर पर्छ त्यो भोलि थाहा होला तर अहिले नेपालको एउटा भागमा भारतविरोध चर्कोगरी उर्लेको छ। जुन एकदमै नहुनुपर्ने कुरा हो। यसले भारतभन्दा नेपाललाई कष्ट दिन्छ । किनकि भारतको नेपालसँग थोरै सरोकार तर नेपाललाई भारतसँग बढी सरोकार रहने गरेको छ। यो नेपालको भौगोलिक बाध्यता हो भने नेपाली राजनीतिबाजहरूको अकर्मण्यता र अदूरदर्शितासमेत हो। भारतले घोषितरूपमैं पनि नेपालमा नाकाबन्दी गरिसकेको छ। त्यस बेला पहाड खनेर नुन निकाल्ने, बिजुली उत्पादन गरेर परनिर्भरता हटाउने, दु:खजिलो गरेर भए पनि आफ्नै खुट्टामा उभिने जति वाचा गरिए, परिस्थिति अनुकूल हुनेबित्तिकै शासकहरू लम्पसार परेर परनिर्भरताको निद्रामा मस्त भए। त्यसैको नतिजा हो, सीमा नाकाबन्दी भएको पाँच दिन बित्न नपाउँदै देशमा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको हाहाकार भएको छ। अति दुर्गम चीनबाट यी सामान मगाउने मूर्खताले शासकहरूलाई गाँजेको छ।
सोमवार सुनौली नाका भएर केही गाडीहरू इन्धन तथा उपभोग्य सामग्री बोकी नेपाल छिरेको समाचारले अहिले नेपाल सरकारलाई केही भरोस दिलाएको छ। तर त्यो हात्तीको मुखमा जीरा जत्तिकै हो। सरकारले तुरुन्त वार्ताको पहल गरी आन्तरिक जन–एकता स्थापित गर्ने प्रयास गर्नुपर्छ। अहिले जनताबीच फाटो ल्याउने तथा भारतको आलोचना गर्ने कार्य थाती राखेर समस्याको मूलमा जानुपर्छ । एकथरी नेपाली जनता भारतको शरणमा जानु राज्यको दोष हो, विदेशी वा विदेशी जनतालाई सत्तोसराप गरेर केही हुँदैन। क्षणिक उपलब्धिले कुनै देशको मानमर्यादा कायम हुन सक्दैन। सुनौलीमा केही स्थानीय युवाहरूले बन्दकर्ताहरूको विरोध गर्दा सामान नेपाल छिरेको भनिएको छ। ती युवा सधैं विरोध गरिरहन सक्दैनन्। गरे पनि त्यसले आपसी दुर्भावना बढाउँछ, जुन एउटा सार्वभौम देशका लागि निश्चय पनि खुशीको कारण बन्न सक्दैन।