उमाशङ्कर द्विवेदी
कर्णको कुरा सुनेर दु:शासनले भने–राजन्, विश्वासी गुप्तचरहरूलाई मार्गव्यय दिएर पाण्डवहरूको खोजी गर्न पठाउनुहोस् । कर्णले भनेको कुरा ठीक हो । त्यसपछि परमपराक्रमी द्रोणाचार्य, भरतवंशीहरूका पितामह भीष्मजीले, शरद्वानपुत्र कृपाचार्य आदि महानुभावहरूले पाण्डवहरूको खोजीको विषयमा आआफ्नो राय–सम्मति दिए । अन्त्यमा त्रिगत्र्तदेशका राजा शुशर्माले कर्णतिर हेर्दै दुर्योधनसित भने–राजन्, मत्स्यदेशका शाल्ववंशीय राजा पटकपटक हाम्रो देशमाथि आक्रमण गरिरहन्छन् । मत्स्यराजका सेनापति महाबली सूतपुत्र कीचकले म र मेरा बन्धु–बान्धवहरूलाई दिक्क पारेको थियो । कीचक बडो बलवान, क्रूर, असहनशील र दुष्ट प्रकृतिको पुरुष थियो । उसको पराक्रम जगत्विख्यात थियो । त्यसैले हाम्रो केही लाग्दैन्थ्यो । अब त्यस पापकर्मा र नृशंस सूतपुत्रलाई गन्धर्वहरूले मारिदिएका छन् । त्यो मारिएपछि मत्स्यनरेश राजा विराट् आश्रयहीन र निरुत्साह भइसकेका होलान् । त्यसैले तपाईंलाई समस्त कौरवहरूलाई तथा महामना कर्णलाई राम्रो लाग्दछ भने म त्यस देशमाथि आक्रमण गर्न चाहन्छु । त्यस देशमाथि विजय गरेर जुन विविध प्रकारको रत्न, धन, ग्राम र देश हात पर्नेछ त्यसलाई हामीहरू आपसमा बाँडौंला । कीचक मारिएको समाचार सुनेपछि देर्योधनको मुटुमा चिसो पस्यो, किनकि उसलाई थाहा थियो–बलदेवश्च भीमश्च मद्रराजश्च वीर्यवान् । चतुर्थ कीचकस्तेषां पञ्चमं नानुशुश्रुम: । चत्वारस्तु नरव्याघ्रा बले शक्रोपमा भुवि । (यति बेला मनुष्यलोकमा दैत्य, दानव, मानव तथा राक्षसहरूमध्ये चारजना मात्र छन् जसमा एक समान बल छ । ती हुन् बलदेव, भीम, मद्रराज शल्य तथा कीचक ।)
त्रिगत्र्तराजको कुरा सुनेर कर्णले दुर्योधनसित भने–राजा शुशर्माले बडो राम्रो कुरा गर्नुभयो । यो समयानुसार र हाम्रो लागि धेरै राम्रो हुनेछ । अत: हामीले सेना सजाएर तथा त्यसलाई सानो सानो डफ्फामा बाँडेर अथवा जस्तो तपाईंको राय हुनेछ त्यो अनुसार छिटै त्यस देशमाथि जाइलागौं । त्रिगत्र्तराज र कर्णको कुरा सुनेर दुर्योधनले भाइ दु:शासनसित भने–भाइ, तिमीले बुढापाकाहरूसित सल्लाह गरेर आक्रमणको तयारी गर । हामीहरू कौरवसेना लिएर एउटा मोर्चामा जानेछौंं तथा महारथी शुशर्मा त्रिगत्र्तदेशीय वीरहरू तथा समस्त सेनाका साथ अर्को मोर्चामा गई आक्रमण गर्नेछन् । पहिले शुशर्माले आक्रमण गर्नेछन्, त्यसको एक दिनपछि हामीले आक्रमण गर्नेछौं । उनले गोठालाहरूलाई धपाई विराट्का गाईहरू खोस्नेछन् । त्यसपछि हामीहरूले पनि सेनालाई दुई भागमा विभक्त गरेर विराट्का एक लाख गाई हरण गर्नेछौं ।
शुशर्माले आफ्नो पूर्ववैरको बदला लिनको लागि त्रिगत्र्तदेशका जम्मै रथी तथा पदाति वीरहरू लिएर कृष्णपक्षको सप्तमी तिथिको दिन विराट्का गाइ हरण गर्न अग्निकोणबाट आक्रमण गरे । त्यसको अर्को दिन समस्त कौरवहरू मिलेर अर्को तर्फबाट आक्रमण गरी विराटका गाईहरूलाई कब्जामा लिए । त्यति बेला छद्मवेशमा रहेका अति तेजस्वी पाण्डवहरूको तेर्हौ वर्ष राम्ररी सिद्धि सकेको थियो । बलवान शत्रुद्वारा गाईहरू हरण भएको देखेर राजाको प्रधान गोप (गोठालो) नगरमा आई राजसभामा पुगेर राजासित बिन्ती बिसायो–महाराज, त्रिगत्र्त देशका योद्धाहरूले हामीहरूलाई परास्त गरेर सम्पूर्ण गाईको अपहरण गरी लाँदैछन् । तपाईंले गाईहरूको उन्मुक्तिका लागि प्रयत्न गर्नुहोस् । यो कुरा सुन्नेबित्तिकै राजा विराट्ले मत्स्यदेशका वीरहरूको सेना डाकेर आक्रमण गर्न अर्हाए । राजाज्ञा पाएपछि सेनाले रथ, हात्ती, घोडा र पदाति आक्रमणका लागि तयार पार्यो तथा नगरबाट युद्धस्थलको लागि हिंड्यो ।
यस प्रकार सेना आफ्ना अस्त्र–शस्त्रका साथ आक्रमणका लागि प्रस्थान गर्न लागेको देखेर राजा विराट्ले भाइ शतानिकसित भने–मेरो विचारमा कंक, बल्लव, तंतिपाल र ग्रन्थिक पनि बडो वीर छन् तथा निश्चयत: उनीहरू पनि युद्ध गर्न सक्दछन् । यिनीहरूलाई पनि ध्वजा–पताकायुक्त रथ, कवच र हतियार दिइ युद्धमा सहायता गर्न भन । राजा विराट्को कुरा सुनेर शतानिकले सो बमोजिम व्यवस्था गरे । पाण्डवहरूसित राजाको आशय सुनाए । पाण्डवहरू राजाको आज्ञानुसार रथमा सवार भएर राजाको पछिपछि लागी युद्धको लागि प्रस्थान गरे । पाण्डवहरू शूरवीर र पराक्रमी त छंँदै थिए, उनीहरू बाहेक आठ हजार रथी, एक हजार गजारोही तथा साठी हजार घोडसवारहरूका साथ गाईहरूको खुरको चिह्न पहिल्याउँदै मत्स्यदेशीय वीरहरू व्यूह रचनाको विधिले हिंड्दै सूर्यास्त हुनुभन्दा अगावै त्रिगत्र्तहरूलाई समातिहाले । अनि त्यसपछि दुवैतिरका सैनिकबीच परस्परमा शस्त्र सञ्चालन हुन थाल्यो तथा देवासुर सङ्ग्रामभैंm युद्ध शुरु भयो । रणभूमि रगतले छयाल–ब्याल्ल हुन पुग्यो । चारैतिर वीरहरूको टाउको तथा गींड सोतर भएको देखिन थाल्यो ।
यस प्रकारले युद्ध गर्दागर्दै शतानिकले एक सय तथा विशालाक्षले चार सय त्रिगत्र्त वीरहरूलाई धराशायी पारिदिए । अनि ती दुवै महारथिहरू शत्रुसेना भित्र पसे तथा विपक्षी सेनाको कपाल समातेर पछारे तथा उनीहरूका रथहरूलाई ध्वस्त पारे । राजा विराट्ले पाँच सय रथ, आठ सय घोडसवार र पाँच महारथिहरूलाइ मारिदिए । अनि थरिथरिको युद्धकौशल देखाउँदै उनी सुनको रथमा बसेका शुशर्मामाथि जाइलागे । उनले दश वाण शुशर्मालाई हाने तथा पाँच वाण हानेर उनका घोडाहरूलाई मारिदिए । शुशर्मा बडो वीर थिए, उनले मत्स्यदेशका सम्पूर्ण सेनालाई आफ्नो बलपराक्रमले छिन्न भिन्न पारिदिए तथा राजा विराट्का सारथी तथा घोडाहरूलाई मारेर उनलाई ज्युँदै समातेर आफ्नो रथमा थुनी आफ्नो राज्यमा जानका लागि हिंडे । क्रमश....।