मुकुन्द आचार्य
विनयराज गौतमद्वारा लिखित एवं तन्नेरी प्रकाशन, काठमाडौंद्वारा प्रकाशित पुस्तक– 'नेपालको शिक्षामा राजनीतिको प्रभाव' पढ्ने सुयोग हालसालै प्राप्त भयो । पुस्तकको शीर्षक रोचक लागेर तथा मेरो आफ्नो जीवनसमेत शिक्षा क्षेत्रमा व्यतीत भएको हुनाले शिक्षा र राजनीति दुवै क्षेत्रलाई छुने प्रस्तुत पुस्तकप्रति अभिरुचि जाग्नु मेरालागि सहज–स्वाभाविक थियो।
यस पुस्तकका रचयिता विनयराज गौतमले आफ्नो कृतिलाई अनुसन्धानात्मक भन्नुभएको छ। त्यसो त पुस्तकको शीर्षकले नै सो कुराको सङकेत गरेकै छ, तथापि संसारभरिका सम्बन्धित विद्वान, लेखकहरूको उद्गार–विचार–सम्मतिलाई पुस्तकमा स्थान दिएर पुस्तकको उपयोगिता अभिवृद्धि गर्न भरमग्दुर प्रयास रचयिताद्वारा इमानदारीका साथ गरिएको छ। बधाई छ १
शिक्षा र राजनीति दुवै समाजसँग घनिष्ठ सम्बन्ध रहेका पक्ष हुन्। दुवै एकअर्काको पूरक पनि हुन सक्छन्। राजनीतिले समाजलाई व्यवस्थित, सुरक्षित पार्दै अग्रगामी दिशातिर डोर्याउँछ भने शिक्षाले मानव समाजलाई प्रविधि, ज्ञान, विद्या आदिद्वारा सुसूचित–सुविज्ञ–सुदीक्षित बनाउने काम गर्छ। जेहोस्, राजनीति र शिक्षा दुवैले समाजलाई सुख, शान्ति, सुरक्षा, सुयोग्यतातिर डोर्याउने काम गर्छन्। र, यो सत्यतथ्यलाई प्रस्तुत पुस्तकले आत्मसात् गर्दै पाठकलाई यही तथ्य हृदयङकम गराउने प्रयास गरेको छ।
यसो विचार गर्दा हो पनि। उचित र सही शिक्षाले राजनीतिलाई धेरै हदसम्म प्रभावित पार्न सक्छ भने इमानदार राजनीतिले पनि शिक्षालाई निकै प्रभावित पार्छ, भन्न सकिन्छ।
हाम्रो पूर्वीय आर्षग्रन्थहरूमा भने शिक्षालाई जीवनमरणको अनवरत् चक्रबाट मुक्त गर्ने साधनको रूपमा लिएको देखिन्छ, जस्तै– 'सा विद्या या विमुक्तये।' अर्थात् विद्यालय त्यो हो, जसले मुक्ति प्रदान गर्छ।
यसै सत्यको समर्थन गरिएको पाइन्छ, पुस्तकमा उद्धृत यी निम्नलिखित दुई उद्धरणहरूमा:–
ूभ्मगअबतष्यल जबक दभभल
अयलकष्मभचभम बक ब mभबलक या
ष्दिभचबतष्यल ाचयm तजभ अगितजभक या ु:बथबु, तजभ नचभबत मभभउ मबचपलभकक या ष्नलयचबलअभ बलम तजभ भखष्कि या
कभलकगयगकलभकक।ू
(म्च। क्ष्तबचबm व्बथबकधबि
९क्यअष्ययिनष्अब िायगलमबतष्यल या
भ्मगअबतष्यल०
महात्मा गाँधी भन्छन्:–
ूभ्मगअबतष्यल धयचतज धजष्भि धजष्अज भलबदभिम यलभ तय जबखभ mगपतष् ष्।भ। ाचभभमयm ाचयm बिि खष्अभक बलम तय
मभखभयिउ यलभकभाि mबतभचष्बििथ
कउष्चष्तगबििथ।
यी दुवै भारतीय विद्वानले शिक्षाको सम्बन्ध, मुक्ति, स्वतन्त्रता, वैयक्तिक जीवनलाई आलोकित पार्नुसित राखेका छन्। यी दुवै भनाइको सत्यतालाई नकार्न सकिन्न।
पुस्तकमा विद्वानहरूका भनाइ जेजस्तो भए पनि आज हाम्रो प्राविदेखि विश्वविद्यालयसम्म हेर्ने हो भने सबै स्तरका शिक्षालय राजनीतिको फोहरी खेल खेल्ने क्रीडास्थल भएका छन्।
आजको शिक्षा अर्थमुखी मात्र भएको छ। अर्थकरी विद्यालाई जीविका चलाउने एउटा साधन मात्र मान्न सकिन्छ। 'सा विद्या या विमुक्तये'को गन्ध पनि आजको शिक्षा पद्धतिमा पाइन्न। वर्तमान शिक्षापद्धतिले 'परफेक्ट मैन' बनाउने प्रयास मात्र गर्छ। तर नैतिक पक्ष शून्य देखिन्छ।
यद्यपि पुस्तकमा पूर्वीय र पाश्चात्य शिक्षा–प्रणालीबारे चर्चा गरिएको छ र हिन्दू शिक्षा प्रणालीले लौकिक
(मेटेरियल) र पारलौकिक
(ट्रान्सडेन्टल) दुवै क्षेत्रको ज्ञान प्रदान गर्छ, भनिएको छ।
एक सय दश पृष्ठमा लेखिएको यस पुस्तकले संक्षेपमैं भएपनि शिक्षाको इतिहास (खासगरी नेपालको) देखाउने प्रयास गरेको छ।
पुस्तक अनुसन्धानमूलक हुनाले सूचनामूलक त छँदैछ, साथै शिक्षा पद्धतिको प्राचीन परम्परा, इतिहास, विकासक्रम सबै पक्षलाई छुने प्रयास गरेको छ।
शिक्षालाई राजनीतिबाट टाढै राख्नुपर्छ भन्ने सन्देश प्रत्यक्षरूपमा नभनिए पनि विषयवस्तुको प्रस्तुतीकरणले घुमाउरो पारामा सङकेत चैं गरेको छ। हो पनि, राजनीतिक हस्तक्षेपबाट मुक्त नहुन्जेलसम्म शिक्षा स्वाभाविकरूपमा मौलाउन र फस्टाउन सक्दैन। हामी सबैले भोगेकै कुरा हो।
पुस्तक सरर् पढ्दै जाँदा ठाउँठाउँमा अशुद्धिहरू भेटिन्छन्। यी अशुद्धिले पुस्तक पढ्दाको मजालाई अलि खल्लो पार्ने गर्छन् । लेखकको पहिलो प्रयास हुनाले झिनामसिना त्रुटिहरू क्षम्य नै हुन्छन्।
लेखक महोदयले शिक्षासम्बन्धी अझै गम्भीर विषयहरू उठाउन सक्नुहुन्थ्यो कि ?
शिक्षासँग सम्बन्धित सबैले एकपटक पढ्नै पर्ने पुस्तक दिएर विनयराज गौतमले शिक्षा क्षेत्रलाई गुन लाउनु भॉछ, यसमा सन्देह छैन। हरेक विद्यालयको पुस्तकालयमा यस पुस्तकले शोभा बढाउने काम गरोस्। शुभकामना १
कृति: नेपालको शिक्षामा राजनीतिको प्रभाव
लेखक:– विनयराज गौतम
प्रकाशक: तन्नेरी प्रकाशन, काठमाडौं
पृष्ठ: ११०
संस्करण: पहिलो