प्रस, वीरगंज, ११ भदौ/
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार १४ औं दिन पनि वीरगंजमा जुलुस प्रदर्शन र कोणसभा गरेको छ।
बिहान घण्टाघरबाट मोर्चाका संयोजक प्रदीप यादवको नेतृत्वमा निकालिएको विरोध जुलुसले नगरपरिक्रममा गरेको थियो ।
जुलुसमा स्वायत्त मधेस प्रदेशको माग गरिएको थियो भने मधेसीलाई अधिकारसम्पन्न गरिनुपर्ने भन्दै मधेसी एकता जिन्दाबादको नारा लगाइएको थियो।
यसैगरी मोर्चाले बन्दको १४ औं दिन पनि घण्टाघरमा कोणसभाको आयोजना गर्यो।
कोणसभामा मोर्चाका स्थानीय नेताहरूले मन्तव्य व्यक्त गर्दै मधेसको माग सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए। उनीहरूले प्रहरी दमनको भत्र्सना पनि गरे। सो सभामा आन्दोलनलाई अझ सशक्तरूपमा सञ्चालन गर्न जनसमुदायलाई सहभागिताका लागि नेताहरूले आह्वान पनि गरे।
यता अर्को मोर्चाले भने आज वीरगंजमा प्रदर्शन गरेन। तराईको महान् पर्व रक्षाबन्धनको अवसरमा शुक्रवार र शनिवार दुई दिन आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको सङ्घीय समावेशी मधेसी मोर्चाका नेता शिव पटेलले बताए।
सिकेन्द्र पासवान, कलैया/
सङ्घीय फोरम नेपालका केन्द्रीय महासचिव रामसहाय यादवले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।
कलैयास्थित भरतचोकमा आयोजित कोणसभामा नेता यादवले चार दल अहिले पनि मधेसको आवाज दबाउन विभिन्न चलखेल लागेको आरोप लगाउँदै अधिकारप्राप्तिका लागि नचुक्न सबैलाई आग्रह गरे।
आन्दोलनलाई कमजोर बनाउन विभिन्नखाले षड्यन्त्र भइरहेको भन्दै उनले त्यसलाई असफल पार्न फुटेर होइन जुटेर सामना गर्नुपर्ने बेला आएको बताए । प्रहरी दमनको विरोध गर्दै उनले बारा जिल्लामा प्रशासनले आन्दोलनकारीलाई मानसिक दबाब दिन नेपाली सेना परिचालन गर्ने धम्की दिंदै आएको आरोप लगाउँदै स्थानीय प्रशासनलाई सजग रहन चेतावनी दिए ।
यता, रक्षाबन्धनलाई मध्यनजर राख्दै आन्दोलनकारीहरूले बजार खुकुलो पारेपछि कलैया बजारमा शुक्रवार बेलुका निकै भीडभाड देखिएको थियो। बजारमा राखी किन्नेहरूको भीडभाड देखिन्थ्यो भने घरायसी सामानहरू किनमेल गर्नेहरूको पसलहरूमा निकै चहलपहल बढेको थियो। भोलि शनिवार पनि आन्दोलन खुकुलो पार्ने आन्दोलनकारीहरूले जनाएका छन्।
गाडी भने भोलि पनि नखुल्ने आन्दोलनकारीहरूले बताएका छन्।
प्रस, सिम्रौनगढ/
समग्र मधेस एक प्रदेशको माग गर्दै शुक्रवार सिम्रौनगढमा बृहत् जुलुस प्रदर्शन भएको छ। सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रामकिशोरप्रसाद यादवको नेतृत्वमा अमृतगंज रानीबास मन्दिर परिसरबाट शुरू भएको जुलुस रानीबास बजार, अमृतगंज, गोलागंज, जानकीनगर, उचिडिह हुँदै सिम्रौनगढ बजार परिक्रमा गरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।
तमलोपाका नेता सुभाषप्रसाद कुशवाहाको अध्यक्षतामा भएको सभामा नेता यादवले मधेसका जनता आफ्नो अधिकारप्रति सचेत र जागरूक रहेका बताए। उनले जारी आन्दोलन लक्ष्यप्राप्तिपछि मात्रै रोकिने बताए।
कार्यक्रममा नेकपा–माओवादीका भोजेन्द्र यादव, रामाशङकर प्रसाद, विद्यार्थी नेता उमेशकुमार कुशवाहा, सद्भावनाका नेता दिनेश प्रसाद, सञ्चारकर्मी रामेश्वर मेहता, परमानन्द मुखियालगायतले मन्तव्य व्यक्त गरेका थिए।