१. प्रात: उठेर धरती मातालाई प्रणाम गरौं, आमाबुबालाई प्रणाम गरौं। आमाबुबालाई कष्ट दियौं भने दु:खी
रहनेछौं। सुख दियौं भने हमेशा अगाडि बढिरहनेछौं।
२. आमाको सेवा गरौं, प्रसन्न राखौं, तीर्थयात्रा, देवपूजन– सबै पूरा हुन्छ। बाहिरबाट आउँदा आमाले अनुहारमा हेर्छिन् सन्तान भोको छ कि, तर परिवारले मेरो लागि के ल्याएको छ भनेर हेर्छ।
३. जीवनमा सत्यभन्दा ठूलो कुनै धर्म छैन। सदैव सत्य बोल्नुपर्छ। सत्य–भाषणबाट अपार शक्ति प्राप्त हुन्छ।
४. आफ्नो शक्ति अनुसार गरीब, असहाय र खाँचो परेको व्यक्तिको मदत गर्नुपर्छ, तत्क्षण आनन्दको अनुभूति हुनेछ।
५. जीवनमा कुनै यस्तो कुनै काम नगरौं जसले दिउँसोको चैन र रातिको निद्रा हराओस् ।
६. कसैलाई माया गर्छौं भने माया पाउँछौं, गाली गर्छौं भने गाली पाउँछौं, अनि किन प्रेमको संसार नबसाउने ? आनन्द नै आनन्दको अनुभूति हुनेछ।
७. बेइमानी कसैसँग पनि नगरौं। यसबाट अर्जित धनले तिम्रो आफ्नै इमानदारीको कमाइको सम्पत्ति पनि बरबाद हुन्छ र सन्तानले पनि बेइमानी नै सिक्छन् ।
८. अरूको राम्रो मात्र हेर, आफ्नो भने सधैं कमजोरी हेर र त्यसलाई हटाउने कोशिश गर। भविष्य निश्चय नै आनन्दमय हुनेछ ।
९. चरित्र ठूलो पूँजी हो। धन गयो भने फेरि पाउन सकिन्छ, तर चरित्र गयो भने भन्ठान सबैथोक गयो। जसरी शीशा फुटेपछि टुकडा–टुकडा हुन्छ, त्यसैगरी चरित्र खस्यो भने केही पनि बाँकी रहँदैन । अत: चरित्रवान् बन।
१०. यथाशक्ति सबैको भलो गर्ने सोच र गर। कोही विरोधी छ भने उसको विरोधको जवाफ भलाइ गरेर देऊ, आनन्द प्राप्त हुन्छ।
११. परोपकार धनले मात्र गरिंदैन। यसका अनेक रूप छन्। तिर्खाएकोलाई पानी, भोकोलाई भोजन, असमर्थ व्यक्तिलाई उसको निवाससम्म पुर्याएर हेर, अपार आनन्द प्राप्त हुनेछ।
१२. परिश्रम गरेर भोजन गर्नेलाई गरीब भनिन्छ। गरीबका साथ प्रभुको असीम कृपा रहन्छ। ती सादा भोजन गर्छन्, खुब परिश्रम गर्छन्। स्वस्थ रहन्छन् र चैनको निद्रा सुत्छन्। अमीरहरू साधन सम्पन्न हुन्छन्, तर मधुमेह, रक्तचाप, हृदयरोग आदिबाट अनेक कष्ट पाउँछन्स किनकि उनीहरू शारीरिक श्रम गर्दैनन्, त्यसैले सधैं दु:खी रहन्छन्।
१३. यस संसारमा जन्म लिएपछि परिवारमा कति प्रसन्नता हुन्छ,
नाचगान हुन्छ, खुशी मनाइन्छ, तर सम्पूर्ण जिन्दगी हाय–हाय गरेर बिताइ एक दिन जानुपर्छ। तसर्थ जीवनलाई यस प्रकार बिताउनुपर्छ कि मरेपछि मानिसले यो नभनून् कि राम्रै भयो गयो, सार्है नराम्रो मानिस थियो।
१४. मानिस एक्लै आउँछ, जान्छ पनि एक्लै, साथ जान्छ मानिसले गरेको राम्रो नराम्रो कर्म। बाँकी सबै यहीं छुट्छ ।
१५. गल्ती मानिसबाट हुन्छ, गल्ती हुनु स्वाभाविक होस तर कुनै प्रकारको गल्ती भएपछि गल्ती स्वीकार गर्नु महानता हो । यस्तो प्रयास गरौं कि फेरि गल्ती नहोस् । जीवन अवश्य नै मङगलमय हुनेछ ।
१६. मानव शरीर विकार नै विकारको घर हो। प्रभुले अनेक प्रकारले यी विकारहरू फाल्छन्। कानबाट कानेगुजी, आँखाबाट किच्रा, मुखबाट खकार, छालाबाट पसिना आदि। जनेन्द्रियबाट मलमूत्र बनेर विकास बाहिर निस्कन्छ र हामी स्वस्थ रहन्छौं। तर हामी छौं कि मन–बुद्धिको विकारलाई बाहिर निकाल्न सक्दैनौं।
१७. मानव जीवनमा समय बडो अनमोल छ, समयको दुरुपयोग नगरौं। जसले समय बरबाद गर्छ, समयले पछि उसैलाई बरबाद गरिदिन्छ।
१८. आज विज्ञानले निकै विकास गरिरहेको छ, राम्रो कुरा हो, तर यसको परिणाम के भइरहेको छ भने हामी आफ्नो संस्कृति बिर्संदै गइरहेका छौं। यही कारण हो कि सबैथोक हुँदाहुँदै पनि प्राय: प्रत्येक परिवारमा अशान्ति छ। यस विषयमा गम्भीर भएर विचार गर्नु आवश्यक छ।
१९. धनभन्दा बढी परिवारले केटाकेटीहरूमाथि ध्यान दिनु जरुरी छ । यदि संस्कार राम्रो छैन भने केटाकेटीले सम्पूर्ण सम्पत्ति बरबाद गरिदिन्छन्। जुन परिवारमा राम्रो संस्कार छ, त्यहाँ कुनै कुराको अभाव हुँदैन। परिवार हमेशा सुखी रहन्छ।
२०. केटाकेटीहरू जबसम्म लायक बन्दैनन्, आमाबुबासँग जोडिएका हुन्छन् । जब कुनै लायक हुन्छन्, बिहे हुन्छ अनि आमाबुबासँग कुरा गर्ने समयसम्म हुन्न। अलिकति विचार गरौं, आजको जवान भोलि बूढो पनि हुन्छ। अनि त्यही पाइन्छ, जे गरिरहेका छौ। आमाबुबाको सम्मान गर्यौं भने, तिम्रा सन्तानले पनि तिम्रो सम्मान गर्नेछन्।
२१. वृद्धावस्थामा आफूमा परिवर्तन ल्याउनु आवश्यक छ। वृद्धावस्थामा बुद्धि, शरीर सबै निर्बल हुन्छ। मुख बन्द राख्नुमैं सम्मान छ। धन–सम्पत्ति कसैको पनि होइन। सबै ठाउँमा अधिकार देखाउनु भूल हो। सबै थोक त छाड्नु नै छ, अनि किन पहिलेदेखि नै नछोडिदिने ? यसैमा आनन्द प्राप्त हुन्छ।
२२. जीवनमा प्रत्येक व्यक्तिले सुख–दु:ख भोग्नुपर्छ। कष्ट परेमा त्यसलाई सहर्ष स्वीकार गरौं र आफूलाई त्यसको जिम्मेवार ठानौं। यदि राम्रो दिन
आयो भने त्यसलाई प्रभुको कृपा मानौं। आफ्नो सम्पत्ति, परिवार, बलको घमण्ड नगरौं । हामी के भूल गर्दछौं भने सुखलाई आफ्नो पुरुषार्थ र दु:ख ईश्वरप्रदत्त मान्दछौं।
२३. तिम्रा सबै प्रतिष्ठा एवं विद्वतारूपी सम्पत्तिको ख्याति तिमी चुप रहँदा पनि मानिसले थाहा पाउँछन्। मूर्खले मात्र सबै किसिमका योग्यताको प्रचार गर्दछन् । नतिजा के हुन्छ भने ती कहिले पनि सम्मानको पात्र बन्दैनन्, उल्टो सबैको हाँसोको पात्र बन्न पुग्दछन्।
२४. व्यक्तिका लागि उसको जिब्रो नै सुखदायी र दु:खदायी बन्दछ। प्रिय वाणी बोल्दा मानिसले प्रेम पाउँछ, सम्मान पाउँछ। जिब्रोको स्वादले स्वास्थ्यका लागि हानिकारक भोजन मन पर्छ। स्वास्थ्यका लागि सादा भोजन आवश्यक हुन्छ। त्यसैले जिब्रोलाई नियन्त्रणमा राख्नुपर्छ। जसले जिब्रोलाई नियन्त्रणमा राख्न सक्यो ऊ हमेशा सम्मानित र स्वस्थ रहन्छ। रसना, वाणी र उपस्थको संयम महान् साधना हो। यिनमा संयम स्थापित गरेर हेरौं, जीवन आनन्दमय हुनेछ।