कुमार रुपाखेती
भैचालोको पराकम्पनभन्दा राजनैतिक पराकम्पन डरलाग्दो र खतरनाक हुन्छ भन्ने सन्देश अहिले आम नेपालीले महसुस गर्दै गइरहेका छन्।
मुलुकले नयाँ संविधान पाउने यस महत्त्वपूर्ण घडीमा संविधानलाई ओझेलमा पार्ने खालका राजनैतिक पराकम्पन लगातार, दिनहुँ मुलुकभरि नै जान थालेका छन्। तराईका केही जिल्लाहरू यस पराकम्पनहरूले पूर्णरूपमा खलबलिएको छ। कुन बेला, कहाँ, कति रेक्टरको राजनैतिक पराकम्पन हुने हो, कुनै दल र नेताले भविष्यवाणी गर्न सक्ने अवस्था छैन। स्वस्फूर्त नभै नियोजित रूपमा हुने यस्ता राजनैतिक पराकम्पनहरूले हत्या, हिंसा, साम्प्रदायिक सद्भाव बिगार्ने खालको मात्र नभै मुलुकको कानुन र सम्प्रभुतालाई नै चुनौती दिइरहेको आभास हुन थालेको छ।
राजनैतिक मतभेदको नाममा संविधानसभा त्यागेर मधेसका सबैजसो दलका नेताहरू मधेस झरिसकेका छन्। सरकारसँगको असहमति र सरकारको ज्यादतीविरुद्ध मधेस तताउन उनीहरू यहाँ आएको जोकोहीलाई पनि थाहै छ। तर ताप्केको सट्टा बिंड तातिनाले तराईमा गोलमाल र भद्रगोलको अवस्था सिर्जना भएको छ। राजधानीमा रमाइरहेका मधेसी नेताहरू तराई झरेपछि केही हदसम्म मधेस तात्नु स्वाभाविक हो।
दोस्रो संविधानसभामा मधेसवादी दलहरूले ‘मेहनत अनुसारको फल’ (मत) नपाए पनि आन्दोलनका लागि मधेस उनीहरूका लागि उर्बरा भूमि हो। सत्तामा रहँदा काठमाडौं र सत्ताविहीन हुँदा तराई उनीहरूको पहिलो रोजाइ हो।
तर अहिले कुरा शायद सत्ता र पद प्राप्तिका लागि नभै समावेशिता, मधेसी हक, अधिकार तथा सीमाङकन, रेखाङकन र विभाजनका खातिर छ। तर ‘ज्यादा जोगी मठ उजाड’ भनेभैंm वातावरण यही वीरगंजको घण्टाघरमा सहजै देख्न सकिन्छ। जहाँ आन्दोलनलाई आफ्नो मुकाममा पुर्याउनुभन्दा, विभिन्न दलका कार्यकर्ताबीच अविश्वास र को ठूलो भन्ने हानथापको वातावरण देखिन्छ। स्मरणीय छ, वीरगंजको घण्टाघर अचेल राजनैतिक चहलपहलका खातिर पोपुलर भइसकेको छ। नेपाल सद्भावना पार्टीका पुरानिया संस्थापकमध्ये एक स्व. रामजनम तिवारीको आदमकद मूर्ति मौन भई यिनको चर्तिकला र भनाभन सुनिरहन्छ, घण्टाघरमा।
सबै दलका मधेसी नेताहरू तराई झरेपछि मधेस नजाग्ने प्रश्नै छैन। करिब दुई सातादेखि जागेको मधेस धुवाँको मुस्लो कतै बन्द, कतै कफ्र्यू त कतै अन्योलको भुँवरीमा फसेको देखिन्छ। नेताहरूको दौडाहा चालू छ तर निकासको मुहान देखिंदैन। मधेसलाई जगाएर मात्र सरकारको कान ठाडो हुन्छ भन्ने भ्रम पालेका मधेसी नेताहरूको विश्वासमा घात गर्दै चार दल संविधान मस्यौदा केलाउँदै, मधेसको कुरा सुन्या नसुन्यै गरी संविधान निर्माणमा सक्रिय देखिन्छन्। जसले गर्दा मधेस र थरूवान क्षेत्रमा राजनैतिक पराकम्पनको जोडदार धक्का महसुस गरिंदैछ। कैलालीको आङगै सिरिङग हुने खालको घटना सबैलाई ताजै छ। जसको चौतर्फी निन्दा भइरहेकै छ।
आमजनता समेतले महसुस गरिरहेको यस्ता राजनैतिक झटका दलहरूले खासगरी सत्तापक्ष र विपक्षले महसुस नगर्नु मुलुककै लागि अनुत्पादक हुने कुरामा दुईमत छैन। सरकारवादी दलहरू र विपक्षीहरू एउटै थातथलोमा नआएसम्म आम जनताले यस्तो अनपेक्षित पराकम्पन र झटका महसुस गर्न बाध्य हुनेछन्, मुलुक नै कित्ताकित्तामा विभाजित हुने अवस्था आउने छ र सरकारमा सामेल भएकाहरूको यसमा अहं जिम्मेवारी लिनु पर्नेछ। सत्ता काङ्ग्रेस, एमालेको बपौती या जमिनदारी होइन। यो दाइजो पेवा पनि होइन। अहिले विपक्षमा रहेका राजनैतिक दलहरूसमेत सरकारी ओहदामा रहेर सरकारी खजानाबाट दानापानी खाइसकेका छन्। मुलुक हाँकिसकेका छन्। कुनै पनि दल र नेता सधैं विपक्षमा रहूँ भन्ने चाहँदैन। दीर्घकालीन राजनीति गर्ने र गर्न चाहनेले ‘गिभ एन्ड टेक’को रणनीति अख्तियार गर्नैपर्छ, चाहे त्यो सरकारमा होस् अथवा विपक्षमा। ‘मेरो गोरुको बार्है टक्का’ राजनीतिक परिभाषाभित्र अट्दैन। राजनीतिमा ‘कर भला तो हो भला’ स्वीकार्य हुन्छ। त्यसैले मुठभेडको राजनीतिले न उचाइ पाउँछ, न स्थान। तसर्थ सत्ता पक्ष र विपक्षले संविधानसभाको मर्म र महत्त्वलाई बुझेर प्रजातान्त्रिक ढङगले कसैको भावनालाई ठेस नलाग्ने गरी बातचित अगाडि बढाउनु जरुरी छ।
भैंचालोको पटक–पटकको पराकम्पनले तर्सेको नेपाली जनतालाई अब राजनैतिक पराकम्पनले नतर्साऔं।
यो त पक्कै हो कि मधेसवादी दलका नेताहरूले रहरले नभै बाध्यताले काठमाडौं त्यागेका हुन्। राजधानी बसे तराईले नपत्याउने, तराई नतात्ने र राजधानीमा आन्दोलन ‘फलामको च्यूरा’ साबित हुने पनि धु्रवसत्य नै हो। तर आन्दोलनलाई आफ्नो कमान्डमा राख्न सक्ने खुबीसमेत आन्दोलनका अगुवाहरूमा बखुबी हुनुपर्दछ । बेकाबु आन्दोलन सबैको अहितमा हुन्छ भन्ने कुरा कैलाली घटनाले साबित गरिसकेको छ। आन्दोलनको उपलब्धि हालसम्म हात लागे शून्य भए पनि यसमा आन्दोलनकारी र सुरक्षाकर्मी दुवैतर्फबाट थुप्रै ज्यान गइसकेको छ। नयाँ संविधानले रगत होइन विचार मागिरहेको छ। विचार दिन कसैले कन्जुस्याइँ गर्नुहुँदैन।
तसर्थ यस्ता अनपेक्षित राजनैतिक पराकम्पनबाट मुलुक र जनतालाई मुक्ति दिन सरकार र विपक्षीले एकपटक पुन: एकै थलोमा बसेर मगज खियाउनै पर्छ। नत्र ‘जैसन करनी वैसन भरनी’ कसैले नरोक्न सक्छ, न थेग्न सक्छ।
हाम्रो कुम्हालटोलमा एकजना दिदी हुनुहुन्छ। जसलाई हामी सन्तोषी दिदी भन्छौं। उहाँले अस्ति मलाई माइतीघर सिनेमाको एउटा गीतको पैरोडी सुनाउनुभयो।
सन्तोषी दिदीको गीतको सानो अंश जुन मलाई याद छ, सङ्क्षेपमा यस प्रकार छ, नेताजीहरूले मनन गरौं–
म हिमाल बेचिदिन्छु
म पहाड बेचिदिन्छु
म मधेस बेचिदिन्छु
को किन्छ मेरो प्रान्त
को किन्छ मेरो देश
म नेपाल बेचिदिन्छु।