$type=ticker$count=12$cols=4$cate=0

रक्षाबन्धन पवित्र बन्धन

SHARE:

    रक्षाबन्धन एक सम्पूर्ण पवित्रताको व्रत धारण गर्ने एवं पवित्र स्नेहको बन्धनको महान् पर्व हो। जसले
मनुष्य आत्माहरूलाई हृदयको कलुषित वासनाहरू काम, क्रोध एवं देह अभिमानका सम्पूर्ण विकारहरूबाट मुक्ति दिलाएर आन्तरिक पवित्र वृत्ति बनाइ आत्मालाई योगी र योग्य एवं यथार्थ सुख शान्तिको अनुभूति गराउँछ। अन्तत: (राखी) रक्षाबन्धन यस्तो पवित्र बन्धन हो, जसले सङकल्पमा समेत शुद्धता, स्वच्छता र पवित्रता धारण गर्न साहस दिलाउँछ।
    हुनत रक्षाबन्धनको दिनमा ब्राह्मणले पनि आफ्ना यजमानलाई, दिदी बहिनीहरूले आफ्ना भाइलाई राखी
(स्नेहको निमित्त) रक्षाको निमित्त स्नेह बन्धन बाँध्ने प्रचलन चल्दै आएको छ। वास्तवमा कलियुगको अन्त्यमा अर्थात् धर्मग्लानिको बेला सृष्टिका मनुष्यहरू
(आत्माहरू) काम, क्रोध, लोभ, मोह, अहङकार आदि विकारहरूको वशीभूतमा डुबेर नकारात्मक ऊर्जा, हत्या–हिंसाको वृद्धि, अन्याय, अत्याचार, उपद्रो, ज्वालाको प्रकोप, प्राकृतिक आपदा, सङकट, भय, त्रास, पारिवारिक, सामाजिक, राजनैतिक, देश, विदेशका समस्याहरूले घेरिएको अति दु:ख एवं अशान्तिले पिरोलिरहेको बेला नवसृष्टिका स्रष्टा (रचयिता) सर्व आत्माका पिता परमात्मा निराकार शिवले वर्तमान समयमा यस धरालाई पुन: सुखशान्ति, पवित्र आनन्द समृद्धि देवीदेवताको श्रेष्ठतम् संसारको स्थापना गर्ने कर्तव्य गुप्त रीतिले गरिरहनुभएको छ।
यसको लागि मनुष्य आत्माहरूलाई
भाइ–भाइको पवित्र दृष्टिको मन्त्र एवं पवित्र स्नेहको बन्धनमा बाँध्नुहुन्छ।
यस पवित्र मूल मन्त्रले मानवलाई
काम, क्रोध, लोभ, मोह, अहङकार आदि जस्ता सबै विकारहरूबाट (मुक्त हुने) रक्षा गर्दछ, फलस्वरूप विकारी र दु:खी आत्माहरूले सुखशान्ति अनुभूति गर्न सक्छन्। यसै कर्तव्यको यादगार परम पवित्र रक्षाबन्धन (राखी) प्रत्येक वर्ष धेरै खुशीले मनाइन्छ ।
    यो सृष्टि ब्रह्माको रचना हो। यस हिसाबले पनि सम्पूर्ण आत्मा ब्रह्माको सन्तान आपसमा भाइबहिनी हुन जान्छन् । तसर्थ आत्मा–आत्माबीचको सम्बन्ध पूर्ण पवित्र र मधुर हुनुपर्दछ। तर धर्मग्लानिको बेला अर्थात् कलियुगको अन्त्यमा आत्माको यथार्थ परिचय (पहिचान) भुल्नुको कारण मानव आत्मामा काम, क्रोध, लोभ, मोह, अहङकार र देहाभिमानको वशीभूत भई आफूमा भएको आत्माको वास्तविक सत्य गुणहरू, शक्तिहरू नष्ट हुन पुग्दछन् र आत्मा अति दु:ख र अशान्तिको भुमरीमा फस्छ । भोग एवं वासनालाई नै मानवजीवनको आवश्यकता सम्झेर तृप्ति गर्नु नै जीवनको सर्वोच्च लक्ष्य मान्न थाल्दछ। यसरी अनियन्त्रित विलासिता र वासनाको बाढीमा डुबेर मानव आत्मिक तथा भौतिक शक्तिहरूमा खोक्रो बन्न पुग्दछ । कालचक्र अनुसार यस्तो समयमा निराकार परमपिता परमात्मा ज्योतिर्बिन्दु शिव भगवान्ले ब्रह्माद्वारा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय
सन् १९३७ मा स्थापना गराइ जनजनलाई पवित्रताको ईश्वरीय सन्देश दिंदै
हुनुहुन्छ । वास्तवमा पवित्रताको बन्धन नै सच्चा रक्षाबन्धन हो। किनकि पवित्र ब्रह्मचर्यको बलले देवताहरूले मृत्युमाथि विजय प्राप्त गरेका थिए। तसर्थ यो उक्ति मननीय छ– पवित्रता नै सुखशान्तिको जननी हुन् ।
    यस विषयमा एउटा पौराणिक कथा के छ भने यमले आफ्नी बहिनी यमुनाबाट रक्षाबन्धन बाँधेर भनेका थिए– यो पावन राखी बाँध्ने मानिसले असुरसँग हारेका देवराज इन्द्रले गुमाएको स्वर्गको राज्य  पुन: प्राप्त गरेका थिए। तर विडम्बनाको कुरा के छ भने प्रत्येक वर्ष अति उमङक एवं उत्साहपूर्वक राखी बाँधेर पनि न कोही यमदूतको भयबाट मुक्त हुन पाएका छन्, न त दैवी स्वराज्य नै प्राप्त गरेका छन्। उल्टै चारैतिर दु:ख, भय, त्रास, दरिद्रता, अकाल मृत्यु एवं हाहाकारको ताण्डव नृत्य भइरहेको छ।
अहिले हाम्रोसामु लडाइँ, झगडा
आदि खडा छन्। यस्तो हुनुका कारण मानिसहरू आफ्नो सत्य स्वरूपलाई
भुलेर प्रकृति शरीरको वशीभूत
भएर विकारहरूको बन्धनमा भयौं। यथार्थ बन्धनको रहस्यलाई भुलेर परम्परालाई मात्र अपनाइरहेका छौं। इतिहास साक्षी छ, रक्षाबन्धन अर्थात् बहिनीहरूसँग पवित्रताको बन्धन राखी बाँधेर चुनौतीलाई स्वीकार गरी प्राणको बाजी लगाइ शत्रुमाथि विजय प्राप्त गरी इन्द्रले आफ्नो राज्य पुन: प्राप्त गरेका थिए।
    यसर्थ रक्षाबन्धनको पुनीत उपलक्ष्यमा ब्रह्माकुमारी बहिनीहरू यहाँहरूलाई हार्दिक अनुरोध गर्दैछन्
कि पवित्रताको बन्धन राखी बाँधी
आफ्नो जीवनलाई आध्यात्मिक अर्थात् पवित्र बनाइ पावन सतोप्रधान विश्व
(स्वर्ग)को स्थापना गर्न परमात्मा
पिताको सहयोगी बनौं र मुक्ति जीवनमुक्तिको २१ जन्मसिद्ध अधिकार प्राप्त गरौं। विश्वास छ कि यहाँहरू पनि राजयोगको प्रयोग गरी अर्थात् आत्मा, परमात्मासँग यथार्थ सम्बन्ध जोडेर विकारहरूमाथि विजय प्राप्त गरी आफ्नो जीवन पवित्र धन्यधान्य बनाउनुहुन्छ होला।
    वास्तवमा आत्माको विशेष शृङकार र आधार नै पवित्रता हो र यही नै परमात्मा शक्तिप्राप्तिको विशेष आधार हो। अत: रक्षाबन्धनको यथार्थता पनि मन्सा, बाचा, कर्मणा पवित्र रहने प्रतिज्ञाको एक महान् पर्व भएकोले यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेपश्चात् दान दक्षिणा
लिने प्रचलन छ। तर हामी दैवी
बहिनीहरू यहाँहरूको जीवनलाई दु:ख, अशान्ति दिने काम, क्रोध आदि विकार, धुम्रपान, मद्यपान, लागूपदार्थ र कुलतजस्ता मनोविकारहरू परित्याग गर्नुहुनेछ भनी पूर्ण आशा र विश्वास राखेका छौं।
    अन्त्यमा, सम्पूर्ण नगरवासी आत्मिक दाजुभाइहरूमा रक्षाबन्धन–२०७२ (२०१५) राखीको शुभ अवसरमा कोटिकोटि मङकलमय शुभकामना राख्दछौं र रक्षाबन्धनको मूल मर्म नयनमा पवित्रताको झलक र मुखमा पवित्रताको मुस्कुराहट मूलमन्त्रको धारण गरी आफ्नो जीवनको शृङकार निरन्तर रहोस् भन्ने पूर्ण आशा र विश्वास राखेका छौं ।
–दैवी बहिनी ब्रह्माकुमारी रविणा
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंज, पर्सा
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रक्षाबन्धन पवित्र बन्धन
रक्षाबन्धन पवित्र बन्धन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgHVLdQHc-4P3xjsOI1KhS2pdsE4DOPi5oe3NFPd_KfGLn2OVQsxIuydlXLJoEGT0dcWqjKMrV76PkoBiUXBIFsJd1M2_w8ECnGSbe9XG5Q1s0zr9ljfWtofQk5UQzri1Xjr-RI9X2u2dc/s320/rakhi-795601.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgHVLdQHc-4P3xjsOI1KhS2pdsE4DOPi5oe3NFPd_KfGLn2OVQsxIuydlXLJoEGT0dcWqjKMrV76PkoBiUXBIFsJd1M2_w8ECnGSbe9XG5Q1s0zr9ljfWtofQk5UQzri1Xjr-RI9X2u2dc/s72-c/rakhi-795601.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/08/blog-post_858.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/08/blog-post_858.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy