अनन्तकुमार लाल दास
सन्दर्भ पर्सा जिल्लाकै हो। एकजना सरकारी विद्यालयका शिक्षकसँग यसो शिक्षणबारे रमाइलो चिया–गफ हुँदै थियो । अहिले बन्द–हडतालको समयमा नयाँ–पुराना साथीहरूसँग गफ गर्नुबाहेक अरू सिर्जनात्मक काम नै के हुन सक्छ ? बन्दमा यस्ता सिर्जनात्मक काम गर्नुबाहेक हामीसँग अर्को विकल्प नै के हुन्छ ? यी शिक्षकले बडो रोचक कथा सुनाए। विद्यालयको शौचालयभित्र जसलाई छात्रहरूले प्रयोग गर्छन् त्यहाँ पर्खालमा लेखिएको थियो र त्यो लेखाइले हेडमास्टरबारे कस्तो बुझाइ रहेछ प्रकट भइरहेको थियो। त्यसमा लेखिएको थियो ‘हे’बाट हेपाहा प्रवृत्ति, ‘ड’ बाट डरत्रास र धम्कीपूर्ण व्यवहार ‘मा’बाट मानवीय सम्वेदना नभएको ‘आधा स’बाट स्मरण शक्ति कमजोर भएको, ‘ट’ बाट टर्रो र झर्रो व्यवहार र ‘र’बाट रवाफीपन। हेर्दा कुनै उडन्ठेउलो विद्यार्थीको बदमाशी होला जस्तो लाग्छ तर त्यस्तो लेख्ने कोही विद्यार्थीले एउटा प्रधानाध्यापकबारे कस्तो सोच राख्छ र त्यो सोचप्रति निरपेक्ष नभएर उसले आफ्नो कुरा शौचालयको पर्खालमा लेखिदिएको बुझ्नुपर्छ। प्रत्येक अक्षरको एउटा छुट्टै अर्थ निकाल्न सक्ने विद्यार्थी पक्कै सृजनशील हुनुपर्छ र मेधावी हुनुपर्छ। त्यसैले त्यो विद्यार्थीले कोरेको शब्दहरूमा हाँस्नुभन्दा पनि गम्भीर हुनु जरुरी छ।
प्राय: भन्ने गरिन्छ प्रधानाध्यापक कुशल व्यवस्थापक भए अवसर र सम्भावनाहरूको अधिकतम उपयोग हुन सक्छ। प्रधानाध्यापक विद्यार्थीप्रति उत्तरदायी र अभिभावकप्रति जवाफदेह हुनुपर्छ। कक्षाको वातावरणलाई उत्सवमय बनाउने, विद्यार्थीलाई विद्यालय जाउँ–जाउँ तुल्याउने र शिक्षकलाई कक्षामा गएर पढार्औं–पढाऔंको वातावरण सिर्जना गर्ने उत्तरदायित्व प्रअकै हो। यसका साथै मूल्य–मान्यता सहितको स्तरीय शिक्षा दिने दायित्व पनि हेडमास्टरकै हो। छात्रछात्राहरूलाई संस्कार अनि अनुशासन सिकाउने कर्तव्य प्रधानाध्यापककै काँधमा छ। अभिभावकका गुनासा सुन्ने, तिनको व्यवस्थापन गर्ने एवं अभिभावकलाई चितबुझ्दो शैक्षिक प्रगति देखाउने जवाफदेहिता प्रअमा रहन्छ। प्रअ विद्यालय व्यवस्थापन समितिप्रति पनि जवाफदेह हुनैपर्छ। प्रधानाध्यापकको उत्तरदायित्वको केन्द्रमा छात्रछात्राको भविष्य रहेको हुन्छ र हुनुपर्छ। यसरी एउटा प्रअबारे, उसको भूमिकाबारे भन्ने गरिन्छ। यी मान्यताहरूको कसौटीमा हेर्दा पर्साका प्रधानाध्यापकहरूको अवस्था कस्तो छ ? प्राय: प्रअहरूको अवस्था शौचालयको पर्खालमा लेखिएजस्तै छ। प्रअहरूबारे जे जसरी गुनासाहरू सुनिन्छ र जसरी प्रअहरूले आफू प्रअ हुन जालझेल गरिरहेका हुन्छन् त्यसको आधारमा के भन्न सकिन्छ भने पर्साका बहुसङ्ख्यक हेडमास्टरसँग तीनवटा ‘डी’ अर्थात् डिभोशन, डेडिकेशन र डिटर्मिनेशनको अभाव छ। हेडमास्टरलाई चाहिने जति अधिकार र काम गर्ने वातावरण दुवैको कमी छ।
यस्तो किन भयो होला ? नयाँ शिक्षा लागू हुनु अघि र त्यसपछि सार्वजनिक स्कूलको छविमा फरक छ। मलाई लाग्छ सरकारले हस्तक्षेप गरेको कारण यस्तो फरक आयो । सरकारले शिक्षकहरूलाई आफ्नो बनाउँदै गयो र कर्मचारी सरहको व्यवहार गर्दै गयो। शिक्षकहरूलाई पनि निजामती सरह प्रथम, दोस्रो, तेस्रो श्रेणीको बनायो । श्रेणी विभाजन सरकारले नै गरेको हो । सरकारले शिक्षकसँग अन्तर्सम्बन्धलाई नितान्त कर्मचारीसँग बदल्न यसो गर्यो । यसरी शिक्षकहरूलाई केही न केही फाइदा त भयो। जागिर सुरक्षित र सुनिश्चित भयो। पेंशनको सुविधा भयो। संरचनागत बढुवाको पनि व्यवस्था भयो। त्यसको सँगसँगै शिक्षकहरूको स्वायत्ततामा अंकुश लाग्यो। काम गर्ने स्वतन्त्रता रहेन।
पहिलेको हेडमास्टर र समुदायबीचको सम्बन्ध, आजका प्रअ र समुदायबीचको सम्बन्धमा पक्कै पनि ठूलो फरक हुनुपर्छ । सरकारसँग बढी निर्भर हुँदै गएपछि शिक्षकमा पनि परनिर्भरता बढ्दै जानु अस्वाभाविक थिएन। मान्छेलाई जति जिम्मेवारी र अधिकार दिंदै गयो उसले त्यति नै धेरै प्रगति गर्छ, आत्मनिर्भर हुन्छ, त्यति नै धेरै चुनौतीहरूको सामना गर्न सक्छ। परनिर्भरताले एक प्रकारको सुरक्षा पनि दिन्छ तर परनिर्भरताका फाइदाभन्दा बेफाइदा धेरै छ। सबैभन्दा ठूलो बेफाइदा हो, आजको सरकारी विद्यालयहरूको हविगत। सरकारले यताका वर्षहरूमा ल्याएको शिक्षानीति र कार्यक्रम कहीं न कहीं अलमलमा परेको छ। अहिले सरकारले भनिरहेको छ, समुदायले आफ्नो स्कूल आपैंm व्यवस्थापन गरोस्। समाजप्रति कर्तव्य र उत्तरदायित्व रहोस् भन्ने चाहेको छ। त्यसको अर्थ हो सबै अधिकार र कर्तव्य समुदाय स्तरमा झरोस्। सरकारले व्यावहारिक दृष्टिकोणका आधारमा एकमुस्ठ अनुदान दिने र बाँकी साधन स्रोतको परिचालनदेखि व्यवस्थापन सम्मका सबै काम समुदायले नै गर्नुपर्छ। संविधानमा जतिसुकै निश्शुल्क शिक्षाको ग्यारेन्टी गरे पनि आगामी धेरै वर्षसम्म सरकारको त्यो बोझ धान्ने औकात हुन सक्दैन। त्यो स्थितिमा स्तरीय शिक्षा दिन हिजोका पद्धतिका सबल पक्षहरूलाई आज हामीले पुनरावृत्ति गर्नैपर्छ। शिक्षाको स्तर उकास्ने हो भने शिक्षकको नियुक्ति, निरीक्षण र मूल्याङकनमा हेडमास्टरको भूमिका खोज्नुपर्छ। हेडमास्टरलाई सम्मानित र सक्रिय हुने अवसर प्रदान गर्नुपर्छ।
एस.एल.सी.मा आफ्ना विद्यार्थीका निम्ति अनुकूल परीक्षा केन्द्र खोजी गरी सम्भावित प्रश्नहरूको उत्तर घोकाएर उत्तीर्ण प्रतिशत बढाउने प्रअहरू मूल्याङकनकर्ताका आँखामा राम्रा मानिएलान् तर यो प्राज्ञिक मापदण्ड नभएर व्यापारिक, व्यावसायिक तथा विज्ञापननिष्ठ मापन विधि हो। शिक्षाले शिक्षार्थीको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकास गर्नुपर्छ। औसत प्रअहरू समस्याकै भुमरीमा हुन्छन्। शिक्षानीतिमा रहेका त्रुटिहरू, अपर्याप्त शिक्षक दरबन्दी, भौतिक संरचनाको अभाव, राजनीतिक हस्तक्षेप, चन्दा आतङक, शिक्षकहरूमा व्याप्त नैराश्यता, आलस्यता, स्वच्छन्दता, अराजक प्रवृत्ति तथा अवैज्ञानिक परीक्षा प्रणाली प्रअका मुख्य चुनौती हुन्। यसबाहेक प्रअका व्यक्तिगत कमी कमजोरीले पनि तिनको भूमिकालाई कमजोर तुल्याएको छ। विद्यालयको सम्पत्तिलाई निजात्मक लाभका लागि उपयोग गर्ने, शिक्षकमाथि शासकीय प्रवृत्ति प्रदर्शन गर्ने, कक्षामा पठनपाठन नगर्ने, गोष्ठी–सेमिनारमा धाउने, जिशिका र राजनीतिक दलका नेता रिझाउन फुर्सद निकाल्नेहरूमा मात्र प्रअ पदप्रति ठूलो आशक्ति होला अन्यथा जिम्मेवारी लिउँ, सक्दो समाजसेवा गरौं, शिक्षा विकासमा सहयोग पुर्याउँ भन्ने आत्मप्रेरणाले प्रअ भएका व्यक्तिमा पदप्रतिको मोह छैन बरु जिम्मेवारीबोध हुन्छ। प्रअको नियुक्ति, अधिकार, कार्यविधि, सरुवा, संरक्षण अधिकार र सुविधामा व्यापक परिमार्जनको आवश्यकता छ। शैक्षिक योग्यता, अनुभव, विद्यालय उन्नयन सम्बन्धी दृष्टिकोण, व्यवहार, आचरण र नेतृत्व क्षमता आदिलाई आधार बनाई जिल्लाभरिकै इच्छुक शिक्षकहरूबीच निष्पक्ष प्रतिस्पर्धा गराएर प्रअ नियुक्ति गरिनुपर्छ। यसरी नियुक्त हेडमास्टरको आवधिक परीक्षण भइरहनुपर्छ।
प्रधानाध्यापक वा हेडमास्टर शब्द नेपाल र भारतमा बढी प्रचलित छ। अमेरिकामा प्रिन्सिपल भनिन्छ भने बेलायतमा हेडटिचर भनिन्छ। बेलायतमा प्रधानाध्यापकका तीनवटा काम प्राथमिकतामा पर्छ। प्रअको पहिलो काम हो प्रतिहप्ता १० देखि १४ घण्टा शिक्षण । दोस्रो प्रशासनिक काम जस अन्तर्गत विद्यार्थी भर्ना, प्रगति मापन र अभिलेखीकरण, आर्थिक व्यवस्थापन पर्दछ। त्यसैगरी स्कूललाई आवश्यक पर्ने सामान खरिद गर्ने र लेखा परीक्षण गराउने, मरम्मत सम्भार गर्ने, कोर्स पूरा गराउने, स्रोत व्यवस्थापन गर्ने, नयाँ पाठ्यक्रमको विकास र मूल्याङकन गर्ने, पाठ्यपुस्तकको व्यवस्थापन गर्ने र शिक्षक नियुक्तिको काम पनि प्रअले गर्नुपर्छ। तेस्रो काम भनेको शिक्षक तथा विद्यार्थीमा अनुशासन, प्रोत्साहन, तालिम आदिमा समेत प्रअ जिम्मेवार हुनुपर्छ। अन्तर्राष्ट्रिय अनुभवका आधारमा भन्नुपर्दा एउटा प्रधानाध्यापक छनोटका आधारहरू भनेको एउटा शिक्षकको योग्यता, सीप, अनुभव र व्यक्तिगत गुण, बालबालिका र किशोरको भविष्य उज्ज्वल पार्ने दृष्टिकोण, प्रभावकारी शिक्षण सम्बन्धी दृष्टिकोण, समूहमा काम गर्ने क्षमता, विद्यालय व्यवस्थित बनाउने दृष्टिकोण, समुदायलाई सशक्त बनाउने विचार र दृष्टिकोण, जवाफदेहिता सुनिश्चित गर्ने उपायलाई मानिन्छ। तर हामी पर्सा जिल्लामा एउटा प्रअ बन्नको लागि यो भन्दा अर्को कुराको महत्त्व रहेको पाउँछौं । भनिन्छ राम्रो वाद्यवादकले बिग्रेको बाजालाई पनि राम्ररी बजाउन सक्छ त्यसैगरी एउटा कुशल प्रअले विद्यालयलाई निर्देशित लक्ष्यतर्फ उन्मुख गराउन सक्छ। पर्सा जिल्लाका सरकारी विद्यालयहरू बेहाल हुने एउटा मुख्य कारण उपयुक्त व्यक्ति प्रधानाध्यापक नबन्न सक्नु हो।
२०४९ सालपछि नेपालमा प्रधानाध्यापकको पद नै शिक्षक जीवनको सबभन्दा ठूलो पद बन्यो। तर एसियाकै कतिपय देशमा शिक्षकका लागि थुप्रै अवसरहरू छन्। बङगलादेश, कोरिया र पाकिस्तानले तीनदेखि पाँच वर्षसम्म मात्र प्रअको कार्यावधि तोकेका छन् तर हाम्रो सन्दर्भमा एउटै व्यक्ति लामो समयसम्म त्यही पदमा स्थायी रहेको पाइन्छ। नेपाल जस्तो देशले प्रअ छनोट प्रक्रिया चाहिं पश्चिमा देशको जस्तो अपनाउनुपर्छ। अन्य कुराहरू हाम्रै छिमेकबाट पनि सिक्न सकिन्छ। बङगलादेश, कोरिया र पाकिस्तानजस्ता मुलुकले प्रअको निश्चित सेवा अवधि तोकेजस्तो उपयुक्त विकल्प हुन सक्छ। एउटा विद्यालयमा तोकिएको अवधि सकिएपछि अन्य विद्यालयमा सरुवा गर्ने व्यवस्था हुनुपर्छ। कतै–कतै त प्रअहरू विद्यालय निरीक्षकमा बढुवा हुन्छन् भने कतैकतै राम्रो काम गरे बापत श्रेणी बढुवा भएर शिक्षण पेशामैं फर्कन्छन्। मूलत: शौचालयमा विद्यार्थीबाट जे अभिमत प्रकट भएको छ, त्यसको आधारमा के भन्न खोजिएको छ भने तुलनात्मकरूपमा प्रअहरूको छवि सुधार गर्न जरुरी छ।