उमाशङकर द्विवेदी
यो देखेर युधिष्ठिरले भीमसेनसित भने– "महाबाहो, त्रिगर्तराज सुशर्माले महाराज विराटलाई लिएर जाँदैछन्। तिमीले उनलाई छोडाऊ।" भीमसेनले भने– "महाराज, तपाईंको आज्ञाले म अहिले नै राजा विराटलाई सुशर्माबाट मुक्त गराउनेछु। यो सामुन्ने देखिएको रूख गदाभैंm देखिइरहेको छ, यसलाइ नै उखेलेर यसद्वारा नै शत्रुसेनालाई सोतर पारिदिनेछु।" भीमसेनको कुरा सुनेर युधिष्ठिरले भने– "भाइ भीमसेन यस्तो अतिमानुष कर्म नगर। यदि तिमीले यस्तो गर्यौं भने मान्छेहरूले तिमीलाई चिन्नेछन् र भन्नेछन्, यिनी त भीमसेन हुन्। त्यसैले तिमी कुनै मनुष्योचित अस्त्र लिएर जाऊ ।"
युधिष्ठिरको कुरा सुनेर भीमसेनले आफ्नो धनुष लिएर सुशर्मामाथि बाणवर्षा गर्न थाले। यो देखेर भाइहरूका साथ सुशर्मा आफ्नो धनुष लिएर प्रत्युत्तरमा भीमसेनमाथि जाइलागे। भीमसेन तथा सुशर्मा आपसमा भिडी हाले। भीमसेनले गदा लिएर राजा विराटकै सामुन्ने हजारौं रथी, गजारोही, अश्वारोही र प्रचण्ड धनुषधारी शूरवीरहरूलाई मारेर सोत्रयाम्म पारिदिए तथा अनेकौं पदाति सैनिकहरूलाई कुल्ची दिए। यस्तो विकट युद्ध देखेर रणोन्मत्त सुशर्माको सम्पूर्ण मद ओरालो लाग्यो तथा यस सेनाको नाश कसरी गर्ने भन्ने कुराको सुर्ता गर्न थाले। अनि उनी भीमसेनमाथि पटकपटक आफ्ना तिखा बाणहरू हान्न थाले। यो देखेर जम्मै पाण्डवहरू क्रोधित भएर आफ्नो घोडा त्रिगर्तसेनातिर फर्काएर उनीमाथि अस्त्रको वर्षा गर्न थाले। युधिष्ठिरले एक हजार सेनालाई मारिदिए, भीमसेनले सात हजार त्रिगर्तहरूलाई सोतर पारिदिए, सहदेवले सात सय तथा नकुलले तीन सय त्रिगर्त सेनालाई मारेर लडाए। अन्तमा भीमसेन सुशर्माको छेउमा आएर आफ्नो तिखो बाणले उनका घोडा तथा अङकरक्षकलाई मारिदिए। उनको सारथिलाई पनि रथबाट लडाइदिए। सुशर्माको रथको चक्ररक्षक मदिराक्षले भीमसेनमाथि प्रहार गर्न थाल्यो। यतिकैमा वृद्ध भएपनि राजा विराट रथबाट हाम फालेर गदा लिई बडो जोडसित उसमाथि झम्टिए। रथहीन भएपछि सुशर्मा प्राण जोगाउनको लागि भाग्न थाले। अनि भीमसेनले भने–"हरे राजकुमार, फर्क फर्क, तिमीले युद्धमा पिठयूँ देखाउनु उचित होइन। यसै पराक्रमको बलमा तिमी गौहरण गर्न आएका थियौ त ?" यति भनेर भीमसेन आफ्नो रथबाट हाम फालेर सुशर्माको प्राणको ग्राहक भएर उनलाई लखार्न थाले। उनले झम्टेर उनको कपाल समातेर भुइँमा पछारिदिए। सुशर्मा रोइकराइ गर्न थाले अनि भीमसेनले उनको टाउकोमाथि लातीले हान्न थाले तथा उनको छातीमाथि घुँडाले टेकेर मुड्कीले हाने। सुशर्मा अचेत भए। महारथी सुशर्मा समातिएको देखेर त्रिगर्तसेना भयभीत भएर भाग्न थाल्यो । अनि पाण्डवहरूले समस्त गौधनलाई फर्काइ सुशर्मालाई परास्त गरी उनका समस्त धन खोसिलिए ।
भीमसेनको घुँडामुनि थिचिएका सुशर्मा आफ्नो प्राण बचाउनको लागि छट्पटिदै थिए। उनको सम्पूर्ण अङक धुलाम्मे भएको तथा चेतना लुपतभैंm भइरहेको थियो। भीमसेनले उनलाई रथमा बाँधी लगेर युधिष्ठिरलाई देखाए । युधिष्ठिरले उनको यस्तो दुर्दशा देखेर हाँस्न थाले तथा भीमसेनसित भने– "भाइ, यस नराधमलाई छाडिदेऊ। भीमसेनले सुशर्मासित भने– "मूढ, तिमी बाँच्न चाहन्छौं भने तिमीले विद्वान र राजाहरूको सभामा म दास हुँ भनेर भन्नुपर्दछ, अनिमात्र तिमीलाई म जीवनदान दिन सक्छु।" धर्मराज युधिष्ठिरले भने– "भाइ, मेरो आज्ञा मानेर यस पापकर्मा सुशर्मालाई छाडिदेऊ। यो महाराजा विराटको दास त भई नै सकेको छ। अनि त्रिगर्तराजसित भने– "तिमी अब जाऊ, तिमी अब दास रहेनौं। आइन्दा पुन: यस्तो साहस नगर्नू।"
युधिष्ठिरको यस्तो कुरा सुनेर सुशर्मा लाजले भुतुक्क भएर टाउको निहुराए । भीमसेनले उनलाई छाडिदिएपछि उनी राजा विराटलाई गएर सलाम गरे तथा आफ्नो देश फर्किए। अनि राजा विराट अत्यन्त प्रसन्न भएर युधिष्ठिरसित भने– "पाल्नुहोस् महाराज, यस सिंहासनमाथि म तपाईंको अभिषेक गरिदिउँ। अबदेखि तपाईं नै मत्स्यदेशको स्वामी हुनुहुन्छ। यसबाहेक तपाईंको मनमा यदि केही अरू पनि पाउने इच्छा छ भने त्यो पनि म दिन तयार छु । तपाईं जे पनि पाउन योग्य हुनुहुन्छ।"
युधिष्ठिरले मत्स्यराजसित भने–"महाराज, तपाईंले भनेको कुरा अत्यन्त मनोहर छ। म त्यसको ह्दयदेखि सराहना गर्दछु। भगवान्ले तपाईंलाई सदैव
प्रसन्न राखून्। राजन्, अब तपाईं
शीघ्र नै दूतहरूलाई नगरमा पठाएर विजयको घोषणा गराउनुहोस्।"
अनि राजा विराटले दूतहरूलाई आज्ञा दिए– "तिमीहरू नगरमा गएर मेरो विजयको सूचना देऊ।" मत्स्यराजको आज्ञालाई शिरोपर गरेर दूतहरू
अत्यन्त हर्षपूर्वक नगरतिर लागे तथा रातारात बाटो सिध्याएर एकाबिहानै नगरमा राजाको विजयको घोषणा गरिदिए। क्रमश:...