चन्द्रकिशोर
करिब दश वर्ष पहिले गजेन्द्रनारायण स्मृति प्रतिष्ठानद्वारा तत्कालीन भारतीय राजदूत श्यामशरणको बिदाइ समारोह आयोजना गरिएको थियो। त्यो समारोहको अध्यक्षता नेता राजेन्द्र महतोले गरेका थिए। तराईको विकासप्रति बढी चिन्ता र चासो देखाउने कूटनीतिज्ञ श्यामशरणले त्यहाँ भनेका थिए– "नेपालको तराई क्षेत्र भारतको लागि मात्र होइन, नेपालको लागि पनि निकै महत्त्वपूर्ण क्षेत्र हो। नेपालको लागि महत्त्वपूर्ण कुन अर्थमा छ भने, नेपालको विकासका लागि, नेपाललाई अगाडि बढाउनु छ भने तराईको विकास हुनुपर्दछ अन्यथा नेपालको विकास सम्भव छैन।" छिमेकी विहारका बासिन्दा श्यामशरणले उक्त बिदाइ समारोहमा बडो प्रस्ट शब्दमा मधेसी नेता र अभियन्ताहरूलाई लक्षित गर्दै अभिमत दिए– "तपाईंको सामुन्ने एकता एउटा चुनौती हो। म देखिरहेको छु, तपाईंको सामुन्ने जुन चुनौतीहरू छन्, ती धेरै ठूला चुनौतीहरू हुन्। सामाजिक चुनौतीहरू छन्, राजनीतिक चुनौतीहरू छन्, आर्थिक चुनौतीहरू छन्, तर एक्लै यी सबै समस्याहरूको सामना गर्ने कोशिश गरियो भने सफल हुन सकिंदैन। तर एकसाथ मिलेर यी चुनौतीहरूको सामना गर्नका लागि तपाईंहरू अग्रसर हुनुभयो भने अवश्य नै सफलता प्राप्त हुनेछ। तपाईंहरूले मधेसको लागि मात्र होइन, नेपालको विकासका लागि पनि काम गर्नुपर्दछ। किनभने तपाईंहरूको भविष्य नेपालसँग जोडिएको छ। एकताको साथ तपाईंहरूले आफ्नो समाजको उत्थान गर्नुपर्नेछ, त्यो अनिवार्य छ। मात्र अर्काले हाम्रोविरुद्धमा केही गरिरहेका छन् कि भनी शङका गर्नाले पनि काम चल्दैन। अर्कालाई बदल्नु छ, उसको मानसिकतालाई बदल्नु छ तर पहिले आफ्नो मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ, अन्यथा कसरी अगाडि बढ्न सकिन्छ ? हाम्रो समाजमा थुप्रै कमजोरीहरू छन्, जसलाई सच्याउन आवश्यक छ।"
आज यी सन्दर्भहरू किन खोतल्नुपर्यो ? पछिल्ला समयमा मधेसी अभियन्ताहरू एउटा सङकटबाट गुज्रिरहेका छन्। उनीहरूको बुझाइमा प्रत्येक समस्याको कारण राज्य हो, एउटा अर्को समुदाय हो। त्यस्तै आफ्ना सामाजिक कमजोरीहरूलाई पनि गौरवको रूपमा प्रस्तुत गर्ने, रिक्तताहरूलाई स्वीकार्नुभन्दा पनि सामुदायिक दृष्टिले जायज ठहर्याउने गर्दछौं। हामी आफ्नै प्रयत्नहरूबाट हुन सक्ने सुरुआतहरूलाई पनि पर्खेर बसेका हुन्छौं, तर आफ्नै वरिपरि खोजी गर्नेतर्फ हाम्रो दृष्टि जाँदैन। निश्चितरूपमा नेपालको दक्षिण भूगोलका स्थायी बासिन्दा मधेसी पहिचानधर्मीहरूको लागि यतिखेर राज्यसँगको सम्बन्धको निर्धारण महत्त्वपूर्ण पक्ष हो। नेपाली समाज एउटा सङ्क्रान्तिकालबाट गुज्रिराखेको हुनाले राज्यसँगको सम्बन्धको छिनोफानो तथा त्यसलाई परिभाषित गर्ने कार्य अपरिहार्य छ। तर एउटा गतिशील समाज निर्माणका लागि आफ्ना बितेका कामको लेखाजोखा गर्दै आगतका निम्ति नयाँ कार्यसूचीको निर्माण गर्नु हो भन्ने विषय त्यतिकै स्पष्ट छ। त्यसका निम्ति वर्तमानका पीडा, कठिनाइ र अभावहरूको बारे बहुकोणीय मन्थन गर्नु पनि आवश्यक छ। आफ्नैतर्फ ननियालेसम्म आकाङ्क्षाहरूको तस्वीर सफा पार्ने र गन्तव्यको दिशा तोक्ने काम सम्भव हुँदैन। समयले मधेसी समाजलाई यतिखेर दुई प्रकारको जिम्मेवारी एकैसाथ सुम्पेको छ। पहिलो, राज्यसँगको सम्बन्ध निर्धारण हुन नसकेका पुराना समस्याहरू छन्। दोस्रो, हाम्रो आफ्नै बुझाइ, ठम्याइ र गराइमा खोट छ, जसलाई सच्याउनु छ। तर यी कुराहरू मधेसका गाउँघरतिर बहसको विषय बन्न सकेको छैन। न त मधेसका शहरमुखी पढुवा जमातमा नै यसका बारे छलफल सुनिन्छ। जबसम्म हामीले हाम्रा समस्याहरूको बारेमा सही पहिचान गर्न सक्दैनौं, त्यसको समाधानका बारेमा सन्तुलित दृष्टि राख्दैनौं, तबसम्म भौंतारिने अवस्था रहिरहन्छ। यसो पछाडितिर फर्किएर हेर्दा भौंतारिनु मधेसी समाजको नियति बन्दै गएको छ।
छिमेकी भारतमा बिलायती उपनिवेशविरुद्ध सङ्घर्ष हुँदा राजनीतिक आन्दोलनको साथसाथै सामाजिक सुधारका अभियानहरू पनि चलाइएका थिए। त्यहाँका प्रमुख राजनीतिक अगुवाहरू सामाजिक नेता पनि थिए। विभिन्न सामाजिक सरोकारहरूमा जनचेतना फैलाउन अनेकौं यत्नहरू भएका थिए र यसलाई राजनीतिक महायात्राको अङककै रूपमा आत्मसात् गरिएको थियो । राजनीतिक अगुवाहरूको जीवनसङ्घर्षको ठूलो हिस्सा सामाजिक अभियानहरूमा समर्पित भएको देखियो । ती प्रयत्नहरूले त्यहाँको सामाजिक रूपान्तरणमा दिएको गति र त्यसबाट राजनीतिक सङ्घर्षहरूले प्राप्त गरेको पोषणका बहुआयामिकता हाम्रालागि पनि मननीय हुन आउँछ।
मधेसले आफ्नै बारेमा आत्मसमीक्षा गर्नैपर्छ, त्यहींबाट सुधारका बाटाहरू पहिल्याइन्छ। नेपाली सन्दर्भमा मधेसी समाजको पछौटेपनको आफ्ना कारणहरू पनि छन्। कुनै पनि समुदायले अर्का समुदायसँगको देखासिखीले पनि आफूभित्र बदलावलाई आकार दिन्छ। पहाडी समुदायका उदाहरणीय बानीबेहोराको अनुकरण मधेसी समाजले किन नगर्ने ? सामाजिक विकासक्रम भनेकै एक अर्का समुदायबाट असलपनको खोजी गर्दै त्यसलाई आफूमाझ भित्र्याउँदै तथा त्यसको निजत्व ग्रहण गर्दै अगाडि बढ्दै जानु हो। हाम्रा सामाजिक संस्थाहरूको व्यवस्थापन अर्को समुदायबाट कति भिन्न र किन फरकपन बोकेको छ, त्यसका बारेमा गम्नैपर्छ।
हाम्रा सबै प्रयत्नहरूलाई फगत राज्यतिर मात्र मोडियो भने बदलावको पाङ्ग्रा असन्तुलित हुन जान्छ। लोकतन्त्रमा रिक्तताहरूलाई निषेध गरिंदैन, त्यसको समुचित व्यवस्थापन गरिन्छ। त्यसैले रिक्तताहरूको अधिकाधिक र उपयुक्त व्यवस्थापन नै सफल लोकतान्त्रिक समाजको लक्षण हो। मधेसी समाजको उन्नति लोकतान्त्रिक प्रक्रिया र समुदायको लोकतान्त्रिकीकरणबाट नै सम्भव छ। नेपाली जनसङ्ख्याको वितरण र मधेसको भौगोलिक अवस्थितिले गर्दा नेपाली मूलप्रवाहीकरणको निमित गरिने प्रत्येक प्रयत्न मधेसमैं गएर जोडिन्छ। तसर्थ, मधेसका सामथ्र्य र सङकटबारे अरू भूगोलका बासिन्दाहरूले पनि बुझ्नुपर्ने हुन्छ। यसरी बुझ्ने, बुझाउने आकाङ्क्षा र चाहना नै नेपाली मूलप्रवाहीकरणको मर्म हो। विडम्बना के छ भने मधेसका बारेमा कुरा उठ्दा त्यसलाई केवल मधेसी दलहरूसँग मात्र जोडिने गरिन्छ। उनीहरूतिर नै औंला तेस्र्याइन्छ। जबकि सबैले बुझेको हो, मधेस नेपालको अविच्छिन्न भूभाग हो, हिमाल–पहाड–मधेस सबैको साझा वर्तमान र भविष्य हो। तसर्थ, अरू राजनीतिक–सामाजिक शक्तिहरूले पनि मधेसका बारेमा वस्तुपरक नजर राख्नैपर्छ ।
सँगै नेपालका अन्य भूगोलका बासिन्दामाझ मधेसी समाजको सङकट र सम्भावनाबारे सही सूचना सम्प्रेषण गर्नुपर्छ। मधेससँग जोडिएर अहिले पनि पहाडी क्षेत्रमा अनेकौं आशङका र अनुमानहरू छरिएका छन्। यो काम मधेसी दलले मात्र गर्न सक्दैन। ती दल र सामाजिक पक्ष, जसको सञ्जाल पहाडी र हिमाली क्षेत्रमा छन्, तिनीहरूले मधेसी जनताको राष्ट्रियता र लोकतन्त्रप्रतिको सङ्घर्ष र समर्पणको भावलाई त्यहाँ फिजाउने काम गर्न सक्छन् । यो कार्य राष्ट्रिय एकीकरणको कार्यसूचीभित्र पर्छ। जबसम्म एउटा भूगोलका बासिन्दाले अर्का ठाउँको बासिन्दाको बारेमा सही परिचय पाउँदैनन्, सकारात्मक धारणा राख्दैनन्, तबसम्म राष्ट्र जोड्ने सूत्रहरू निष्प्रभावी भइरहन्छन्। पछिल्ला केही समयदेखि यो पङ्क्तिकार हिमाली र पहाडी क्षेत्रको यात्रा गर्दा त्यहाँ सुनेका जिज्ञासाहरूबाट यही निष्कर्षमा पुगियो कि नेपालमा यतिखेर एक अर्का क्षेत्रका बासिन्दाहरूको स्वरलाई समवेत गर्न जरुरी छ। सबैले आआफ्नै तरिकाले आफ्ना कुरा राख्दै छन्, सबैलाई लाग्छ, हामी नै बढी ऐतिहासिक चेपुवामा पर्यौं, त्यसैले एकले आफ्नो गन्तव्यमा अर्कालाई प्रतिस्पर्धी ठानिराखेका छन्। जबकि कसैले कसैको हिस्सा लिने होइनन्, कसैले कसैसँग अंश मागेका पनि होइनन्, यो त सबै नेपाली सम्प्रभु भएको अनुभूति दिलाउने मार्गचित्रको चाहना हो।
मधेस विद्रोहपछि बितेका वर्षमा हामीले जे जस्ता अभ्यास गर्दै आयौं, त्यसले ठोस बाटो समात्न नसक्नाका पछाडि सानातिना धेरै कारणहरू हुन सक्छन् । तर मुख्य कुरा आफ्नो भूमिकाको निरूपण र सीमाङकन गर्न नसक्नु नै हो। स्वायत्तताको आकाङ्क्षा राखी आहुति दिन तम्तयार मधेसी समुदायले त्यसको अर्थबोधलाई सामुदायिक दैनिकीमा रूपान्तरण गर्न सक्यो भने त्यसले स्वशासनको जगलाई नहल्लिने गरी मजबुत बनाउथ्यो। कमजोरी, रिक्तता, विसङकतिप्रति गौरवबोध गर्ने, अरूसँग दाँज्दै त्यसको औचित्य पुष्टि गर्ने, असल मनसायका साथ आएका आलोचनालाई पनि सामुदायिक रङक दिने मनोविज्ञानको बढ्दो फैलावटप्रति हस्तक्षेप गर्न जोसुकै लोकतन्त्रनिष्ठ अगाडि आउन सक्छन्, आउनैपर्छ। अनिमात्र अनन्त सम्भावनाहरूको स्रोत मधेसी समुदाय नेपाली राष्ट्रिय हितमा योगदान दिन सक्छ ।