उमाशङ्कर द्विवेदी
यस प्रकार कुराकानी गरेर दुवैले शेष रात्रि बडो विकलताले व्यतीत गरे तथा आफ्नो उग्र सड्ढल्पलाइ मनमैं लुकाइराखे । बिहान भएपछि कीचक पुन: राजमहलमा गयो तथा द्रौपदीसित भन्यो–“सैरन्ध्री, हिजो देख्यौ मेरो प्रभाव । राजसभामा राजाको सामुन्ने नै तिमीलाई भुइँमा लडाएर मैले लातीले हानेको थिएँ ।” अब तिमी मजस्तो वीर बलवानको हातमा परिसकेकी छयौ । मबाट अब कसैले पनि तिमीलाई बचाउन सक्दैन । विराट त भन्नको लागि मात्र मत्स्य देशका राजा हुन्, वास्तवमा मैं यहाँको सेनापति र स्वामी हुँ । त्यसैले तिमी खुशीपूर्वक मलाई स्वीकार गर । म तिम्रो दास भइहाल्नेछु ।”
द्रौपदीले भनिन्–“कीचक, यदि यस्तो कुरा छ भने मेरो एउटा शर्त स्वीकार गर । हामी दुवैको मिलनबारे तिम्रा भाइ तथा मित्रहरूलाई पनि थाहा नहोओस् ।” कीचकले भन्यो–“सुन्दरी, तिमीजस्तो भन्दछयौ, त्यस्तै गर्नेछु ।” द्रौपदीले भनिन्– “राजाले जुन नृत्यशाला बनाएका छन्, त्यो रात्रिको समयमा चकमन्न रहन्छ । अत: अँध्यारो भइसकेपछि तिमी त्यही आइपुग, म त्यहीं हुनेछु ।” यस प्रकार कीचकसित कुरा गरेपछि द्रौपदीलाई शेष आधा दिन पनि महिनौंभैंm लाग्न थाल्यो । तत्पश्चात् कीचक दर्पले भरिएर आफ्नो घर गयो । त्यस मूर्खलाई थाहै थिएन कि सैरन्ध्रीको रूपमा उसको मृत्यु आइपुग्दैछ ।
त्यहाँबाट फर्केर द्रौपदी सोझै पाकशालामा पुगेर आफ्नो पति भीमसेनसित भनिन्– “परन्तप, तपाईंले भने अनुसार मैले कीचकलाई नृत्यशालामा भेट्ने सड्ढेत गरिसकेकी छु । ऊ रात्रिको समय त्यस एकान्त स्थानमा एक्लै आउनेछ । अत: आज उसलाई अवश्य नै मारिहाल्नुहोस् ।” भीमसेनले भने– “म धर्म, सत्य तथा भाइहरूको शपथ खाएर भनिरहेको छु, जसरी इन्द्रले वृत्रासुरलाई मारेका थिए, त्यसै प्रकारले आज म कीचकलाई मार्नेछु । यदि मत्स्य देशका कुनै मानिस उसको सहायतामा आए भने आज म उनीहरूलाइ पनि मारिहाल्नेछु । त्यसपछि दुष्ट दुर्योधनलाइ पनि मारेर पृथ्वीको राज्य प्राप्त गर्नेछु ।” द्रौपदीले भनिन्– “नाथ, तपाईं मेरोलागि सत्यको त्याग नगर्नुहोला । आफूलाई गुप्त राखेर नै कीचकलाई मार्नुहोला ।” भीमसेनले भने– “हुन्छ, तिमीले जे भनिरहेकी छयौ, त्यही गर्नेछु । आज कीचकलाई उसका बन्धु–बान्धवसहित मार्नेछु ।”
यसपछि भीमसेन रात्रिको समयमा नृत्यशालामा गई लुकेर बसे तथा सिंहले मृगको घातमा बसेभैंm कीचकको प्रतीक्षा गर्न थाले । यस बेला पाञ्चालीको साथमा समागम हुने आशाले कीचक पनि सजिसजाउ भएर नृत्यशालामा आएर सड्ढेतस्थल सम्झी नृत्यशालाभित्र पस्यो । त्यति बेला नृत्यशालाभित्र अँध्यारो तथा चकमन्नता व्याप्त थियो । अतुलित पराक्रमी भीमसेन त त्यहाँ पहिलेदेखि नै आएर एकान्तमा एउटा ओछयानमा पल्टेका थिए । दुर्मति कीचक पनि त्यहीं आइपुगेर द्रौपदी भनेर उनलाई नै छामछुम गर्न थाल्यो । द्रौपदीको अपमानको कारणले भीमसेन त्यति बेला क्रोधको ज्वालामा रन्किरहेका थिए । काममोहित कीचक उनको छेउमा पुगेर हर्षले उन्मत्तचित्त भएर मुस्काउँदै भन्यो– “सुभ्रू, मैले अनेक प्रकारका जुन धन सञ्चित गरेको छु, त्यो जम्मै म तिमीलाई अर्पण गर्दैछु तथा मेरो जुन धन–रत्नादिले सम्पन्न सयकडौं दासीहरूबाट सेवित, रूपलावण्यमयी रमणीरत्नहरूले विभूषित र क्रिडा एवं रतिका सामग्रीहरूले सुशोभित भवन छ, त्यो पनि तिम्रोलागि न्योछावर गरेर म तिम्रो छेउमा आएको छु । मेरो अन्त:पुरकी नारीहरूले अकस्मात् मेरो प्रशंसा गर्दै भन्छन् कि तपाईंजस्तो सुन्दर भेषभूषाले सुसज्जित र दर्शनीय अर्को कुनै पुरुष छैन ।” भीमसेनले भने–“तिमी दर्शनीय छौ, यो त रमाइलो कुरो हो, तर तिमीले यस्तो स्पर्श पहिले कहिल्यै पनि गरेका छैनौ होलाऊ ।” यति भनेर महाबाहु भीमसेन अनायास ओछयानबाट उफ्रेर हाँस्दै भने– “हरे पापी, तिमी पर्वतको समान बडो जीउडालका रहेछौ, तर सिंहले जसरी विशाल गजराजलाई घिसार्दछ, त्यसै प्रकारले आज म तिमीलाई भुइँमा पछारेर घिसार्नेछु तथा तिम्री बहिनीले हेर्नेछे । यस प्रकारले तिमी मरेपछि सैरन्ध्री विचरण गर्नेछिन् तथा उनका पति पनि आनन्दले आफ्नो दिन बिताउनेछन् ।” त्यसपछि भीमसेनले त्यसको पुष्पगुम्फित कपाल समाते । कीचक पनि बडो बलवान थियो । उसले भीमसेनको हातबाट आफ्नो कपाल फुत्काएर बडो फुर्तीको साथ दुइटै हातले भीमसेनलाई समात्यो । अनि ती क्रोधित पुरुष सिंहहरूमा परस्पर बाहुयुद्ध हुन थाल्यो । दुइटै बडो वीर थिए । उनीहरूका भुजाहरूको आपसी घर्षणले बादल गर्जनजस्तै ठूलो आवाज आउन थाल्यो । प्रचण्ड आँधी जुन प्रकारले रूखहरूलाई हल्लाउँछ, त्यसै प्रकारले भीमसेनले कीचकलाई नृत्यशालामा चारैतिर फन्फन्ती घुमाउन थाले । महाबली कीचकले पनि घुँडाले हानेर भीमसेनलाई भुइँमा लडाइदियो । भीमसेन दण्डपाणि यमराजभैंm बडो वेगले उभे । भीमसेन र कीचक दुवैजना बडो बलवान थिए । यस बेला स्पर्धाको कारणले उनीहरू झन् उन्मत्त भए तथा आधा रातिको बेला त्यस निर्जन नाट्यशालामा एक अर्कालाई मर्दन गर्न थाले । उनीहरू क्रोधमा भीषण गर्जना गर्दथे, जसको कारण त्यो भवन गुञ्जायमान हुन्थ्यो । अन्तमा भीमसेनले क्रोधमा उसको कपाल समाते र उसलाई थाकेको देखेर यस प्रकारले आफ्नो बाहुमा कसे, जसरी दाम्लोमा कुनै पशुलाई बाँधिन्छ । अब कीचक फुटेको दमाहाभैंm जोडजोडले डुक्रन थाल्यो र भीमसेनको हातबाट फुत्कने प्रयासमा छट्पटिन थाल्यो । भीमसेनले उसलाई कैंयनपटक पृथ्वीमाथि घुमाउँदै उसको घाँटी समातेर कृष्णको कोपलाई शान्त पार्नको लागि त्यसलाई निमोठ्न थाले । यस प्रकार जब उसको सम्पूर्ण आ· छियाछिया भयो तथा उसको आँखाको पुतली बाहिर निस्कियो, अनि उनले उसको पिठयूँमाथि आफ्नो दुइटै घुँडा टेकेर आफ्नो भुजाहरूले आफूतिर तानेर उसलाई पशुभैंm मारिदिए । क्रमश:...