प्रस, वीरगंज, १४ साउन/
क्षेत्रीय अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, हेटौंडाले हालै नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी प्रशासन नियमावली २०६३ संशोधन गरेको विरुद्ध अख्तियारले चासो देखाएको छ।
टोलीले हिजोदेखि नारायणी उपक्षेत्रीय अस्पतालका कर्मचारीसँग बयान लिन शुरु गरेको र आज कर्मचारीको बयान सकिएको छ। उपसचिव प्रकाश पौडेलको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले हिजोदेखि अस्पतालका कर्मचारी तथा स्थानीय बासिन्दासँग सेवा सुविधा तथा आर्थिक अनियमितताको विषयमा गोप्य ढङगले बुझेको पनि छ।
क्षेत्रीय अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, हेटौंडाले हालै नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी प्रशासन नियमावली २०६३ संशोधन गरेको विरुद्ध अख्तियारले चासो देखाएको छ।
टोलीले हिजोदेखि नारायणी उपक्षेत्रीय अस्पतालका कर्मचारीसँग बयान लिन शुरु गरेको र आज कर्मचारीको बयान सकिएको छ। उपसचिव प्रकाश पौडेलको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले हिजोदेखि अस्पतालका कर्मचारी तथा स्थानीय बासिन्दासँग सेवा सुविधा तथा आर्थिक अनियमितताको विषयमा गोप्य ढङगले बुझेको पनि छ।
नियमावलीमा के छ ?
नाउक्षे अस्पतालको कर्मचारी प्रशासन नियमावली २०६३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले नाउक्षे अस्पताल विकास समिति (गठन) आदेश, २०४९ को दफा १० ले दिएको अधिकार प्रयोग गरी नियमावली २०६३ १६.१ कमा यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाको बखत अस्पतालमा कम्तीमा ५ वर्ष वा सोभन्दा बढी अविछिन्न रूपमा करार वा स्थायी सेवामा कार्यरत रहेका र यस नियमावली
बमोजिम सेवा प्रवेशको लागि तोकिएको न्यूनतम योग्यता हासिल गरेका कर्मचारीलाई स्थायी गर्नको लागि दरबन्दीको अधीनमा रही अस्पतालले
एकपटकको लागि मात्र आन्तरिक विशेष प्रतियोगात्मक परीक्षाबाट स्थायी गर्ने गरी नियमावली संशोधन गरिएको छ ।
अख्तियारको टोलीले आज प्रमुख मेसु डा.रामपरीक्षण यादवसँग बिहान ७ बजेदेखि १ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गोप्य कोठामा बयान लिएको छ। करिब ६ घण्टा गोप्य बयानबारे भने केही बताइएको छैन।
नाउक्षे अस्पतालले केही डाक्टर तथा कर्मचारीहरूलाई स्थायी गर्न नाउक्षे अस्पताल कर्मचारी प्रशासन नियमावली संशोधन गरी २०७२ ल्याएको विरुद्ध अन्य कर्मचारीले उजुरी हालेपछि अख्तियारले चासो देखाएको हो।
विगतमा समितिले गरेको निर्णय उल्टाउँदै स्वार्थको लागि नाउक्षे अस्पताल विकास समिति गठन, आदेश २०४९ को दफा १० ले दिएको अधिकार अनुसार नियमावली परिवर्तन गर्नु गैरकानुनी भएको भन्दै उजुरी गरेपश्चात अख्तियारको टोलीले प्रमुख मेसु डा.यादवसँग लामो बयान लिएको हो। केही डाक्टर र कर्मचारीको स्वार्थपूर्तिका लागि विभागले प्रमुख मेसु डा. यादवलाई नाउक्षे पठाएको आरोप उजुरीमा छ । स्रोतको अनुसार अख्तियारको टोलीले आर्थिक अनियमितता, विकास निर्माण, अस्पतालमा भएको सामग्रीको दुरुपयोग, सेवा प्रभावित भएको भन्दै अख्तियारमा उजुरी परेको हो।
स्रोतका अनुसार अख्तियारको टोलीले अस्पताल विकास समितिले विगतमा गरेको निर्णय अख्तियार लगायत अन्य माथिल्लो निकायले पठाएको पत्र कार्यान्वयन प्रक्रियामा भएको ढिलाइबारे प्रमुख मेसु डा. यादवसँग सोधपुछ गरेको बताएको छ।
स्रोतका अनुसार अस्पतालमा कार्यरत डाक्टरहरूमध्ये केही डाक्टरहरू राजनीतिक हिसाबले मन्त्रालय नजिक रहेकाले उनीहरूलाई स्थायी गर्नका लागि नियमावली संशोधन गर्न लगाई गैरकानुनी काम गरेको अख्तियारको ठहर छ। प्रमुख मेसु डा. यादवले जलेश्वर अस्पतालमा गरेको अनियमितताको विषयमा समेत अख्तियारमा केही वर्षअघि उजुरी
परेको र सोबारे पनि अख्तियारले सोधपुछ गरेको स्रोतले जानकारी गराएको छ।
नारायणी अस्पतालका मेसु डा. रामशङकर ठाकुरले केही डाक्टर तथा कर्मचारीहरूलाई काखापाखा गरी स्थायी प्रक्रियामा ढिलाइ गरेको आरोप लगाउंदै मन्त्रालयले तीन महिना अघि डा. रामपरीक्षण यादवलाई प्रमुख मेसु बनाई पठाएको थियो। डा. यादव आएपछि पहिलो काम नियमावली संशोधन गरिएको छ। यस विषयमा प्रमुख मेसु डा. रामपरीक्षण यादवसँग बुझ्दा अख्तियारले सोधपुछ गरेको स्विकार्दै आन्तरिक कुरो भएकोले सार्वजनिक गर्न नमिल्ने बताए।