प्रस, वीरगंज, १२ भदौ/
हिन्दू धर्मावलम्बीहरूले शनिवार जनैपूर्णिमा तथा ऋषितर्पणी पर्वका साथै रक्षाबन्धन अर्थात् राखी पर्व धूमधामका साथ मनाए।
आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि हिन्दूहरूले आज बिहान स्नान गरी नयाँ जनै लगाउनुका साथै ब्राह्मण पुरोहितको हातबाट रक्षाबन्धन धारण गरेका छन। तराई–मधेसमा भने आजको दिन दिदीबहिनीहरूको हातबाट दाजुभाइहरूले राखी बाँधेका छन् । दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने हिन्दू धार्मिक परम्परा छ।
लामो समयदेखि तराई क्षेत्र बन्दको चपेटामा परेको र शुक्रवार–शनिवार दुई दिन मात्र बन्द अघोषितरूपमा केही खुकुलो गरिएकाले टाढा रहेका धेरैजना दाजुभाइ–दिदीबहिनीहरूको भेट हुन पाएन ।
मधेस आन्दोलनको १५ औं दिन शनिवार वीरगंजमा आन्दोलन गरिरहेका दुवै मोर्चाले रक्षाबन्धन पर्व प्रभावित नहोस् भनेर घोषितरूपमा आन्दोलन फिर्ता नलिए पनि अघोषितरूपमा आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका थिए। शनिवार विरोध प्रदर्शन तथा कोणसभाहरू भएनन्। आइतवारदेखि आन्दोलनका कार्यक्रमहरूले निरन्तरता पाउने मोर्चाका नेताहरूले बताएका छन् ।
प्रस, गंजभवानीपुर, १२ भदौ/
रक्षाबन्धन गंजभवानीपुुर एवं महागढीमाई नगरपालिका क्षेत्रमा धूमधामका साथ मनाइयो। हिन्दू परम्परा अनुसार रक्षाबन्धन यस क्षेत्रका सबै जातजाति र वर्गले मनाए।
जनै लगाउनुपर्ने तागाधारीहरूले आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने परम्परा छ। पुरोहित ब्राह्मणद्वारा रक्षाबन्धनको धागो बाँध्दा दैत्यराज बलिको दान शीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ।
रक्षाबन्धन धागो पुरुषहरूको दायाँ र महिलाहरूको बायाँ नाडीमा बाँध्ने गरिन्छ। जनैपूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा रहेको आचार्य रामनाथ मिश्र बताउँछन्। नयाँ जनै लगाउने तागाधारीहरूले सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरून्धतीसहित वशिष्ठलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषितर्पणी पर्व पनि भन्ने गरिन्छ।
यस पर्वको दिन दिदीबहिनीले दाजुभाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँध्ने गर्छन्।
नेवार समुदायले रक्षाबन्धन पर्वलाई गुन्हुपुन्ही पर्वको रूपमा मनाउँछन्। यस पर्वमा मास, भटमास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस, बोडी गरी नौ प्रकारका गेडागुडी मिसाइएको क्वाँटी खाने चलन रहेको कलैयाका पत्रकार सत्यप्रसाद श्रेष्ठ बताउँछन्।
क्वाँटी खाँदा पुरानो रोगव्याधि हट्ने र नयाँ रोग नलाग्ने जनविश्वास रहेको श्रेष्ठले बताए।
त्यस्तै, रक्षाबन्धनको अवसरमा शनिवार ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा विभिन्न स्थानहरूमा राखी बाँध्ने कार्यक्रम सम्पन्न भयो।
छपकैयास्थित विश्वदर्शन भवनमा सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका ब्रह्माकुमारी रविणा दिदीले नगरका समाजसेवी, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, पत्रकार, चिकित्सकलगायतलाई राखी बाँधिन्।
सो अवसरमा उनले मनुष्य आत्माहरूको जीवन सुखमय बनाउनु रक्षाबन्धन पर्वको उद्देश्य रहेको बताइन् ।
सेवा केन्द्रले शनिवार नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक, नर्स, बिरामी तथा कुरुवाहरूलाई पनि राखी बाँधेर फलफूल तथा प्रसाद वितरण गरेको थियो। प्रस, जीतपुर/
रक्षाबन्धनको शुभ अवसरमा ब्रह्माकुमारी राजयोज उपसेवा केन्द्र जीतपुरकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रेणु दिदीको सभापतित्वमा रक्षाबन्धन समारोह सम्पन्न भयो।
सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरूलाई रक्षाबन्धनको पवित्र डोरी बाँधिएको ब्रह्माकुमार सञ्जय श्रेष्ठले बताए।
देश र जनताको सुरक्षामा खटिंदा आफ्नो दिदीबहिनीको हातबाट रक्षाबन्धन गर्न नपाएका दाजुभाइहरूले ब्रह्माकुमारी बहिनीहरूको हातबाट पवित्र रक्षाबन्धन पाउँदा सेवाप्रतिको उत्साह र समर्पण अझ बढ्नुका साथै आत्मीयता बढेको कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले बताए ।