ओमप्रकाश खनाल
औद्योगिक र व्यावसायिक कारोबारको अभ्यासलाई सूक्ष्मरूपमा केलाउँदा अधिकांश गतिविधि सीमावर्ती क्षेत्रमा क्रियाशील छन् । भारतीय सिमानासित जोडिएका क्षेत्रमा अधिक औद्योगिक र व्यावसायिक कारोबार समेटिएका छन् । भारतीय बजारमा आधारित हाम्रो अर्थव्यवस्थाको भौगोलिक धरातलले मात्र यसमा काम गरेको छैन, वैदेशिक लगानीकर्ताको अन्तर्निहित रुचि पनि यो तथ्यमा प्रभावकारी भइदिएको छ । सीमा क्षेत्रको भौगोलिक अवस्थिति औद्योगिकीकरणमा बाह्य लगानी आकर्षणको महत्त्वपूर्ण आधार जति हो, त्यति नै विशाल भूभागमा बजार समेटेर बसेका छिमेकी देशको बहुउद्देश्यीय लाभ पनि कारण हो ।
सीमावर्ती क्षेत्रमा खुलेका बहुराष्ट्रिय र वैदेशिक लगानीका अन्य उद्योग प्रतिष्ठानको घनत्वले यो तथ्यलाई उजागर गरिराखेको छ । यसैका आधारमा लगानीकर्ताले प्राथमिकताको छनोट गरिराखेका हुन्छन् । र, परिणामस्वरूप लगानीको अधिकांश परिमाण सीमावर्ती क्षेत्रमा प्रवाहित भइराखेको छ । त्यो आन्तरिक लगानी होओस् वा बाह्य लगानी । सीमावर्ती औद्योगिक र व्यापारिक आयामको खराबी नभएका पनि होइनन् । तर यो आलेखको अभिप्राय सीमावर्ती क्षेत्रका अन्तर्निहित सकारात्मक आर्थिक सम्भावनाहरूलाई कसरी समृद्धिसित जोड्न सकिन्छ भन्ने नै हो ।
अहिले तराई–काठमाडौं द्रुतमार्ग निर्माणमा भारतीय कम्पनीको रुचि अगाडि आएको छ । भारतको रक्सौलदेखि अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइनमा भारतले लगानी गर्दैछ । वीरगंज–रक्सौल, विराटनगर–जयनगर र भैरहवा–सुनौलीमा ४ अर्ब ३२ करोड लगानीमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच चौकी वा झन्डै साढे १० अर्बको रेलवे सेवा विस्तारको योजना सबैले सीमावर्ती क्षेत्रमा औद्योगिकीकरणको सम्भावनालाई अभिवृद्धि गरेका छन् । सीमा क्षेत्रलाई राजधानीसित जोड्ने छरितो बाटो दक्षिणकाली–कुलेखानी मार्गमा भारतको लगानी छ । वैदेशिक सहयोगमा भएका विकास निर्माणको अधिक अवस्थिति सीमावर्ती क्षेत्रमैं छ । सम्पन्न, निर्माणाधीन र प्रस्तावित प्राय: सबैजसो योजनाले सीमावर्ती क्षेत्रलाई नै समेटेका छन् ।
सीमावर्ती क्षेत्रकेन्द्रित पूर्वाधार विकासको तात्पर्य कच्चा पदार्थ र अन्य आवश्यकीय वस्तुको सहज आपूर्ति र आयत–निर्यात नै हो । मालवस्तुको उत्पादन र आपूर्तिमा सहजता यी संरचनाको मूल अभिप्राय हो । नेपालको उद्योग वा व्यापारको अधिकांश परिमाण भारतीय बजारमा केन्द्रित भएको र भौगोलिक विशिष्टताका कारण तेस्रो मुलुकसितको अधिकांश व्यापारसमेत भारतीय भूमिको निर्भरतामा चलेका कारण पूर्वाधार पनि भारतीय सीमाक्षेत्र केन्द्रित छ । यो हाम्रो विशिष्टतामात्र नभएर बाध्यता पनि हो । यो अकाट्य बाध्यतालाई कसरी अवसरमा रूपान्तरण गर्न सकिन्छ, यो नै हाम्रा निम्ति मुख्य चुनौती हो भने यसको सुझबुझपूर्ण समाधान आर्थिक अभिवृद्धिको आधार हो ।
अर्कोतिर विश्वकै एक नम्बरमा गनिएको अर्थतन्त्र चीनले उत्तरी सिमानाका तातोपानी, रसुवागढी, मुस्ताङलगायतका ५ स्थानमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया, सडक तथा रेलवे विस्तारभित्र पनि व्यापार सम्बन्धकै उद्देश्य निहित छन् । विगतका दशकमा नेपाल र चीनको व्यापार ५ गुणाले अभिवृद्ध भएको छ । लगानीमा भारतपछि चीन दोस्रो स्थानमा छ । तर भारत र चीनको तुलनामा अमेरिका, जापान, दक्षिण कोरिया, बेलायत लगायतको लगानी परिमाण न्यून देखिनुमा भौगोलिक दूरी पनि कारण हो । यस कारण दुवै छिमेकीहरूले आआफ्ना भौगोलिक सीमाक्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणको अभिप्राय औद्योगिक र व्यावसायिक सम्बन्ध विस्तार मुख्य कारण हो । सत्य के हो भने कुनै पनि एक मुलुकले अर्को देशमा लगानी गर्छ भने त्यसमा उसको आफ्नो स्वार्थ हुन्छ । यो स्वाभाविक पनि हो । तर त्यसलाई कसरी आफ्नो मुलुकको हितमा परिवर्तन गर्ने भन्ने हाम्रो कूटनीतिक दक्षतामा निर्भर हुने कुरा हो ।
करिब १० हजारको सङ्ख्यामा रहेका हाम्रा उद्योग कलकारखानामध्ये अधिकांश सीमावर्ती क्षेत्रमा छन् । त्यसमा पनि वीरगंज र विराटनगरजस्ता सीमावर्ती क्षेत्रमा अधिकांश औद्योगिक लगानी केन्द्रित छन् । भनिन्छ, मुलुककै मुख्य नाकामा रहेको वीरगंज क्षेत्रमा कुल औद्योगिक लगानीको ७० प्रतिशत क्रियाशीलमात्र छैन, बहुराष्ट्रिय लगानीका अधिकांश उद्योग यसै क्षेत्रमा सञ्चालनमा छन् । लगानीमा भारतीयको परिमाण अधिक छ । मध्यभागमा रहेको वीरगंज तथा आसपासका क्षेत्रमा उद्योग केन्द्रित हुनुको कारण कच्चा पदार्थको आपूर्ति र उत्पादनको ढुवानीमा भौगोलिक सहजता प्रमुख हो । उपलब्ध तथा प्रस्तावनामा रहेका पूर्वाधारहरूले पनि लगानीको केन्द्रीकरणलाई सघाउ पुर्याएकै छ । वैदेशिक लगानीको अधिकांश हिस्सा उत्पादनका क्षेत्रसँग जोडिएका छन् ।
भारतसित नेपालको एक हजार सात सय ५० किलोमिटर सीमा खुला रहनुले भारतीय लगानीलाई अवसर उपयोगमा सहज भएको हो । यस कारण पनि लगानीका परिमाणका आधारमा भारतीय अग्रस्थानमा छन् । नेपालका साढे ५ सयभन्दा बढी उद्योगमा भारतीय लगानी भित्रिसकेको तथ्याङ्क उद्योग विभागसित छ । कुल वैदेशिक लगानीमा भारतीय लगानीको हिस्सा झन्डै ४० प्रतिशतको हाराहारीमा छ । खुला सिमानाको सहजता र अन्तर्सम्बन्धित सम्भावनाहरूले भारतीय लगानीको रुचिलाई आकर्षित गरिराखेकोमा द्विविधा छैन । यो तथ्यको अभिप्राय के भने भारत–नेपालको सीमावर्ती क्षेत्रको उपयोग आफ्नो बजारको आपूर्तिको उद्देश्यबाट हुन्छ । लगानीमा वैदेशिक पूँजीको परिमाण र उत्पादनको प्रकृतिका आधारमा लगानीकर्ताहरू सीमाक्षेत्रका सम्भावनाको उपयोगमा तल्लीन रहेको प्रस्ट छ । हामीले यो रुचिलाई कसरी बढीभन्दा बढी आफ्नो पक्षमा उपयोग गर्ने भन्नेतिर ध्यानकेन्द्रित गर्नु बुद्धिमानी हुन्छ ।
त्यतिमात्र होइन, पर्याप्त जैविक सम्भावना भएको पश्चिमी नेपालमा पूर्वाधारको अभावमा उद्योग–व्यापार फस्टाउन सकेको छैन । तथापि, पछिल्लो समयमा त्यस क्षेत्रमा लगानीको परिमाण थपिएको देखिएको पनि छ । यसलाई सकारात्मक मानेर मात्र पुग्दैन । पूर्वाधार विकासमा देखिएको वैदेशिक रुचिलाई सुदूरपश्चिमका सम्भावनाहरूसित जोड्न सक्नुपर्दछ । पश्चिमी सीमावर्ती सेरोफेरो ऊर्जा उत्पादन र जैविक विविधीकरणले महत्त्वपूर्ण मानिन्छ । यस्ता सम्भावनाहरूलाई उपोग गर्न सकेमा पूर्वाधार निर्माण र औद्योगिकीकरणमा फड्को मार्न सकिन्छ । अहिले पश्चिमी क्षेत्रमा केन्द्रित लगानीले पनि सीमावर्ती क्षेत्रलाई नै लक्षित गरेको पाइएको छ । ऊर्जा उत्पादनको सम्भाव्यतालाई पूर्वाधारमा जोड्न पनि लगानीकै खाँचो छ । सीमावर्ती क्षेत्रमा देखिएको औद्योगिकीकरणको अभ्यासका आधारमा यिनै क्षेत्रलाई पूर्वाधार विकासको प्राथमिकतामा राखिनुपर्दछ ।
अतिकम विकसित ती क्षेत्रमा पूर्वाधार र उद्योग विस्तारमा छिमेकीको अकर्षणलाई यस कारण पनि लगानीमा रूपान्तरण गर्नु अनिवार्य छ कि हामीले अपेक्षा गरेको आर्थिक विकासको लक्ष्य भेट्टाउन बर्सेनि ६ खर्ब रुपैयाँ लगानी चाहिन्छ । यो चानचुने आँकडा होइन, आन्तरिक लगानीबाट मात्र यो लगानीको आवश्यकता पूर्ति गर्न सम्भव छैन । ४ प्रतिशतको औसत आर्थिक अभिवृद्धिको धारतलीय यथार्थमा उभिएर दोहोरो अङ्कको आर्थिक वृद्धि भेट्टाउन त नीतिगत तयारी पनि त्यसै अनुसार चुस्त हुनै पर्दछ । तर अभाव यसैको छ । आन्तरिक क्षमतामा त्यो उद्देश्यमा पुग्न नसकिने अवस्थामा बाह्य लगानीले खोलेका अवसरको उपयोगमा सतर्क र उदार दुवै हुन अनिवार्य छ ।
वैदेशिक व्यापारको आँकडा हेर्ने हो भने पनि नेपालको कुल निर्यातमध्ये ९० प्रतिशत कारोबार पूर्वी तथा मध्यक्षेत्रबाट भएको तथ्याङ्क छ । यसमा सीमावर्ती औद्योगिक शहरहरूकै भूमिका अगाडि छ । यस्ता तथ्याङ्कहरूले सीमावर्ती क्षेत्रमा उद्योग र व्यापार विस्तारको आधारलाई बलियो तुल्याइराखेका छन् । हो, लगानीका सन्दर्भमा चीन र भारतका स्वार्थ आपसमा बाँझिएका छन् । हाम्रो उद्देश्य दुई ठूला अर्थतन्त्रको प्रतिस्पर्धाबाट कसरी बढीभन्दा बढी फाइदा लिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्दछ ।
भारतकै मात्र कुरा गर्ने हो भने पनि नेपालको कुल वैदेशिक व्यापारको झन्डै दुई तिहाइ हिस्सा भारतसितै छ । यो पनि सत्य हो कि ठूलो भूगोल, बजार र जनसङ्ख्या भएकाले भारतकै एक स्थानबाट अर्को स्थानमा उत्पादनको आपूर्ति त्यति सहज छैन । सीमावर्ती क्षेत्रमा छिमेकी देशका अवसरहरूको उपयोग उसका निम्ति तुलनात्मक सहज हुन्छ । यस अर्थमा नेपालसितको खुला सिमाना आपूर्तिको उद्देश्यमा सजिलो पनि छ । नेपाल–भारत औद्योगिक र व्यापारसम्बन्धी प्रावधानहरूले यसलाई अझ सरल तुल्याइदिएको छ । यो भारतको आफ्नो स्वार्थको पाटो भएपनि त्यस स्वार्थमा हाम्रा थुप्रै सम्भावनाका ढोका खुल्न सक्छन् । यस्ता अन्तर्निहित सम्भावनाको पहिचान र प्रयोग नै हाम्रो क्षमताको कसी साबित हुनेछ । सीमावर्ती सम्भावनाहरूलाई आर्थिक अभिवृद्धिसित जोड्न आर्थिक कूटनीतिलाई धारिलो तुल्याउनै पर्दछ ।
यmपजबलब२िनmबष्।िअयm