$type=ticker$count=12$cols=4$cate=0

चुरे संरक्षणका असहज आयाम

SHARE:

ओमप्रकाश खनाल
    तीन गुणा बढी मूल्य तिरेर पनि उपभोक्ताले अहिले बालुवा, ढुङ्गा, गिट्टीको सहज आपूर्ति पाएका छैनन् । विगतमा सबैभन्दा बढी ढुङ्गा, गिट्टी निकासी गरेका सीमावर्ती र आसपासका क्षेत्रमैं यतिखेर यस्ता निर्माण सामग्रीको अभाव तुलनात्मक बढी देखिएको छ । सरकारले चुरे संरक्षणका लागि लिएको निर्णयले विकास र निर्माणका काम प्रभावित छन् । सरकारले यस्ता वस्तुको भारत निकासी बन्द गरेसँगै साउन र भदौमा बाढी र पहिरोको सम्भावना बढी हुने कारण देखाएर खोलाहरूबाट उत्खनन् गर्न नपाउने निर्णय गरेपछि बर्सेनि यो समयमा अभाव हुने गरेको छ । भारत निकासी खुला रहेको बेला वीरगंज नाकाबाट सबैभन्दा बढी निकासी भएको थियो, अहिले यसै क्षेत्रमा निर्माण सामग्रीको अभाव तीव्र देखिएको छ ।
    आधारभूत सामग्रीको अपर्याप्तता सरोकारका अन्य सामग्री उत्पादन गर्ने उद्योगमा पनि पर्नु अस्वाभाविक होइन । विकास निर्माणसँग सीधा सरोकार राख्ने विषय भएकोले असरको चक्रीय प्रभाव हुन्छ नै । यसलाई परिमाणमा कमवेश भएपनि समग्र समस्याको नमुना मान्न सकिन्छ । सरकारले २०७१ साउनदेखि चुरे क्षेत्र उत्खनन् र निकासीमा रोक लगाएयता गिट्टी, बालुवा र ढुङ्गाको अभाव छ । प्रकृतिको अनियन्त्रित दोहनलाई निरुत्साहित गर्नु आवश्यक थियो, यसमा केही व्यवसायीको स्वार्थलाई पन्छाएर हेर्ने हो भने कसैको द्विविधा रहन्न । तर सरकारले नियन्त्रणसँगै आन्तरिक आपूर्तिलाई व्यवस्थित तुल्याउन नसक्दा जुन खालको अस्वाभाविक असहजता देखिएको छ, त्यसको समाधानमा भने सरकार चुकेको छ । उद्योगीका अगाडि विभिन्न बहानामा लाचार बन्दै आएको सरकार अहिले नदीजन्य निर्माण सामग्रीको अभावमा एक प्रकारले रमिते बनेर बसेको छ । अझ केही निकायले यसलाई कमाउ धन्धाको अवसर पनि बनाएका छन् ।
    नेपालको कुल क्षेत्रफलको १३ प्रतिशत भूभाग समेटेर पनि आधाभन्दा बढी जनजीविकासित प्रत्यक्षरूपमा जोडिएको चुरे क्षेत्रको जैविक विविधता संरक्षणको अनिवार्यतामा द्विविधा हुने कुरा भएन ।  शुरूमैं निर्माणसम्बद्ध व्यवसायी, ढुवानी व्यवसायी र चुरे संरक्षणका सरोकारवालाहरू त सरकारी निर्णयको विरोधमा उत्रिएकै पनि हुन् । चुरे संरक्षणका लागि सरकारको अपूर्ण कदम आपैंmमा हात्तीको देखाउने दाँतमात्र हो कि भन्ने आशङ्का छँदैछ । क्रसर उद्योगका लागि बनाइएको मापदण्ड कार्यान्वयनको समयसीमाबाट सरकार निरन्तर पछि हट्दै जानुले यसलाई अझ बल पुर्‍याएको छ । खोला किनार, राजमार्ग, शिक्षण संस्था, धार्मिकस्थल, वनक्षेत्र र आरक्षबाट निश्चित दूरीमा क्रसर उद्योग सञ्चालनको मापदण्ड कर्मकाण्डजस्तो मात्र देखिएको छ । यो दृश्यावलीमा आन्तरिक आपूर्तिको प्रबन्धमा समेत सरकार असफल हुनुले औचित्यमाथि नै प्रहार भइराखेको छ ।
    अहिले देखिएको असहजता र चुरे विनाशका आयामहरूबीच अटुट सम्बन्ध छ । एक प्रकारले यो अनियन्त्रित विनाशको प्रारम्भिक परिणाम नै हो । सरकारी अदूरदर्शिता र राजस्वमुखी नीतिका कारण कुनै बेला चुरेको अस्वाभाविक दुरुपयोग भयो, परिणाम यतिखेर आन्तरिक उपयोगका लागि समेत उपभोक्ताले सास्ती खेप्नुपरिराखेको अवस्था छ । चुरे विनाशमा व्यवसायीको नियतमात्र जिम्मेवार छैन । हाम्रा नीति नियमहरू पनि यसमा उत्ति नै साझेदार छन् । परिचालनका निकायमा रहेको लाभमुखी प्रवृत्ति मौजुदा असहजताका खलपात्रहरू हुन् ।
    स्थानीय निकायले स्थानीय स्वायत्त शासन ऐन २०५४ र वन कार्यालयहरूले वन ऐन २०४९ को प्रावधानमा टेकेर आआफ्नो क्षेत्राधिकारका प्राकृतिक स्रोतसाधनमा ढुङ्गा, बालुवा, गिट्टीको सङ्कलन र निकासीको अनुमति दिए । तर वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ को मापदण्ड पूरा गर्नेतर्फ पूरै बेवास्ता गरियो । तर सरकारले त्यही वातावरण संरक्षण ऐनको प्रावधानका आधारमा संरक्षणको प्रयास थाल्यो । यतिखेर प्रयासका नाममा भएको करोडौं रुपैयाँको लगानी बालुवामा पानी भएका तथ्यहरू बाहिर आएकै छन् ।
    संरक्षणका निम्ति सरकारी प्रयास पहिलो भने थिएन । राष्ट्रपतिको अग्रसरतामा २०६६ सालमा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ पनि अस्तित्वमा आएकै थियो । वन तथा भूसंरक्षण मन्त्रालयमातहतको त्यो कार्यक्रमले करिब एक अर्ब रुपैयाँ सिध्याउनुबाहेक तात्त्विक उपलब्धि दिन सकेन । तत्कालीन प्राकृतिक स्रोतसाधन समितिले २०६६ सालमा तयार पारेको ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् र २०६७ सालको वन संरक्षण समस्या अध्ययन प्रतिवेदन देखावटीमात्र बन्यो । उल्टै चुरे विनाशलाई सरकारी निर्णयहरूले नै मलजल गरे ।
नेपालका विभिन्न स्थानमा खुलेका ७ सय खानीजन्य तथा क्रसर उद्योग चुरेको अनियन्त्रित दोहनमा जमेरै लागे । स्थानीय निकाय, वन कार्यालय र राजस्वका निकाय केही आम्दानीका निम्ति प्राकृतिक स्रोत विनाशको साक्षी किनारामा उभिंदा यतिखेर उपभोक्ताले चर्को मूल्य चुकाएर पनि निर्माण सामग्री पाउन सकेका छैनन् । एक वर्षअघि वीरगंज क्षेत्रमा ८ हजार रुपैयाँमा उपलब्ध हुने बालुवा प्रतिट्रिपर २४ हजार रुपैयाँमा पनि पाउन सकिएको छैन । ढुङ्गा र गिट्टीको आपूर्तिमा पनि कठिनाइ कम छैनन् ।
    सरकारी निर्णय कार्यान्वयनमा पनि असामञ्जस्यता देखिएको छ । पर्सामा उत्खनन्मा रोक लगाइएको छ भने बारामा केही समय छुट दिएर अहिले रोकिएको छ । छिमेकी मकवानपुरमा सीमित खोलाहरूबाट उत्खनन् भइरहेको छ । खोलामा रहेका सडक तथा पुललाई हानि पुर्‍याउने गरी बालुवाको सतह बढेमा उत्खनन् गर्न सकिने प्रावधान सबैतिर कार्यान्वयन हुन सकेको छैन । यसमा ठेकेदार र स्थानीय निकायको स्वार्थले काम गरेको बुझ्नेहरूको कमी छैन । मौजुदा अवस्थामा उपभोक्ताले असोजअघि स्थानीय खोलानालाबाट सामग्री पाउने अवस्था छैन ।  
    मध्यपहाडी क्षेत्र र तराईको पूर्व इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्लालाई चुरे संरक्षण क्षेत्रमा समावेश गरिएको छ । जैविक र प्राकृतिक स्रोतको जथाभावी दोहन र सम्भावित सङ्कट समाधानका निम्ति गत वर्ष उच्चस्तरीय अधिकार सम्पन्न राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समिति गठन भएदेखि नै यसको विरोध भइआएको छ । तथापि विरोधका अन्तर्य विनाशप्रेरित हुनुहुँदैन भन्ने मान्यतमा सबैको मतैक्यता हुनै पर्दछ । सन् १९५० को दशकमा शुरू भएको औलो उन्मूलन र त्यसयता तराई क्षेत्रको बस्ती विस्तारको क्रमलाई आधार मान्ने हो भने चुरे विनाशको सिलसिला करिब ६ दशक पुरानो हो । चुरे क्षेत्र मासेर बनाइएको पूर्व–पश्चिम राजमार्ग र आसपासका बस्ती नेपालको प्राकृतिक सम्पदा विनाशमा दुरुपयोग भएका प्रमाण पर्याप्तै भेट्न सकिन्छ ।
    चुरेको कुल वनजङ्गलमध्ये करिब ९० प्रतिशत अतिक्रमण भइसकेको तथ्याङ्क छ । पछिल्लो डेढ दशक चुरेको अनियन्त्रित उत्खनन् र विदेश निकासी जमेरै भयो । सरकारले नियन्त्रणका लागि जुन कदम चाल्यो, त्यसले शुरूमा केही आशाजनक वातावरण बनाए पनि मापदण्ड कार्यान्वयनमा निरन्तर उदासीनता र आन्तरिक उपभोगको व्यवस्थापनमा समेत नियोजित सकसका कारण आलोचना शुरू भएको छ । ५० को दशकमा चुरे क्षेत्रको संरक्षणका निम्ति सामुदायिक वनको अवधारणा पनि ल्याइयो । तर तराईको चुरेमा यो अवधारणा केही राजनीतिक संरक्षणप्राप्तका लागि कमाउने अवसरमात्र बन्यो । विनाशले अरू बढावा पायो । र, त्यही क्षेत्र अवैध उत्खनन्को मारमा थलियो ।
    निर्माण र विकासको आधारभूत आवश्यकताको आपूर्ति सहज तुल्याउन विलम्ब गर्नुहुन्न । यसका लागि सरकारी निर्णय सच्याउनुपर्दछ । भूक्षय र पहिरोको जोखिम न्यून भएका क्षेत्रमा उत्खनन् गर्न सकिन्छ । मापदण्ड बनाएर त्यस्ता क्षेत्रमा आपूर्तिको प्रबन्ध चुस्त बनाउनु पर्छ । यसो भयो भने एक खर्बभन्दा बढी
लगानी भएको क्रसर उद्योगलाई पनि केही राहत पुग्न जान्छ । स्थानीय आपूर्तिमा चरम असहजता झेलेर चुरेको प्रभावकारी संरक्षण सम्भव छैन । चुरे क्षेत्रको जगेर्ना जति आवश्यक छ, त्यति नै यसका बहुआयामिक असर निराकरणका उपायमा पनि विलम्ब गरिनुहुँदैन ।
    तथ्याङ्क अनुसार विगत दशकमा उत्खनन् भएका नदीजन्य स्रोतको करिब १० प्रतिशतमात्र आन्तरिक खपत भएको र बाँकी परिमाण भारत निकासी भएको छ । यस तथ्यका आधारमा आन्तरिक खपतलाई व्यवस्थित तुल्याउँदा विनाश हुँदैन । मापदण्ड बनाएर व्यवस्थित तुल्याउने हो भने आन्तरिक आपूर्तिका कारण हुने चुरे खपतको परिपूरण प्राकृतिकरूपमैं हुन सक्छ । विनाश त क्षणिक आयमुखी मानसिकताको परिणाममात्र थियो, जसले चुरे निकासीलाई आम्दानीको औजार बनायो । समस्या अनियन्त्रित निकासीका कारण भएको थियो । आन्तरिक खपतले मात्र चुरेको अस्तित्व मासिंदैन । नियमन र नियन्त्रणलाई भने इमानदारीसाथ कार्यान्वयन गर्नु आवश्यक छ ।
                    यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चुरे संरक्षणका असहज आयाम
चुरे संरक्षणका असहज आयाम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEizjKegoWztYtRGsjJKAkr5RuqBgx6CMFydEiC68JMNIHd0TObBix3kdMXbNlM5XaIq4wibBk2I3A_wL6uvwoopXUatOt8qDQ2-HLB9BGzACtdoONKkhUPJFxo-LkgQhxVNidoa0Hz0If4/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEizjKegoWztYtRGsjJKAkr5RuqBgx6CMFydEiC68JMNIHd0TObBix3kdMXbNlM5XaIq4wibBk2I3A_wL6uvwoopXUatOt8qDQ2-HLB9BGzACtdoONKkhUPJFxo-LkgQhxVNidoa0Hz0If4/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/08/blog-post_543.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/08/blog-post_543.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy