प्रस, परवानीपुर, ११ भदौ/
तराईको महान् पर्व रक्षाबन्धनमा गाडी नचल्दा यसपालिको रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीहरूको लागि बेमजा भएको छ। पर्सा, बेल्वाकी श्रीदेवी कानु रक्षाबन्धनमा आफ्नो भाइलाई राखी बाँध्न माइतीघर बाराको कलैया जाने तयारीमा थिइन्। तर उनी कलैया जान नसक्ने भएकी छिन्। उनले आफ्नो ९ वर्षीय भाइ राजुलाई राखी बाँध्ने वचन दिएकी थिइन्। तराईमा जारी मधेस आन्दोलनको कारण आफ्नो वचन पूरा नहुने श्रीदेवी बताउँछिन्।
यो एउटा दिदीको पीडाको उदाहरण हो। तर यस्तै दु:ख र पीडा अन्य दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सहनुपरेको छ। बन्दले परिवारजनसँग मिलेर चाडपर्व मनाउने कार्यमा खलल पुर्याएको अधिकांश सर्वसाधारणले बताएका छन्। पर्वको अवसरमा बन्द खोल्नुपर्ने थियो, परवानीपुरका राम क्षेत्री कुशवाहाले बताए।
अन्य दिनमा मधेस आन्दोलनलाई सघाएकै छौं, पर्वको बेला नेताहरूले जनताको भावना त बुझिदिनुपर्छ, उनले गुनासो गरे। कतिपय चाहेर पनि आफ्ना दाजुभाइ वा दिदीबहिनीको घरमा जान सकिरहेका छैनन्। केही मोटरसाइकल, साइकल वा पैदल जान पनि सक्छन्। तर बसले जानुपर्ने स्थानमा बन्दले अवरोध पुर्याएको छ। यसपालि रक्षाबन्धनको चहलपहल देखिएको छैन ।
यता, बन्दकर्ताहरूले पूरै मधेसमा आन्दोलन चरमोत्कर्षमा रहेकोले बन्द फिर्ता नलिइएको बताउँछन्।