प्रस, वीरगंज, १० असोज/
पर्साको ग्रामीण क्षेत्रबाट प्रहरी चौकीहरू विस्थापित हुँदा सोझा निर्धा नागरिक समस्यमा पर्न थालेको गुनासो छ।
विगतमा गाउँघरमा कुनै थिचोमिचो वा झैझगडा भएमा नजिकको प्रहरी एकाइमा पुग्ने गर्थे, त्यहाँ न्याय पाए वा नपाए पनि प्रहरी छ है भन्ने एउटा डर थियो। गाउँठाउँमा कुनै बेमेल वा झैझगडा भए प्रहरीले हस्तक्षेप गरेर समाधान गर्ने पनि गर्दै आएको थियो। हाल प्रहरी चौकीहरू विस्थापित भएपछि भने पीडितले पीडा पोख्ने ठाउँसमेत नभएको मिर्जापुर निवासी खलिल देवानले बताए।
परिवार–परिवारबीच हुने भैंmझगडाले पनि अहिले गाउँमा उग्र रूप लिन थालेको छ। दुई भाइको झगडामा समेत कमजोर पक्षले कुनै बलियो पक्षको सहयोग खोज्ने र त्यसको प्रतिकारमा अर्को भाइले पनि झन बलियो पक्षको सहयोग खोज्ने हुँदा घर परिवारको झगडा गाउँभरि नै फैलने गरेको मियाँले बताए।
झैझगडा वा पारिवारिक तथा सामाजिक बेमेलहरू मिलाउन शान्तिपूर्ण मध्यस्थता वा बदमाशी गर्ने पक्षमाथि कानुनी अंकुश लगाउने कुनै पनि निकाय नभएकोले समस्या बढेको उनको भनाइ छ।
“गाउँघरमा आजभोलि प्रहरी नहुँदा सामान्य भैंmझगडाले पनि उग्र रूप लिन थालेको छ।” मियाँको कुरामा सही थप्दै भिस्वाका चनरदेव प्रसादले भने विवाद मिलाउने कोही नभएपछि बलियोले कमजोरमाथि कुटपिट, हेपचेपको घटनाहरू बढेको छ।
ग्रामीण क्षेत्रमा चोरीको घटना पनि बढेको छ। सामान्यतया अहिले तरकारी, कुखुरा, बाख्रा, अन्नपात चोरी हुने गरेको गाउँलेहरूले बताएका छन्।
समाज जनप्रतिनिधिविहीन छ। लामो समयदेखि स्थानीय निकाय खाली छ। “युवा पुस्ता स्वघोषित क्रान्तिकारी बनेका छन्, समाजका पाकाहरूको कुरा सुन्दैनन्।” दिक्क मान्दै पाँडेपुर निवासी ७० वर्षीय वृद्ध जगरनाथ कलवारले भने पीडितहरूको समस्या सुन्ने नेता, कार्यकर्ता पनि आन्दोलनमा व्यस्त छन् भने गाउँका कतिपय अगुवा नेताहरू सदरमुकाम केन्द्रित छन्। यही अवस्था रहने हो भने गाउँमा बाहुबलीहरूको आधिपतय हुनेर जसको लाठी उसको भैसी हुनेछ।
गाउँ–गाउँमा सशस्त्र बेस र केही प्रहरी एकाइ रहे पनि उनीहरू दैवी तथा प्रकृतिक विपत्तिमा उद्धार गर्न आउने तर अन्य समस्यामा भने जनताले बोलाउँदा नआउने गाउँलेहरूले गुनासो सुनाए।