विश्वराज अधिकारी
हामी आर्थिक विकासका कुराहरू गर्छौ र आर्थिक विकासलाई व्यक्ति र परिवारको सम्पन्नतासँग जोड्छौं, भौतिक सुखबाट पाउने सन्तुष्टिको आकारलाई हेर्छौ। अनि आर्थिक सम्पन्नतालाई आम्दानीका विभिन्न स्रोतहरूसँग जोड्छौं । यसैगरी विभिन्न किसिमका खर्च र खर्च गर्ने सक्ने क्षमतालाई पनि आर्थिक सम्पन्नतासँग जोड्छौं। तर आम्दानी र खर्च दुवैलाई अति प्रभावित गर्ने सामाजिक परम्पराका कुराहरू भने गर्दैनौं। हाम्रो आर्थिक जीवन वा समृद्धिलाई प्रभावित गर्ने कतिपय सामाजिक कुप्रथालाई त परिवर्तन गर्न समेत चाहँदैनौ र तिनलाई बिनासङकोच निरन्तरता दिन चाहन्छौं। ती कुप्रथामाथि उल्टो सन्तुष्टिका साथ गर्व गर्छौं। एउटा गतिलो आम्दानी
(पेशा, व्यवसाय वा अन्य स्रोतबाट आर्जित आय) ले व्यक्ति, परिवार र सम्पूर्ण समाजको आर्थिक अवस्था सुधार गर्न जति ठूलो योगदान पुर्याएको हुन्छ त्यसभन्दा हजारौं गुणा बढी प्रभाव मात्र एक कुप्रथाले पारेको हुन्छ। र त्यो कुप्रथाले व्यक्ति र परिवारलाई गरिबी र कुसंस्कारको दलदलबाट बाहिर निस्कन दिंदैन। अनि हाम्रो अरण्यरोदन शुरु हुन्छ। हामी गरिब भएर अवसरहरू गुमायौ, दु:ख पायौ भन्ने क्रन्दन निस्कन थाल्छ। कुप्रथा पटक्कै पोषण नभएको त्यस्तो माटो हो जसबाट राम्रो बिरुवा
(व्यक्ति वा परिवार) ले जन्म लिने शून्य सम्भावना हुन्छ।
तिलक, दहेज, भोजभतेर, विवाहमा भड्किलो खर्च (सम्पूर्ण गाउँ वा शहरले सुन्ने गरी बैन्डबाजाको ध्वनि) खर्चिलो चाडबाड आदिआदिले नेपालीहरूलाई गरिब तुल्याउन विशेष भूमिका खेलेका छन्। नेपाली समाजमा कुप्रथाहरूले जरा गाडेका विभिन्न उदाहरण प्रस्तुत गर्ने हो भने एउटा पुस्तक नै बन्छ होला। त्यस कारण यो छोटो लेखमा केवल केही प्रतिनिधि उदाहरणहरू मात्र प्रस्तुत गर्ने प्रयास गरेको छु।
सभ्यता विकासको क्रमसँगै नेपाली समाजमा विद्यमान कुप्रथाले व्यक्ति वा परिवारलाई परिश्रमी, धैर्यवान र आशावादी होइन, घमण्डी, अधैर्यवान र विद्रोही हुन सिकायो। हरेक समस्याको समाधान असन्तोष, बल एवं हिंसाले खोज्न उक्सायो। व्यक्तिहरूलाई परिश्रम होइन, फुस्रो गर्व गर्न सिकायो। फोस्रो आदर्श एवं प्रदर्शनमा बाँच्ने परम्परा विकसित गर्न लगायो। माथिको कुरालाई पुष्टि गर्न सानो तर समाजमा आकाश जत्तिकै फैलिएर कुप्रभाव पार्ने एउटा उदाहरण पेश गरौं। नेपालमा एसएलसी को रिजल्ट आएपछि लाग्छ दूर्गापूजा वा फागुजस्तो कुनै महान् चाड आएको होस्। यो चाडलाई स्कूल, शिक्षक, पास हुने विद्यार्थी र उक्त विद्यार्थीको परिवार वा नातागोता एवं परिचितहरूले धुमधामका साथ मनाउँछन्। फूल, अबीरको सिजन शुरु हुन्छ।
हाम्रा यतिजना विद्यार्थीले फस्र्ट डिभिजनमा परीक्षा पास गरे। पास हुने विद्यार्थीहरूलाई हार्दिक बधाई। हामीलाई हाम्रो विद्यार्थीहरूको सफलतामा ठूलो गर्व छ। विभिन्न स्कूलहरूका यस किसिमका विज्ञापनहरू अनेक पत्रपत्रिकाहरूमा देखा पर्न थाल्छन्। यस किसिमका विज्ञापनहरूले पत्रपत्रिकाहरूको पाना भरिन थाल्छ।
मैले वा हामीले पढाएको विद्यार्थीहरूले एसएलसीमा यस्तो (उच्च) नतिजा प्राप्त गरे। यतिजनाले प्रथम श्रेणी प्राप्त गरे। यतिले यस्तो गरे, यतिले उस्तो गरे। यस किसिमले शिक्षकहरूले पनि, मौखिमरूपमा नै भए पनि, आफ्नो विज्ञापन गर्न थाल्छन्।
यसपछि विज्ञापन गर्ने पालो आउँछ विद्यार्थीको अविभावक, नातागोता वा शुभचिन्तकहरूको। विद्यार्थीका अभिभावक एवं सम्बन्धितहरूले हाम्रो फलानो, हाम्रो चिलानो, हाम्रो यो वा ऊले परीक्षामा उच्च नतिजा पाएकोमा हामी खुशी छौं। सफल हुने फलानोलाई शुभकामना। एसएलसीको रिज्ल्ट निस्केपछि यस किसिमका विज्ञापनहरू पत्रपत्रिकाहरूमा च्याउ उम्रेझैं देखा पर्न थाल्छ।
कुनै एक विद्यार्थी उच्च, प्रथम वा अति राम्रो श्रेणीमा पास हुनुको ‘जस’ स्कूल, शिक्षक र अभिभावकले लिने क्रम शुरु हुन्छ। यसरी जस लिनुलाई पूर्णतया नराम्रो मान्न सकिंदैन। तर त्यो जस लिने कार्य गर्व वा घमण्डमा रूपान्तरित हुन्छ। कुनै एक विद्यार्थी पास हुनुलाई स्कूल एवं अभिभावकहरूले आफ्नो गर्व (घमण्ड) को विषय बनाउँछन्। अति फुलेर गर्व गर्छन् र विद्यार्थीलाई पनि गर्व गर्न सिकाउँछन्। आफ्नो गर्वको पत्रपत्रिकामार्फत् प्रदर्शन गर्छन्। परिणाम के हुन्छ भने पास हुने विद्यार्थीले परीक्षामा पास हुनलाई आफ्नो परिश्रमसँग जोडेर हेर्नुको साटो आफ्नो मेधा शक्तिसँग जोड्छ र उसमा शुरु हुन थाल्छ घमण्ड गर्ने बानी। अनि यस किसिमका विद्यार्थीले अध्ययन समाप्त गरेर व्यावहारिक जीवनमा प्रवेश गरेपछि आफ्नो व्यवहारमा घमण्ड देखाउन थाल्छ (केही अपवादबाहेक। उसले आफूलाई एक सामान्य व्यक्ति होइन, विशेष व्यक्ति देख्न थाल्छ र समाजबाट विशेष व्यक्तिको व्यवहार पाउने अप्रत्यक्ष माग गर्न थाल्छ। म एउटा अस्पतालको प्रशासन विभागमा कार्यरत हुँदा प्रशासनमा आउने धेरै किसिमका गुनासाहरूमध्ये एक– डाक्टर साहेबले मसँग राम्रो व्यवहार गर्नुभएन, मेरो कुरा पूरा सुन्नुभएन, जाँच्नका लागि नाडीसम्म पनि समात्नुभएन अरू कुराको परीक्षण त परको कुरा भयो। यसरी हामी आफैंले, प्रारम्भमा नै गर्व गर्न सिकाएको व्यक्तिहरूबाट पछि कसरी नम्रताको अपेक्षा गर्ने ? नेपालको सन्दर्भमा, परीक्षामा राम्रो नतिजा ल्याउनेहरू इन्जिनियर, डाक्टर बन्ने सबैलाई ज्ञात भएको कुरा हो।
एसएलसी परीक्षाको सार्वजनिक रूपमा नतिजा प्रकाशनको अर्को अति दु:खद पाटो न केलाउने हो भने यो चर्चा नै अधूरो रहन जान्छ। सबैलाई ज्ञात भएको कुरा हो एसएलसी परीक्षाको नतिजा प्रकाशित भएपछि परीक्षा दिनेहरूमध्ये आधा जति असफल हुन्छन् । एक लाख विद्यार्थीले परीक्षा दिएका छन् भने करिब तीसदेखि चालीस हजार विद्यार्थी त फेल हुन्छन् नै। सर्वप्रथम फेल हुने विद्यार्थीहरूको मनोविज्ञानको चर्चा गरौं। पास हुने विद्यार्थीहरूको भने माला र अबीरले भव्य स्वागत हुने, पत्रपत्रिकाहरूमा नाम मात्र होइन, चित्रसमेत प्रकाशित हुने र पास हुनेहरूका लागि स्कूल, शिक्षक, अभिभावक, समुदाय, क्षेत्र, जिल्ला र देशले नै प्रतिष्ठित भएको गर्व गर्ने तर फेल हुने विद्यार्थीहरूको हैसियत भने कम पढ्ने, पढाइमा ठग्ने, अभागी, भुसकौल विद्यार्थीमा गणना हुने । कति ठूलो विडम्बना र कत्रो विकराल कुसंस्कार १ यो, बहुसङ्ख्यकले प्रत्येक वर्ष देखेको तथ्य हो। हो कि होइन ? यस किसिमको फरक व्यवहार ती फेल हुने कलिला मष्तिष्कका विद्यार्थीहरूले कसरी झेल्ने ? समाजले दिएको त्यो भेदभावपूर्ण व्यवहारको पीडा कसरी बर्दास्त गर्ने ? ती बिचराहरूले जीवनको सही किसिमले अनुभवसमेत गर्न पाएका हुँदैनन्। यस्तो अवस्थामा त्यत्रो ठूलो मानसिक आघात कसरी बेहोर्ने ? कतिपय फेल हुने विद्यार्थीहरूले यस्तो स्थिति झेल्न सक्दैनन् र गलत निर्णय गर्दै आत्महत्या गर्न पुग्छन्। परीक्षाको नतिजा प्रकाशित भएपछि कतिपय असफल हुने विद्यार्थीहरूले आत्महत्या गरेको हामीले सुनेकै र देखेकै हो। अर्कोतिर केही अपवाद छाडेर कुरा गर्ने हो भने त्यसरी फेल हुनुमा विद्यार्थीको दोष पटक्कै हुँदैन । गलत शिक्षा नीति, अक्षम शिक्षक, अकुशल अध्यापन पद्धति, अभिभावकको कमजोर आर्थिक स्थिति वा रेखदेखमा कमी, देशको राजनैतिक र सामाजिक स्थिति (बन्द, हडताल, जुलुस, राजनैतिक दलहरूद्वारा विद्यार्थीको उपयोग, चाड पर्व आदि), अव्यावहारीक परीक्षा (कपी जाँच) पद्धति आदिले विद्यार्थीहरूलाई असफल गराउन ठूलो भूमिका खेलेको हुन्छ। तर विडम्बना, अरूहरूले गरेका कमजोरीहरूलाई असफल विद्यार्थीको कमजोरी ठहर्याएर हाम्रो गलत सामाजिक मान्यताले उनीहरूलाई हीन मनोविज्ञान
(ज्गmष्ष्बितभम एकथअजययिनथ) लिएर बाँच्न बाध्य गराइदिन्छ। विद्यार्थीहरूले पनि अरूहरूको कमजोरीलाई आफ्नो कमजोरी सम्झेर हीनभावना पाल्न शुरु गर्छन्। अनि अर्कोतिर आफैंले हीन मनोविज्ञान निर्माण गरिदिएको व्यक्तिहरूबाट समाजले अति राम्रो व्यवहारको अपेक्षा गर्दछ। असफल भएका विद्यार्थीहरू सजिलै आपराधिक कार्यतिर लाग्न सक्छन् किनभने उनीहरूको हीन मनोविज्ञानले उनीहरूलाई त्यस्तो कार्य गर्न उक्साउँछ। नेपालमा बहुसङ्ख्यक व्यक्ति एस्एलसीमा पास हुने हो र उनीहरूले सजिलै रोजगार पाउने हो भने नेताहरूलाई जुलुस निकाल्न र पुलिसमाथि ढुङगा प्रहार गर्ने मान्छे पाउन अवश्य पनि मुश्किल पर्नेछ।
बुझ्नुपर्ने कुरा के हो भने एक वा दुई वर्षसम्म निर्धारित विषय नियमित पढ्ने विद्यार्थीले त्यो विषय राम्ररी बुझेको हुन्छ र राम्ररी बुझ्नु त्यो विषममा त्यो व्यक्ति पास भए सरह हो। यो पद्धति यस. एसएलसीमा लागू गरेर धेरैजना फेल हुने परिपाटीलाई निरुत्साहित गर्न सकिन्छ । एसएलसी माध्यमिक शिक्षा हो, उच्च शिक्षा होइन।
त्यस किसिमले परीक्षाफल प्रकाशित गरेर विद्यार्थीमा हीन मनोविज्ञान निर्माण गराउने परिपाटी समाप्त गरियोस्। एसएलसीको नतीजा सम्बन्धित विद्यालयले सम्बन्धित विद्यार्थीलाई मात्र गोप्यरूपमा दिने व्यवस्था होस्। यस्तो गरिएमा असफल विद्यार्थी हीनभावनाको शिकार हुन पाउँदैन। समाजमा उच्च मनोविज्ञान लिएर हिंड्न सक्छ। देशले पनि सक्षम नागरिक पाउँछ।
विकसित राष्ट्रहरूका विश्व विद्यालयहरूमा सम्बन्धित विद्यार्थीलाई बाहेक अरू कसैलाई पनि उक्त विद्यार्थीको परीक्षाको नतिजा दिंइँदैन। यहाँसम्म कि विद्यार्थीका बाबुआमा समेतलाई पनि दिंइँदैन। विद्यार्थीको बाबुआमाले लिन खोजे भने विद्यार्थीको लिखित सहमतिमा मात्र लिन पाउँछन्। एउटा विद्यार्थीले अर्को विद्यार्थीको परीक्षाको नतिजा हेर्न पाउँदैन। परीक्षाको नतिजा सार्वजनिक रूपमा प्रकाशित हुँदैन। यसरी गोप्यता कायम गरेर विकसित देशहरूमा पास नहुने विद्यार्थीहरूको मनोबल उच्च राख्ने कार्य गरिन्छ। त्यस कारण नेपालमा पनि विद्यार्थीहरूको मनोबल बढाउने कार्य होस् । यसका लागि नीतिहरू बनून् र कार्यान्वयन होस्। तर सार्वजनिकरूपमा परीक्षाको नतिजा प्रकाशित गरेर कलिला युवाहरूको मनोविज्ञान बिगार्ने कार्य नगरियोस्।
तर अफसोच १ सार्वजनिकरूपमा परीक्षाको नतिजा प्रकाशित गरेर, पास हुनेहरूको मात्र वाहवाही गरेर, अति राम्रो श्रेणीमा पास हुनेहरूलाई फूलमाला लगाइदिएर, उसको सार्वजनिकरूपमा जय जयकार गरेर, अर्कोतिर फेल हुनेलाई अप्रत्यक्ष तिरष्कार गरेर हामी अक्षम, घमण्डी, निराशावादी, विद्रोही, हिंसक, अपराधी नागरिक आफ्नै व्यवहारका (नीति, पद्धति) कारण उत्पादन गरिहरेका छौं।