प्रेम लामा, ठोरी, १३ साउन/
ठुटेखोलाबाट बग्ने कुलोको मुहान भारतीय पक्षले जबरजस्ती भत्काएर लगेपछि तीन दिन यता सिर्जित विवाद समाधान भएको छ ।
इप्रका ठोरीमा दुवै देशका अधिकारीहरूबीच सम्पन्न लामो छलफल पछि भएको मौखिक सहमतिपश्चात् विवाद समाधान भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन् ।
नेपालीको लुटिएको सामान फिर्ता गर्ने, दोषीलाई कारबाई गर्ने, सीमा क्षेत्रमा नेपालीमाथि दुव्र्यवहार हुन नदिनेलगायत आश्वासन भारतीय पक्षले दिएपछि नेपाली पक्षले पनि भारतीय पक्षले प्रयोग गर्ने कुलोमा ४० प्रतिशत पानी छाड्न तयार भएपछि विवाद टु·िएको हो ।
भारतीय पक्षले नेपालीको लुटिएको सामान फिर्ता गरेपछि आआफ्नो कुलोमा पानी लैजाने सहायक प्रजिअ जोशीले बताए । वार्तामा सहभागी भारतका एसडिएम कौशल कुमार र एसएसबीका कमान्डेट अमितकुमार ठाकुरले परम्परादेखि जसरी दुवै देशका जनताले कुलोको पानी प्रयोग गर्दै आएका छन् त्यसरी नै त्यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । नेपाली पक्षले भने आफ्नो भूमिको पानी भारतीय पक्षलाई प्रयोग गर्न दिंदासमेत नेपालीमाथि कुटपिट हुने, कुलोको मुहान भत्काउने, सडकको पुलपुलेसो भत्काउनेजस्ता कार्य गरेको भन्दै पानी नदिने अडान राखेको थियो ।
वार्तामा नेपालतर्फबाट पर्साका सहायक प्रजिअ शिवराज जोशी, सशस्त्रका एसपी भीमबहादुर थापा, नेपाल प्रहरीका डिएसपी वीरबहादुर ओली, सशस्त्रका डिएसपी मोहन क्षत्रीलगायतको सहभागिता थियो ।
भारतीय पक्षबाट भने एसडिएम कौशल कुमार, एस एसबीका कमान्डेड अमितकुमार ठाकुर, सुभद्रा थानाका प्रमुखलगायतको सहभागिता थियो ।
वार्तामा निर्मलबस्ती गाविसका पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ, स्थानीय समाजसेवी रामबहादुर श्रेष्ठ, ठाकुर न्यौपाने, ठोरी गाविसका तर्फबाट समाजसेवी घनश्याम महत, रामप्रकाश कुवँर, नेपाली पक्षले प्रयोग गर्ने कुलोका मोहीहरूका प्रतिनिधि सहभागी थिए ।
पानीको विषयलाई लिएर भएको कुलोको मुहान क्षेत्रमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर दुवै देशका तर्फबाट उच्च सुरक्षा व्यवस्था गरिएको थियो ।
सोमवार दिनभर दुवै पक्षबीच ढु·ा हानाहान हुँदा भारतीय पक्षले प्रहार गरेको घुएत्रोले लागेर एकजना प्रहरी जवानसहित चारजना नेपाली घाइते भएका थिए ।
सीमावर्ती भारतीय गाउँ भवानीपुर, एकवा, परसौनी र खैरेटियाका मानिसहरू हतियारसहित नेपाली पक्षले प्रयोग गर्ने कुलो भत्काएर पानी लैजान लागेपछि दोहोरो झडप भएको थियो ।
यस वर्ष खडेरी परेका कारण पानीको मुहानमैं पानीको स्रोत घटेको कारण भारतीय पक्षले नेपालको भूमिमा रहेको कुलोको मुहान भत्काउन थालेपछि विवादले उग्र रूप लिएको थियो ।
आइतवार नेपालीहरू भारतीय बजार गएर फर्कने समयमा सुभद्र नजिकैको ज·लमा सामान खोसेर दुव्र्यवहार गरेपछि आज दिनभर सीमा क्षेत्र तनावग्रस्त बनेको थियो । सोमवार वीरगंजबाट ठोरी आइरहेको वैदेही बसमाथि समेत भारतीयहरूले ढु·ामुढा गरेका थिए ।