प्रमोद यादव, रङगपुर, १२ भदौ/
पर्साको कौवावनकटैया स्वास्थ्य चौकीमा विगत डेढ महिनादेखि औषधिको अभाव छ।
निश्शुल्क पाउने सामान्य औषधिसमेत स्वास्थ्य चौकीमा पाउन छोडेको सेवाग्राही सलिम अन्सारीले गुनासो गरे ।
सरकारले विभिन्न ७० किसिमका औषधि निश्शुल्क प्रदान गर्ने व्यवस्था गरेको भए तापनि यस भेगको स्वास्थ्य चौकीमा पच्चीस किसिमका औषधि निश्शुल्क दिंदै आएको थियो। यसरी दिंदै आएको औषधिसमेत पाउन छाडेपछि सर्वसाधारण सेवाग्राही समस्यामा परेका हुन्।
कोवावनकटैया स्वास्थ्य चौकीमा दैनिक ६० देखि ७० जनासम्म सेवाग्राहीहरू आउने गरेका स्वास्थ्य चौकी इन्चार्ज अहेब वीरेन्द्र साहले बताए। स्वास्थ्य चौकीमा औषधि नभएकोले सेवाग्राहीलाई रित्तो हात फर्काउन बाध्य भएको इन्चार्ज साहले बताए।
जिल्ला जनस्वास्थ कार्यालयमा लिखित र मौखिक जानकारी गराइरहेको भएपनि औषधि नआएको उनको भनाइ छ।
जिल्ला जनस्वास्थ्य पर्साका प्रमुख अरुणकुमार महतोले भने बन्द हडतालको कारण सरकारी गाडी चल्न नपाएकोले स्वास्थ्य चौकीहरूमा औषधि पुर्याउन नसकिएको बताए। बन्दी खुल्ने
बित्तिकै जिल्ला मातहतका सबै स्वास्थ्य चौकीहरूमा आवश्यक औषधिहरू पुग्ने उनले बताए।