Posts

Showing posts from August, 2015

जनतालाई निर्धो नबनाऊ

    संविधान निर्माणको क्रममा सरकार र बन्द–हडतालकर्ता दुवै शक्तिले आफ्नो सामथ्र्य प्रयोग गरिरहेका छन्। यस शक्ति प्रयोगबाट दुवैथरीमा आफ्नो लक्ष्यमा अडान छ भन्ने सन्देश त गएको छ तर शक्तिको संवद्र्धन किन र कसका लागि भन्ने सन्देश प्रवाहित हुन सकेको छैन । न सरकारले आफ्नो पाइला पछाडि सार्ने उद्यम गरेको छ न बन्द–हडतालकर्ताकै जोशमा कुनै कमी आएको छ। यस सरकार र बन्दकर्ताहरूको जुधाइले सर्वसाधारण जनताले भने पाउनु दु:ख पाएको छ। दैनिक उपभोगका सामान लुकिछिपी किन्न पाइरहेको भए पनि लामो समयसम्म वित्तीय संस्था बन्द हुँदा हुनेखानेसँग पनि चलपूँजीको अभाव हुन गएको छ। गरिखाने वर्गले सास्ती भोगेको कुरामा न बन्दकर्ताको ध्यान जान सकेको छ न सरकारको नै। शिक्षण संस्थाहरू बन्द छन्, जसले निश्चय नै तराई–मधेसमा  दक्ष जनशक्ति उत्पादन एक पुस्ता पछि धकेलिन पुगेको छ । २०५३ सालदेखि देशमा सङ्क्रमण, अशान्ति, त्रास र अन्योल व्याप्त छ। यस कालमा बन्द, हडताल, चक्काजामको लहर नै चल्यो। जसले सबैभन्दा बढी क्षति शिक्षा क्षेत्रमा पुगेको छ।     मानिसले दुई दिन खान पाएन भने उसमा शारीरिक कमजोरी मात्र आउन सक्छ, रोजगार पाएन भने दुई छाक भोक

जारी मधेस आन्दोलन र वार्ताको आहवान

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     श्रावण ३१, ३२ गतेदेखि विभिन्न शक्तिहरूको आहवानमा मधेसको जनजीवन बन्द–हडतालले ठप्प छ। मुलुकको आधारभूत आवश्यकताको परिपूर्ति गर्ने एक मात्र मार्ग तराई–मधेस भएकोले दुई हप्ताभन्दा बढी बन्द हुँदा आपूर्तिमा प्रभाव पर्नु अस्वाभाविक होइन । जनताको आवश्यकता पूर्तिमा नकारात्मक असरले महँगी एवं बेरोजगार त बढेको छ नै, राजस्व सङकलनमा पनि प्रतिकूलता आएको छ। यद्यपि सरकारले प्रहरी सेना लगाएर सामान आपूर्ति गरिरहेको छ, जुन उँटको मुखमा जीरा भएको छ र हिंसा बढाउने माध्यम पनि। बन्दले सबैभन्दा बढी नोक्सानी शैक्षिक क्षेत्रलाई छ। लगभग महिना दिनभन्दा बढी भूकम्पको कारणले बन्द रहेका शैक्षिक संस्था लगत्तै बन्द–हडतालले ठप्प हुनु हाम्रा कर्णधारहरूको भविष्यसँग खेलवाड भएको भन्नुपर्छ। जसले मधेसमा दीर्घकालीन नकारात्मक असर पर्ने कुरा नकार्न सकिन्न। केही भागमा शैक्षिक क्षेत्र बन्दरहित बनाउने घोषणा गरिएको छ। जुन सकारात्मक कदम हो। बाँकी क्षेत्रमा पनि शैक्षिक संस्था सुचारु गर्न सोच्ने हो कि ? शैक्षिक क्षेत्र बन्दरहित बनाउन खासै चासो नदेखिएकोले शैक्षिक क्षेत्रप्रति सबै पक्षको उदासीनता झल्किन्छ

भदौ ७ को टीकापुर घटनाको सन्देश

Image
ई. गोपाल श्रेष्ठ     कैलाली जिल्लाको टीकापुरमा गत भाद्र ७ गते सोच्दै नसोचेको त्रासदीपूर्ण घटना घट्यो, त्रासदीपूर्ण यस कारणले कि उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक (अञ्चल प्रहरी प्रमुख, एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जवान प्रहरीलाई र एउटा १८ महिने नाबालकलाई आन्दोलनको नाममा अनाहकमा मारियो। मारियो, तर अत्यन्त बीभत्स र निर्मम ढङगले ( भालाले रोपेर, वन्चरोले हानेर, पेट्रोल छर्की आगो लगाएर अनि नाबालकलाई गोली हानेर । उक्त दिनदेखि आज भाद्र १५ गतेसम्म त्यहाँ लगातार २४ घण्टा कफ्र्यू लगाइएको छ, त्यहाँ नेपाली सेना परिचालित भई उनीहरूबाट निरन्तर गस्ती भइरहेको छ र जनता त्रासदी र भयको भुमरीमा छ। राजनीतिले गलत धार लिंदा सर्वसाधारण जनताले कसरी र कति दु:खपीडा बेहोर्नुपर्ने रहेछ–यै एकल घटनाले बुझ्न र बुझाउन काफी छ।       माओवादीको १० वर्षे सशस्त्र भूमिगत जनयुद्धले नेपालमा सबै राजनीतिक दल सँग आबद्ध नेता, कार्यकर्ता र समर्थकलाई जातीय राजनीति गर्ने अवसर र प्रश्रय पाउने अवस्था सृजना गर्‍यो। माओवादीले भूमिगत जनयुद्धबाट विश्राम लिंदै अन्य राजनीतिक दलसँग मिलेर ०६२/०६३ को जनान्दोलन गरेपश्चात् झनै जातीय राजनीति

२०७२ भदौ १४ गते सोमवारको प्रतीक दैनिक

२०७२ भदौ १४ गते सोमवारको प्रतीक दैनिक

प्रहरी र प्रदर्शनकारीबीच नगवामा झडप तीन राउन्ड अश्रुग्याँस प्रहार

Image
प्रस, वीरगंज, १३ भदौ/     मधेस बन्दको १६औं दिन सङ्घीय समावेशी मधेसी मोर्चा, पर्साले  नगवामा टेन्ट गाडेर सभा गरेको थियो। बाइपास सडकमा भएको सभा सम्पन्न हुनासाथ प्रहरीले टेन्टमा रहेका मानिसलाई हटाउन खोजेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको र पछि मोर्चाका कार्यकर्ताहरूलाई स्थानीय टोलवासीहरूले सघाउ गरी प्रहरीसँग भिडेका थिए। भीडन्तमा एक दर्जनभन्दा बढी घाइते भएका छन्।     नाउक्षे अस्पतालको तथ्याङक अनुसार रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवसमेत राजु गुप्ता, प्रभु यादव, शेख नूर आलम, महम्मद नूर आलम, अशोक गुप्ता घाइते भएका छन्।     प्रहरी र प्रदर्शनकारीबीच झडप चर्किदै गएपछि साँझपख प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। अश्रुग्याँस प्रहारका कारण केही समय प्रदर्शनकारीहरू तितरबितर भएका थिए ।     यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगंजमा प्रदर्शन र कोणसभा गर्‍यो। अनिश्चितकालीन हडतालको बिहानीपखको प्रदर्शनलाई निरन्तरता दिंदै घण्टाघरबाट जुलुस निकाली नगर परिक्रमा भएको थियो।     जुलुसको नेतृत्व मोर्चाका संय

एउटा धमिलो सङकेत

        प्रधानमन्त्री सुशील कोइरालाद्वारा आन्दोलनरत मधेसी दलहरूलाई वार्ताका लागि गरिएको आह्वानको जवाफमा मधेसी दलहरूको एउटा बैठकले चार शर्त राखेर वार्तामा बस्ने अडान लिएका छन्। मधेसवादी दलहरूले अघि सारेका चार शर्तहरू– ‘मधेस आन्दोलनका दौरान भएका २२ र ८ बुँदे सम्झौतालगायत विभिन्न आन्दोलनका समयमा भएका सहमति तत्काल कार्यान्वयन हुनुपर्ने’, दोस्रो ‘वर्तमान आन्दोलनको क्रममा सरकारद्वारा परिचालित सेना र सशस्त्र प्रहरी बल  फिर्ता गराउनुपर्ने’, तेस्रो ‘हालको संविधान निर्माण प्रक्रिया तत्काल स्थगित गरी सबैको सहमतिमा संविधान निर्माण हुनुपर्ने’ र चौथो ‘वर्तमान आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताहरूको बिनाशर्त रिहाइ र मृत्यु प्राप्त गरेकालाई शहीद घोषणा र क्षतिपूर्ति दिनुपर्ने’ रहेका छन्। मधेसवादी दलहरूका यी चार माग लिएर चारजना प्रतिनिधिले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका थिए। त्यसै क्रममा थारू आन्दोलनकारीहरूले पनि सात बुँदे माग अघि सार्दै हिजै प्रधानमन्त्रीलाई भेटेका छन्। प्रधानमन्त्री कोइरालाले मागपत्र बुझ्दै मागहरूप्रति आफू सकारात्मक रहेको बताएका छन्।     मधेसवादी दलहरूले संविधानको जारी म

प्रसव वेदनाभित्र अनुभूतिको आवश्यकता

Image
शङकरमान श्रेष्ठ दुई वर्षको टेकबहादुर साउद हाँस्दै, आँगनमा खेल्दै थियो, बाहिरको क्रन्दनबाट ऊ एकदमै बेखबर थियो, किनकि ऊ अबोध थियो गोली लाग्दा ‘दुख्यो आमा’ भन्न पनि ऊ असमर्थ थियो किनकि सदाको लागि सुतिसकेको थियो उसका कलिला अनुहारले एउटै प्रश्न सोधिरहेको थियो, आखिर मेरो ‘गल्ति’ के थियो ?     यस्ता अमानवीय घटना युद्ध, सशस्त्र द्वन्द्व, राजनैतिक प्रतिशोधको अवस्थामा राजनैतिक दमनको बेला घट्ने गरिएको पाइन्छ। भारतीय स्वतन्त्रता आन्दोलन दमन गर्न संसद्को जननी कहलिएको देश बेलायतले सन् १९४२ तिर यस्ता अमानवीय घटनाका दृष्टान्त प्रस्तुत गरेको थियो। आमाकै अगाडि बालकलाई काँडेतारले बाँधी जिउँदै जलाएका थिए । आइमाइहरूलाई निर्वस्त्र पारी कपालमा आगो लगाई निहत्थामाथि गोली चलाएका थिए। पञ्जाबको जालियावाला बागमा तीनतिरबाट बाटो थुनी आमसभामाथि गोली चलाएका थिए। त्यस बेला जनरल डायरको गोलीले न बूढाबूढी देख्यो, न आइमाई, न केटाकेटी नै। सन् १९३७ मा जापानी सेनाले चीनको एउटा शहर नानकिङ कब्जा गरी महिलाहरूलाई बलात्कार गर्‍यो। जुन घटना ‘रेप अफ नानकिङ’को रूपमा चिनियाँहरूको मस्तिष्कबाट विस्मृत हुन सकेको छैन।     नेपालको सन्दर्भ

पराकम्पन

Image
कुमार रुपाखेती     भैचालोको पराकम्पनभन्दा राजनैतिक पराकम्पन डरलाग्दो र खतरनाक हुन्छ भन्ने सन्देश अहिले आम नेपालीले महसुस गर्दै गइरहेका छन्।     मुलुकले नयाँ संविधान पाउने यस महत्त्वपूर्ण घडीमा संविधानलाई ओझेलमा पार्ने खालका राजनैतिक पराकम्पन लगातार, दिनहुँ मुलुकभरि नै जान थालेका छन्। तराईका केही जिल्लाहरू यस पराकम्पनहरूले पूर्णरूपमा खलबलिएको छ। कुन बेला, कहाँ, कति रेक्टरको राजनैतिक पराकम्पन हुने हो, कुनै दल र नेताले भविष्यवाणी गर्न सक्ने अवस्था छैन। स्वस्फूर्त नभै नियोजित रूपमा हुने यस्ता राजनैतिक पराकम्पनहरूले हत्या, हिंसा, साम्प्रदायिक सद्भाव बिगार्ने खालको मात्र नभै मुलुकको कानुन र सम्प्रभुतालाई नै चुनौती दिइरहेको आभास हुन थालेको छ।     राजनैतिक मतभेदको नाममा संविधानसभा त्यागेर मधेसका सबैजसो दलका नेताहरू मधेस झरिसकेका छन्। सरकारसँगको असहमति र सरकारको ज्यादतीविरुद्ध मधेस तताउन उनीहरू यहाँ आएको जोकोहीलाई पनि थाहै छ। तर ताप्केको सट्टा बिंड तातिनाले तराईमा गोलमाल र भद्रगोलको अवस्था सिर्जना भएको छ। राजधानीमा रमाइरहेका मधेसी नेताहरू तराई झरेपछि केही हदसम्म मधेस तात्नु स्वाभाविक हो।     दो

कथा प्रधानाध्यापकको, व्यथा शिक्षणको

Image
अनन्तकुमार लाल दास     सन्दर्भ पर्सा जिल्लाकै हो। एकजना सरकारी विद्यालयका शिक्षकसँग यसो शिक्षणबारे रमाइलो चिया–गफ हुँदै थियो । अहिले बन्द–हडतालको समयमा नयाँ–पुराना साथीहरूसँग गफ गर्नुबाहेक अरू सिर्जनात्मक काम नै के हुन सक्छ ? बन्दमा यस्ता सिर्जनात्मक काम गर्नुबाहेक हामीसँग अर्को विकल्प नै के हुन्छ ? यी शिक्षकले बडो रोचक कथा सुनाए। विद्यालयको शौचालयभित्र जसलाई छात्रहरूले प्रयोग गर्छन् त्यहाँ पर्खालमा लेखिएको थियो र त्यो लेखाइले हेडमास्टरबारे कस्तो बुझाइ रहेछ प्रकट भइरहेको थियो। त्यसमा लेखिएको थियो ‘हे’बाट हेपाहा प्रवृत्ति, ‘ड’ बाट डरत्रास र धम्कीपूर्ण व्यवहार ‘मा’बाट मानवीय सम्वेदना नभएको ‘आधा स’बाट स्मरण शक्ति कमजोर भएको, ‘ट’ बाट टर्रो र झर्रो व्यवहार र ‘र’बाट रवाफीपन। हेर्दा कुनै उडन्ठेउलो विद्यार्थीको बदमाशी होला जस्तो लाग्छ तर त्यस्तो लेख्ने कोही विद्यार्थीले एउटा प्रधानाध्यापकबारे कस्तो सोच राख्छ र त्यो सोचप्रति निरपेक्ष नभएर उसले आफ्नो कुरा शौचालयको पर्खालमा लेखिदिएको बुझ्नुपर्छ। प्रत्येक अक्षरको एउटा छुट्टै अर्थ निकाल्न सक्ने विद्यार्थी पक्कै सृजनशील हुनुपर्छ र मेधावी हुनुपर्छ।

२०७२ भदौ १३ गते आइतवारको प्रतीक दैनिक

२०७२ भदौ १३ गते आइतवारको प्रतीक दैनिक

२०७२ भदौ १२ गते शनिवारको प्रतीक दैनिक

२०७२ भदौ १२ गते शनिवारको प्रतीक दैनिक

रक्षाबन्धन, जनैपूर्णिमा मनाइयो आन्दोलनका कार्यक्रम अघोषित बन्द

Image
प्रस, वीरगंज, १२ भदौ/     हिन्दू धर्मावलम्बीहरूले शनिवार जनैपूर्णिमा तथा ऋषितर्पणी पर्वका साथै  रक्षाबन्धन अर्थात् राखी पर्व धूमधामका साथ मनाए।     आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि हिन्दूहरूले आज बिहान स्नान गरी नयाँ जनै लगाउनुका साथै ब्राह्मण पुरोहितको हातबाट रक्षाबन्धन धारण गरेका छन। तराई–मधेसमा भने आजको दिन दिदीबहिनीहरूको हातबाट दाजुभाइहरूले राखी बाँधेका छन् । दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने हिन्दू धार्मिक परम्परा छ।     लामो समयदेखि तराई क्षेत्र बन्दको चपेटामा परेको र शुक्रवार–शनिवार दुई दिन मात्र बन्द अघोषितरूपमा केही खुकुलो गरिएकाले टाढा रहेका धेरैजना दाजुभाइ–दिदीबहिनीहरूको भेट हुन पाएन ।     मधेस आन्दोलनको १५ औं दिन शनिवार वीरगंजमा आन्दोलन गरिरहेका दुवै मोर्चाले रक्षाबन्धन पर्व प्रभावित नहोस् भनेर घोषितरूपमा आन्दोलन फिर्ता नलिए पनि अघोषितरूपमा आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका थिए। शनिवार विरोध प्रदर्शन तथा कोणसभाहरू भएनन्। आइतवारदेखि आन्दोलनका कार्यक्रमहरूले निरन्तरता पाउने मोर्चाका नेताहरूले बताएका छन् । प्रस, गंजभवानीप

स्वास्थ्य चौकीमा औषधि छैन

प्रमोद यादव, रङगपुर, १२ भदौ/     पर्साको कौवावनकटैया स्वास्थ्य चौकीमा विगत डेढ महिनादेखि औषधिको अभाव छ।     निश्शुल्क पाउने सामान्य औषधिसमेत स्वास्थ्य चौकीमा पाउन छोडेको  सेवाग्राही सलिम अन्सारीले गुनासो गरे ।     सरकारले विभिन्न ७० किसिमका औषधि निश्शुल्क प्रदान गर्ने व्यवस्था गरेको भए तापनि यस भेगको स्वास्थ्य चौकीमा पच्चीस किसिमका औषधि निश्शुल्क दिंदै आएको थियो। यसरी दिंदै आएको औषधिसमेत पाउन छाडेपछि सर्वसाधारण सेवाग्राही समस्यामा परेका हुन्।     कोवावनकटैया स्वास्थ्य चौकीमा दैनिक ६० देखि ७० जनासम्म सेवाग्राहीहरू आउने गरेका स्वास्थ्य चौकी इन्चार्ज अहेब वीरेन्द्र साहले बताए। स्वास्थ्य चौकीमा औषधि नभएकोले सेवाग्राहीलाई रित्तो हात फर्काउन बाध्य भएको इन्चार्ज साहले बताए।     जिल्ला जनस्वास्थ कार्यालयमा लिखित र मौखिक जानकारी गराइरहेको भएपनि औषधि नआएको उनको भनाइ छ।     जिल्ला जनस्वास्थ्य पर्साका प्रमुख अरुणकुमार महतोले भने बन्द हडतालको कारण सरकारी गाडी चल्न नपाएकोले स्वास्थ्य चौकीहरूमा औषधि पुर्‍याउन नसकिएको बताए। बन्दी खुल्ने बित्तिकै जिल्ला मातहतका सबै स्वास्थ्य चौकीहरूमा आवश्यक औषधिहरू प

टीकापुर परिदृश्य : पाठ र प्रश्न

Image
ओमप्रकाश खनाल     कैलालीको टीकापुर घटना अहिले धेरै अर्थमा संविधान निर्माण प्रक्रिया र प्रदेश सीमाङ्कनको विरोधमा जारी आन्दोलनको प्रतीकात्मक परिदृश्य बनेको छ। चार राजनीतिक शक्तिहरूबीच जेठ २५ गते भएको १६ बुँदे सहमतिसँगै शुरू भएको असन्तुष्टिको चरम तर अमानवीय रूप हो, टीकापुर घटना। लोकतन्त्रमा कुनै पनि विषयको छिनोफानोको प्रक्रिया, प्रतिक्रिया र विरोध स्वाभाविक हुन् भन्दैमा हिंसामा उत्रिने छुट कसैलाई हुँदैन । हिंसा राज्यको तर्फबाट होओस् वा आन्दोलकारीबाट दुवै निन्दनीय छ।     टीकापुरमा जसरी निर्मम तरिकाले प्रहरी र नाबालकको हत्या भयो, त्यसको जति नै आलोचना गरे पनि पर्याप्त हुँदैन । टीकापुर घटनाको अन्तर्यसँग जोडिएर भिन्नभिन्न तथ्य र तर्कहरू बाहिर आइराखेका छन्। तिनको ओज के कति छ भन्ने कुराको पनि छिनोफानो होला। तर यो घटनाको प्रस्थानबिन्दु जहाँबाट भयो र जुन विषयमा आन्दोलन शुरू भयो, त्यो सन्दर्भ यतिखेर पनि उत्तिकै उत्कर्षमा छ।     प्रदेश सीमाङ्कनमा देखिएको असन्तुष्टि अहिले सडकमा पोखिएको अवस्था छ। आन्दोलनको रापमा तराई–मधेस सेकिए पनि असर सबै क्षेत्रमा विस्तार भइराखेको छ। सरकारले समस्या समाधानका लागि

जीवन आनन्दमय हुन्छ गरेर त हेरौं

१. प्रात: उठेर धरती मातालाई प्रणाम गरौं, आमाबुबालाई प्रणाम गरौं। आमाबुबालाई कष्ट दियौं भने दु:खी रहनेछौं। सुख दियौं भने हमेशा अगाडि बढिरहनेछौं। २. आमाको सेवा गरौं, प्रसन्न राखौं, तीर्थयात्रा, देवपूजन– सबै पूरा हुन्छ। बाहिरबाट आउँदा आमाले अनुहारमा हेर्छिन् सन्तान भोको छ कि, तर परिवारले मेरो लागि के ल्याएको छ भनेर हेर्छ। ३. जीवनमा सत्यभन्दा ठूलो कुनै धर्म छैन। सदैव सत्य बोल्नुपर्छ। सत्य–भाषणबाट अपार शक्ति प्राप्त हुन्छ। ४. आफ्नो शक्ति अनुसार गरीब, असहाय र खाँचो परेको व्यक्तिको मदत गर्नुपर्छ, तत्क्षण आनन्दको अनुभूति हुनेछ। ५. जीवनमा कुनै यस्तो कुनै काम नगरौं जसले दिउँसोको चैन र रातिको निद्रा हराओस् । ६. कसैलाई माया गर्छौं भने माया पाउँछौं, गाली गर्छौं भने गाली पाउँछौं, अनि किन प्रेमको संसार नबसाउने ? आनन्द नै आनन्दको अनुभूति हुनेछ। ७. बेइमानी कसैसँग पनि नगरौं। यसबाट अर्जित धनले तिम्रो आफ्नै इमानदारीको कमाइको सम्पत्ति पनि बरबाद हुन्छ र सन्तानले पनि बेइमानी नै सिक्छन् । ८. अरूको राम्रो मात्र हेर, आफ्नो भने सधैं कमजोरी हेर र त्यसलाई हटाउने कोशिश गर। भविष्य निश्चय नै आनन्दमय हुनेछ । ९. चरित्

फोरम लोकतान्त्रिक सङ्घीय मोर्चामा सामेल

Image
प्रस, वीरगंज, ११ भदौ/     मधेस आन्दोलनको १३ औं दिन बिहीवारदेखि सडकमा उत्रेको मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पर्सा शुक्रवारदेखि सङ्घीय समावेशी मधेसी मोर्चामा सामेल भएर आन्दोलन गर्ने भएको छ।     राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साको आदर्शनगरस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपूर मियाँले शुक्रवारदेखि आफ्नो पार्टी सङ्घीय समावेशी मधेसी मोर्चामा सामेल भएर आन्दोलनमा उत्रने बताए। उनले आन्दोलनलाई अझ सशक्त पार्नका लागि मोर्चामा सामेल भएको दाबी गरे ।     मधेस मुद्दामा मोर्चाले आन्दोलन गरिरहेको र आफूहरू पनि सोही मुद्दालाई लिएर आन्दोलनमा होमिएको हुँदा समान माग पूरा गर्न एकताबद्ध भएको बताए।     पत्रकार सम्मेलनमा मोर्चाका नेता नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेल, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादव, रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहले फोरम नेपाल लोकतान्त्रिक मोर्चामा सामेल भएपछि मोर्चा थप मजबुत भएको बताए।     उनीहरूले आन्दोलनलाई सार्थक पार्नका लागि सबै दलहरू एक जुट भएर आन्दोलन गर्नुपर्ने र त्यसको लाग

लोकतान्त्रिक मोर्चाद्वारा १४ औं दिन पनि प्रदर्शन, कोणसभा

Image
प्रस, वीरगंज, ११ भदौ/     आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार १४ औं दिन पनि वीरगंजमा जुलुस प्रदर्शन र कोणसभा गरेको छ।     बिहान घण्टाघरबाट मोर्चाका संयोजक प्रदीप यादवको नेतृत्वमा निकालिएको विरोध जुलुसले नगरपरिक्रममा गरेको थियो ।     जुलुसमा स्वायत्त मधेस प्रदेशको माग गरिएको थियो भने मधेसीलाई अधिकारसम्पन्न गरिनुपर्ने भन्दै मधेसी एकता जिन्दाबादको नारा लगाइएको थियो।     यसैगरी मोर्चाले बन्दको १४ औं दिन पनि घण्टाघरमा कोणसभाको आयोजना गर्‍यो।     कोणसभामा मोर्चाका स्थानीय नेताहरूले मन्तव्य व्यक्त गर्दै मधेसको माग सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए। उनीहरूले प्रहरी दमनको भत्र्सना पनि गरे। सो सभामा आन्दोलनलाई अझ सशक्तरूपमा सञ्चालन गर्न जनसमुदायलाई सहभागिताका लागि नेताहरूले आह्वान पनि गरे।     यता अर्को मोर्चाले भने आज वीरगंजमा प्रदर्शन गरेन। तराईको महान् पर्व रक्षाबन्धनको अवसरमा शुक्रवार र शनिवार दुई दिन आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको सङ्घीय समावेशी मधेसी मोर्चाका नेता शिव पटेलले बताए। सिकेन्द्र पासवान, कलैया/     सङ्घीय फोरम नेपालका केन्द्रीय महासचिव रामसह

रक्षाबन्धनमा गाडी नचल्दा दाजुभाइ–दिदीबहिनी दु:खी

Image
प्रस, परवानीपुर, ११ भदौ/     तराईको महान् पर्व रक्षाबन्धनमा गाडी नचल्दा यसपालिको रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीहरूको लागि बेमजा भएको छ। पर्सा, बेल्वाकी श्रीदेवी कानु रक्षाबन्धनमा आफ्नो भाइलाई राखी बाँध्न माइतीघर बाराको कलैया जाने तयारीमा थिइन्। तर उनी कलैया जान नसक्ने भएकी छिन्। उनले आफ्नो ९ वर्षीय भाइ राजुलाई राखी बाँध्ने वचन दिएकी थिइन्। तराईमा जारी मधेस आन्दोलनको कारण आफ्नो वचन पूरा नहुने श्रीदेवी बताउँछिन्।     यो एउटा दिदीको पीडाको उदाहरण हो। तर यस्तै दु:ख र पीडा अन्य दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सहनुपरेको छ। बन्दले परिवारजनसँग मिलेर चाडपर्व मनाउने कार्यमा खलल पुर्‍याएको अधिकांश सर्वसाधारणले बताएका छन्। पर्वको अवसरमा बन्द खोल्नुपर्ने थियो, परवानीपुरका राम क्षेत्री कुशवाहाले बताए।     अन्य दिनमा मधेस आन्दोलनलाई सघाएकै छौं, पर्वको बेला नेताहरूले जनताको भावना त बुझिदिनुपर्छ, उनले गुनासो गरे। कतिपय चाहेर पनि आफ्ना दाजुभाइ वा दिदीबहिनीको घरमा जान सकिरहेका छैनन्। केही मोटरसाइकल, साइकल वा पैदल जान पनि सक्छन्। तर बसले जानुपर्ने स्थानमा  बन्दले अवरोध पुर्‍याएको छ। यसपालि रक्षाबन्धनक

एउटा नयाा मधुर मिलनको आनन्दमा

Image
सञ्जय साह 'मित्र'     आज यो कुरा भन्न अलिकति अप्ठ्यारो भइरहेको छ, मैले लामो समयपछि एउटा कथासङ्ग्रह आद्योपान्त पढेको छु। विगत केही वर्षदेखि ऐतिहासिक पृष्ठभूमिमा लेखिएका आख्यानहरू खोजेर पढ्नतिर रुचि गएको भएपनि आख्यानकै कथासङ्ग्रहभित्रका सबै कथाहरू भने पढ्न सकेको थिइनँ। कथामा पाश्चात्य विषयवस्तु बढी पस्किन थालेकोले मेरो रुचि उल्टो नदीतिर बगेको हुनुपर्छ। केही पुस्तकहरू किनें र केही प्राप्त भएका छन् तर एक/दुई कथालाई पढेर पढ्नु नपर्ने पुस्तकहरूतिर राखिदिएको छु वा अरूलाई दिइसकेको छु । मैले श्रद्धा गरेको अग्रज सर्जक विश्वराज अधिकारीको मधुर मिलन कथासङ्ग्रहको नाम र आवरणले मलाई तान्नै सकेन भन्दा मलाई अहिले आपैंmलाई दु:ख लागिरहेको छ। अमेरिकामा बसाइ भएको मान्छेको कथाको विषयवस्तु पनि उही वा उस्तै होला भन्ने मेरो पूर्वानुमानले मलाई कृतिले आकर्षित गर्न सकेको थिएन। विशिष्ट सञ्चारकर्मी चन्द्रकिशोरजीले पढ्नको लागि भन्दासम्म पनि मेरो अन्तर्हृदयले कृतिप्रति अनुराग उत्पन्न गराउन सकेको थिएन। साउनको दोस्रो हप्ता मेरो हातमा कृति पर्दासम्म पनि भित्री मनले पढ्न खोजिरहेको थिइनँ। तर एक दिन पुन: चन्द्

पाण्डवहरूको अज्ञातवास–१४

Image
उमाशङकर द्विवेदी     यो देखेर युधिष्ठिरले भीमसेनसित भने– "महाबाहो, त्रिगर्तराज सुशर्माले महाराज विराटलाई लिएर जाँदैछन्। तिमीले उनलाई छोडाऊ।" भीमसेनले भने– "महाराज, तपाईंको आज्ञाले म अहिले नै राजा विराटलाई सुशर्माबाट मुक्त गराउनेछु। यो सामुन्ने देखिएको रूख गदाभैंm देखिइरहेको छ, यसलाइ नै उखेलेर यसद्वारा नै शत्रुसेनालाई सोतर पारिदिनेछु।" भीमसेनको कुरा सुनेर युधिष्ठिरले भने– "भाइ भीमसेन यस्तो अतिमानुष कर्म नगर। यदि तिमीले यस्तो गर्‍यौं भने मान्छेहरूले तिमीलाई चिन्नेछन् र भन्नेछन्, यिनी त भीमसेन हुन्। त्यसैले तिमी कुनै मनुष्योचित अस्त्र लिएर जाऊ ।"     युधिष्ठिरको कुरा सुनेर भीमसेनले आफ्नो धनुष लिएर सुशर्मामाथि बाणवर्षा गर्न थाले। यो देखेर भाइहरूका साथ सुशर्मा आफ्नो धनुष लिएर प्रत्युत्तरमा भीमसेनमाथि जाइलागे। भीमसेन तथा सुशर्मा आपसमा भिडी हाले। भीमसेनले गदा लिएर राजा विराटकै सामुन्ने हजारौं रथी, गजारोही, अश्वारोही र प्रचण्ड धनुषधारी शूरवीरहरूलाई मारेर सोत्रयाम्म पारिदिए तथा अनेकौं पदाति सैनिकहरूलाई कुल्ची दिए। यस्तो विकट युद्ध देखेर रणोन्मत्त सुशर्माको सम्प

नेपालको शिक्षामा राजनीतिको प्रभाव

Image
मुकुन्द आचार्य     विनयराज गौतमद्वारा लिखित एवं तन्नेरी प्रकाशन, काठमाडौंद्वारा प्रकाशित पुस्तक– 'नेपालको शिक्षामा राजनीतिको प्रभाव' पढ्ने सुयोग हालसालै प्राप्त भयो । पुस्तकको शीर्षक रोचक लागेर तथा मेरो आफ्नो जीवनसमेत शिक्षा क्षेत्रमा व्यतीत भएको हुनाले शिक्षा र राजनीति दुवै क्षेत्रलाई छुने प्रस्तुत पुस्तकप्रति अभिरुचि जाग्नु मेरालागि सहज–स्वाभाविक थियो।     यस पुस्तकका रचयिता विनयराज गौतमले आफ्नो कृतिलाई अनुसन्धानात्मक भन्नुभएको छ। त्यसो त पुस्तकको शीर्षकले नै सो कुराको सङकेत गरेकै छ, तथापि संसारभरिका सम्बन्धित विद्वान, लेखकहरूको उद्गार–विचार–सम्मतिलाई पुस्तकमा स्थान दिएर पुस्तकको उपयोगिता अभिवृद्धि गर्न भरमग्दुर प्रयास रचयिताद्वारा इमानदारीका साथ गरिएको छ। बधाई छ १     शिक्षा र राजनीति दुवै समाजसँग घनिष्ठ सम्बन्ध रहेका पक्ष हुन्। दुवै एकअर्काको पूरक पनि हुन सक्छन्। राजनीतिले समाजलाई व्यवस्थित, सुरक्षित पार्दै अग्रगामी दिशातिर डोर्‍याउँछ भने शिक्षाले मानव समाजलाई प्रविधि, ज्ञान, विद्या आदिद्वारा सुसूचित–सुविज्ञ–सुदीक्षित बनाउने काम गर्छ। जेहोस्, राजनीति र शिक्षा दुवैले

प्रेम वा अभिमान प्रदर्शन ?

Image
विश्वराज अधिकारी  मैले दाइलाई भनें– "भाउजूले तपाईंलाई अति नै माया गर्नुहुँदो रहेछ। जहिले पनि मेरो पति यस्तो, मेरो पति उस्तो भनेर हजुरको बयान, गुणगान गर्नुहुन्छ।"     मैले थपें– "हजुर त भाग्यमानी हो दाइ। साँच्चै, यति प्रशंसा गर्ने पत्नी पाउनु भाग्यको कुरा हो। अस्ति एउटा पार्टीमा भेट भएको बेला उनका छेउछाउका सहआमन्त्रितहरूलाई हजुर यो शहरको नाम चलेको चिकित्सक हो, क्लिनिकमा बिरामीको जहिले पनि भीड हुन्छ रे। शहरका अरू कुनै चिकित्सकले निको पार्न नसकेको बिरामी तपाईंले निको पार्नुभयो आदि आदि कुराहरू सुनाउँदै हुनुहुन्थ्यो। सुन्नेहरू पनि उनका कुराहरू चाख लिएर सुन्दै थिए।"     मैले यति कुराहरू सुनाए तापनि अनादि दाइको मुहारमा कुनै पनि किसिमको प्रतिक्रिया देखिएन ।     "दाइ त आफू काम गर्ने संस्थामा पदोन्नति पाएर प्राध्यापक पनि हुनुभएछ। अनि तलब पनि बढ्यो रे। आफ्नो विषयमा विशेषज्ञता हासिल गर्न एक वर्षपछि अमेरिका पढ्न जाँदै हुनुहुन्छ। उताबाट फर्केपछि अहिले बसेको सानो घर भाडामा दिएर ठूलो सरभेन्ट क्वाटर, गार्डरूमसमेत भएको नयाँ घर बनाउने । यी सबै कुराहरू पनि त्यहीं पार्टीमा भा

मधेसी समाजको कार्यसूची

Image
चन्द्रकिशोर करिब दश वर्ष पहिले गजेन्द्रनारायण स्मृति प्रतिष्ठानद्वारा तत्कालीन भारतीय राजदूत श्यामशरणको बिदाइ समारोह आयोजना गरिएको थियो। त्यो समारोहको अध्यक्षता नेता राजेन्द्र महतोले गरेका थिए। तराईको विकासप्रति बढी चिन्ता र चासो देखाउने कूटनीतिज्ञ श्यामशरणले त्यहाँ भनेका थिए– "नेपालको तराई क्षेत्र भारतको लागि मात्र होइन, नेपालको लागि पनि निकै महत्त्वपूर्ण क्षेत्र हो। नेपालको लागि महत्त्वपूर्ण कुन अर्थमा छ भने, नेपालको विकासका लागि, नेपाललाई अगाडि बढाउनु छ भने तराईको विकास हुनुपर्दछ अन्यथा नेपालको विकास सम्भव छैन।"  छिमेकी विहारका बासिन्दा श्यामशरणले  उक्त बिदाइ समारोहमा बडो प्रस्ट शब्दमा मधेसी नेता र अभियन्ताहरूलाई लक्षित गर्दै अभिमत दिए– "तपाईंको सामुन्ने एकता एउटा चुनौती हो। म देखिरहेको छु, तपाईंको सामुन्ने जुन चुनौतीहरू छन्, ती धेरै ठूला चुनौतीहरू हुन्। सामाजिक चुनौतीहरू छन्, राजनीतिक चुनौतीहरू छन्, आर्थिक चुनौतीहरू छन्, तर एक्लै यी सबै समस्याहरूको सामना गर्ने कोशिश गरियो भने सफल हुन सकिंदैन। तर एकसाथ मिलेर यी चुनौतीहरूको सामना गर्नका लागि तपाईंहरू अग्रसर हुनुभयो

रक्षाबन्धन पवित्र बन्धन

Image
    रक्षाबन्धन एक सम्पूर्ण पवित्रताको व्रत धारण गर्ने एवं पवित्र स्नेहको बन्धनको महान् पर्व हो। जसले मनुष्य आत्माहरूलाई हृदयको कलुषित वासनाहरू काम, क्रोध एवं देह अभिमानका सम्पूर्ण विकारहरूबाट मुक्ति दिलाएर आन्तरिक पवित्र वृत्ति बनाइ आत्मालाई योगी र योग्य एवं यथार्थ सुख शान्तिको अनुभूति गराउँछ। अन्तत: (राखी) रक्षाबन्धन यस्तो पवित्र बन्धन हो, जसले सङकल्पमा समेत शुद्धता, स्वच्छता र पवित्रता धारण गर्न साहस दिलाउँछ।     हुनत रक्षाबन्धनको दिनमा ब्राह्मणले पनि आफ्ना यजमानलाई, दिदी बहिनीहरूले आफ्ना भाइलाई राखी (स्नेहको निमित्त) रक्षाको निमित्त स्नेह बन्धन बाँध्ने प्रचलन चल्दै आएको छ। वास्तवमा कलियुगको अन्त्यमा अर्थात् धर्मग्लानिको बेला सृष्टिका मनुष्यहरू (आत्माहरू) काम, क्रोध, लोभ, मोह, अहङकार आदि विकारहरूको वशीभूतमा डुबेर नकारात्मक ऊर्जा, हत्या–हिंसाको वृद्धि, अन्याय, अत्याचार, उपद्रो, ज्वालाको प्रकोप, प्राकृतिक आपदा, सङकट, भय, त्रास, पारिवारिक, सामाजिक, राजनैतिक, देश, विदेशका समस्याहरूले घेरिएको अति दु:ख एवं अशान्तिले पिरोलिरहेको बेला नवसृष्टिका स्रष्टा (रचयिता) सर्व आत्माका पिता परमात्मा नि

जस्तो आदर त्यस्तै सत्कार जनता मार्दैछ निकम्मा सरकार

Image
वैद्यनाथ ठाकुर     गएको सोमवार पश्चिम तराईको टीकापुरमा अनपेक्षित घटना घट्यो। यसको जति निन्दा गरे पनि थोरै हुन्छ। तर प्रश्न उठ्छ, यस्तो दु:खद घटना घट्यो किन ? हुनत सरकारले यस सम्बन्धमा छानबिन गर्न एक उच्चस्तरीय आयोग पनि गठन गरिसकेको छ। त्यसले छानबिनपछिको प्रतिवेदन बुझाउँला नै। दोषी–निर्दोषी छुट्याउला नै।     आजभोलिको संसारलाई सूचना र सञ्चारको संसार पनि भनिन्छ। सरकारसँग सूचना सङकलन गर्ने दृश्य–अदृश्य अनेकौं साधनहरू छन् तर टीकापुरमा भएको घटनाको सूचना किन सङकलन हुन सकेन। त्यसको लागि जिम्मेवार केवल सिडिओ र डिआइजी मात्रै हुन्, जसलाई मन्त्रालयमा फिर्ता बोलाएपछि सरकारी जिम्मेवारी पूरा भयो वा गृहमन्त्री महोदयले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो।     कुनै पनि राजनीतिक समस्यालाई बल प्रयोग गरेर समाधान गर्न खोजियो भने ठूला–ठूला दुर्घटनाहरू निम्तिने गर्दछन् भन्ने राम्रो अनुभूति यति बेलाको सरकारसँग छ। सरकारमा रहेका नेपाली काङ्ग्रेस तथा नेकपा एमालेले आफ्नै इतिहासलाई एकचोटि दोहोर्‍याएर हेर्दा मात्र पुगिहाल्छ। तत्कालीन अवस्थामा संविधानभन्दा पनि माथि रहेका महाराजा महेन्द्रमाथि जनकपुरमा नेपाली

२०७२ भदौ ११ गते शुक्रवारको प्रतीक दैनिक

२०७२ भदौ ११ गते शुक्रवारको प्रतीक दैनिक

१३ औं दिन पनि बन्द जारी, रक्षाबन्धनमा बजार खोल्न फोरम लोकतान्त्रिकको आह्वान

Image
प्रस, परवानीपुर, १० भदौ/     वीरगंजमा आन्दोलनरत दुईवटा मोर्चा र आजदेखि आन्दोलनमा सहभागी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गरी तीनवटा समूहले नाराबाजी, जुलुस प्रदर्शन र कोणसभा गरेका छन्  । नेपाल सद्भावना पार्टीले साउन ३० गतेदेखि भदौ १ गतेसम्म तीन दिने मधेस बन्दबाट शुरु भएको बन्द आज १३ औं दिन पनि जारी छ ।     आज पनि बिहानैदेखि चोकहरूमा आन्दोलनकारीहरूले टायर बालेर बन्द सफल पार्न गरेको आह्वानस्वरूप लामो तथा सानो दूरीका सवारीसाधनहरू सञ्चालनमा आएनन् । शिक्षण संस्थाहरू पनि आज १३ औं दिन खुल्न सकेन ।     आजदेखि आन्दोलनमा होमिएको फोरम नेपाल लोकतान्त्रिकले वीरगंजमा प्रदर्शनपछि परवानीपुरमा आयोजना गरेको कोणसभामा सो पार्टीका जिल्ला अध्यक्ष शशिकपुर मियाँले शैक्षिक संस्था खोलिनुपर्ने तर्क गरे । उनले तराईको महानपर्व रक्षाबन्धनको अवसरमा पनि बजार दुई दिन खुला गर्न अपील गरे । तर हिजो रेडियो वीरगंजले गरेको संवादमा सङ्घीय समावेशी मधेसी मोर्चाका समाहित रामपसाका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि रक्षाबन्धन पर्वको अवसरमा दुई दिन बन्द खुला गर्ने आग्रहलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका संयोजक प्रदीप