कविराज सुवेदी
नेपाली भाषा हिजो खास वर्ग र समुदायको भाषा थियो। आज कुनै खास जाति र वर्गको भाषा रहन गएन। यो भाषा सरकारी कामकाजको भाषा हो। माध्यम भाषा हो। बहुसङ्ख्यक नेपालीहरूको मातृभाषा हो। विभिन्न विषय अध्ययन गर्नेहरूको अभिव्यक्तिको माध्यम हो। व्यापार, व्यवसाय र सञ्चारमा लाग्नेहरूको रोजीरोटीको भाषा हो। त्यसैले नेपाली भाषा अब कुनै खास वर्गसँग मात्र सरोकार राख्ने भाषा रहेन। नेपाली भाषामा आएका परिवर्तनलाई आम नेपालीले वा सरोकारवालाले स्वीकारेको खण्डमा मात्र वास्तविकरूपमा परिवर्तन आएको मानिनेछ। अहिले नेपाली भाषामा वर्ण विन्यासगत परिवर्तन आएका छनस जुन परिवर्तन खास व्यक्तिबाहेक अन्य सरोकारवालालाई पनि थाहा हुन सकेको छैन। यही समस्यालाई यथासम्भव प्रस्तुत गर्ने प्रयास गरेको छु।
पृष्ठभूमि
नेपाली भाषाको उत्पत्ति संस्कृत भाषाबाट प्राकृत र अपभ्रंश हुँदै भएको हो। नेपाली भाषाको पहिलो प्रयोग वि.सं. १०३८ मा दुल्लुको अभिलेखमा पाइन्छ। त्यसपछि सोर्हौं शताब्दीसम्म यो भाषाको प्रयोग ताम्रपत्र, कनकपत्र, शिलालेख आदिमा पाइन्छ। अठारौं शताब्दीसम्ममा भास्वती, खण्डखाद्य, जातक पद्धति, गगनिराजको यात्रा जस्ता ग्रन्थहरू देखा परे। गोरखापत्रको प्रकाशनसँगै नेपाली भाषाको विकास र विस्तार भएको हो। भाषाको विकाससँगै भाषिक परिवर्तनका विभिन्न आन्दोलनहरू पनि भएका छन्। तीमध्ये हलन्त बहिष्कार आन्दोलन र झर्रोवादी आन्दोलनलाई महत्त्वपूर्ण मानिन्छ। छन्द मिलाउने नाममा जहाँ पायो त्यहाँ वर्णमा हलन्त (खुट्टा काट्ने) राख्ने प्रचलन थियो। जसले गर्दा छापाखानामा समस्या हुनुका साथै भाषा पनि विरूप देखिन्थ्यो। त्यसैले वि.सं. १९६५ मा राममणि आदीले अनावश्यक हलन्त लेख्न पाइँदैन भन्ने आन्दोलन चलाए, त्यसको विरोध शिखरनाथ सुेवेदीलगायतले गरे। लेखनाथ पौड्याल, चक्रपाणि चालिसेलगायतले समर्थन गरे। पछिल्ला व्याकरणहरूले पनि नियम बनाए, त्यो आन्दोलन सफल भयो। त्यसैगरी नेपाली भाषाका रचनामा कि त अङ्ग्रेजी, हिन्दी र उर्दूको प्रभाव पथ्र्यो कि त संस्कृत भाषाका अप्रचलित शब्दको प्रभाव पथ्र्यो। त्यसको विरोधस्वरूप वि.सं. २०१३ सालमा तारानाथ शर्मा, बालकृष्ण पोखरेल, बल्लभमणि दाहालले नेपाली भाषामा नेपाली शब्दकै प्रयोग हुनुपर्छ भनेर झर्रोवादी आन्दोलन चलाए। त्यसपछि संस्कृत र अन्य भाषाका शब्दहरूको प्रभाव कम भयो। त्यसैले समयसँगै भाषामा परिवर्तन देखिनु अस्वाभाविक होइन, किनकि भाषा जटिलबाट सरलतिर बग्छ। अहिलेको भाषिक परिवर्तन पनि त्यसैको एउटा कडी मैले ठानेको छु।
नेपाली भाषाको अवस्था
कुनै समयमा नेपाली भाषा जनबोलीमा मात्र सीमित थियो। विभिन्न आरोह–अवरोह पार गर्दै यो भाषा मानक नेपाली भाषा बन्यो। अब नेपाली भाषालाई आधुनिक भाषा बनाउनु आवश्यक छ। आधुनिक भाषा बनाउनका लागि विज्ञान प्रविधिमा नेपाली भाषाको पहुँच बढाउनु आवश्यक छ। त्यसका लागि कम्प्युटरीकृत शब्दकोश, कम्प्युटरीकृत वर्णविन्यास, कम्प्युटरीकृत अनुवाद प्रणालीको विकास गर्नु आवश्यक छ। त्यसैले आज कोशीय एकाइहरू प्रविधिगत दृष्टिबाट परिवर्तन गर्नु आवश्यक छ। लेखन व्यवस्थाले कोशीय एकाइहरूलाई जति स्पष्टताका साथ चिनाउन सक्छ, त्यति बढी कम्प्युटरले भाषाका प्रयोक्ताहरूलाई सहयोग पुर्याउन सक्छ। नेपाली भाषा कम्प्युटरीकृत प्रयोग नहुनुमा नेपाली भाषाको लेखन व्यवस्था धेरै मात्रामा जिम्मेवार देखिन्छ। आजको यान्त्रिक युगमा कम्प्युटरीकृत भाषाको शक्ति र सीमालाई बुझेर अगाडि बढ्नु जरुरी छ। अन्यथा यस भाषाको प्रयोग क्षमता साँघुरिंदै जान सक्छ। अर्कोतिर नेपाली भाषा नेपालमा बस्ने सम्पूर्ण नेपालीको माध्यम भाषा हो। यस भाषालाई खसहरूको भाषा हो भन्ने विचारबाट मुक्त गराउनु पनि आजको आवश्यकता हो। त्यसैले प्रचलनमा चलेका नेपालभित्रका अन्य राष्ट्रभाषाका शब्दलाई नेपाली शब्दकोशमा भित्र्याएर सबै नेपालीले अपनत्व महसुस गर्ने भाषा बनाउनु पनि त्यत्तिकै आवश्यक देखिन्छ। यिनै आवश्यकतालाई हृदयङगम गरी वर्णविन्यासगत परिवर्तन गर्नु आवश्यकता छ।
नेपाली भाषाका समस्याहरू
नेपाली भाषा विद्यालयीय शिक्षादेखि उच्च शिक्षासम्म अनिवार्य विषयका रूपमा राखिएको छ। नेपाली भाषाको स्तरोन्नति गर्नका लागि नेपाल सरकारले विभिन्न समितिहरू बनाएको छ। विश्वविद्यालयका नेपाली विषय समिति, नेपाली भाषा शिक्षा विषय समिति, उच्च माध्यमिक शिक्षा परिषद्, पाठयक्रम विकास केन्द्र, साझा प्रकाशन जस्ता समिति र प्रकाशकले नेपाली भाषाको परिवर्तनमा अहम् भूमिका खेल्छन् तर यी समितिहरूले नेपाली भाषामा गरेका परिवर्तनका बीच तालमेल नखाइदिंदा सामान्य पाठक, स्रोता, विद्यार्थीवर्गमा अन्योलता कायम भएको छ। साथै व्यापक छलफल, अन्तक्र्रिया र गोष्ठी नगरीकनै पाठ्यक्रम र पाठ्यपुस्तकमा परिवर्तन गरिदिनुले झन् अन्योलता थपिदिएको छ। अझ त्यसमा पनि पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिबिना नै पाठ्यपुस्तक लेख्ने र विद्यालयमा त्यही पुस्तक लगाइदिनाले विद्यार्थी, शिक्षक र अभिभावक मारमा परेका छन्। त्यस्ता पुस्तकमा धेरै वर्णविन्यासगत त्रुटि भेटिन्छन्।
नेपाली भाषामा देखिएका वर्णविन्यासगत त्रुटि, पदयोग र पदवियोगसम्बन्धी विवाद र लेखाइसम्बन्धी समस्याको विवाद समाधान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठी वि.सं. २०६७ पुस २७ देखि २९ गतेसम्म वैरागी काइँलाको उपस्थितिमा तीन दिने गोष्ठी गर्यो। त्यसमा पनि विद्वानहरू मतैक्य हुन सकेनन्। फरक मतसहितको घोषणापत्र जारी गरे।
मतैक्य भएका बुँदाहरू
१. तत्सम शब्दका पञ्चम वर्णका निम्ति वैकल्पिकरूपले शिरबिन्दुको पनि प्रयोग गरिनेस जस्तै: अङ्क/अंक, पञ्चम्/पंचम्।
२. इच्छार्थक क्रियापदको बीचमा आउने ‘उ’ ह्रस्व लेख्नेस जाउन्, पढुन्, लेखुन्।
३. व्यक्तिवाचक नाम प्रचलन अनुसार लेख्नेस लक्ष्मीप्रसाद, मानबहादुर।
मतैक्य हुन नसकेका बुँदाहरू
१. सङ्ख्यावाचक शब्दको शुरू र मध्यमा ह्रस्व लेख्नेस तिस, बिस, बत्तिस।
२. क्षतिपूर्ति दीर्घीभवनलाई ह्रस्व लेख्नेस जस्तै: ठिक, बिच, तिलो, ठुलो, फुल।
३. संयुक्त क्रियामा छुट्टाछुट्टै आउने सबै इकारान्त दीर्घ लेख्नेस लेखी सकी हाल्छ, गरी दिई छ, ल्याई सकेको छ।
४. सँग, सित, तर्फ, तिर जस्ता नामयोगीलाई जोड्ने र बमोजिम, अनुसार, मुताबिक, अगाडि जस्तालाई छुट्टै लेख्ने।
५. नेपाली भाषाको सरलीकरणतर्फ अग्रसर हुने।
नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको यस गोष्ठीमा विद्वानहरू एकमत हुन नसक्नुको परिणाम अहिले नेपाली भाषाको लेखाइ अवस्था तीन धारमा अगाडि बढेको छ। अग्रगामी धार, यथास्थिति र मध्यममार्गी धार।
अग्रगामी धारले संयुक्त शब्दलाई पनि छुट्याएको देखिन्छ, जस्तै : विद्यार्थी, विद्वान, बत्तिस, उत्तर।
नेपाली भाषालाई विज्ञान प्रविधिमा प्रवेश गराउने हो भने सरलीकरणको आवश्यकता छ। वर्णविन्यासका नियमहरू धेरै बनाएर भाषालाई जटिल बनाउनुको कुनै अर्थ छैन किनकि भाषा सम्प्रेषणको माध्यम हो। भाषालाई जति सक्यो त्यति सरल बनाउनुपर्छ भन्ने राय अग्रगामी धारको रहेको छ। यो धारको नेतृत्व हेमङगराज अधिकारीले गरेका छन्। उनले नयाँ वर्णविन्यासमा आधारित समसामयिक नेपाली व्याकरण पनि लेखिसकेका छन्। यस धारको मुख्य विशेषता भनेको संयुक्त शब्दलाई छुट्याउनु, व्यञ्जन अन्तमा आउने दुई अक्षर वा सोभन्दा बढी अक्षरका नामयोगीलाई छुट्याएर लेख्नु, जस्तै– म लगायत, घर अगाडि, तिमी बाहेक आदि। संयुक्त क्रियापदलाई छुट्याउनु– गरि सकि हाले छ। दुई शब्दभन्दा बढी शब्दबाट बनेका समस्त शब्दलाई छुट्याउनु – दाल भात डुकु, लोक सेवा आयोग, तन मन धन आदि।
अर्को धार भनेको यथास्थिति अवस्थामा नै रहनुपर्छ भन्ने हो। भाषिक परिवर्तन कोठे बैठक बसेर हुँदैन, व्यापक छलफल र विचार विमर्श गरेर मात्र गर्नुपर्दछ। त्यसैले कसैले लहडमा गरिएको परिवर्तन स्वीकार्य छैन भन्ने मत यथास्थितिवादीहरूको रहेको छ। कृष्णप्रसाद पराजुलीले यो धारको नेतृत्व गरेका छन्।
मध्यममार्गीहरू पनि रहेका छन्। यथासम्भव परिवर्तन गर्दै जाने हो। अनिवार्यता छैन भन्नेहरू पनि छन्।
यस्तो परिस्थितिमा नेपाल सरकारले मिति २०६९ साउन २३ गते निर्णय गरेर वर्णविन्याससम्बन्धी पाठ्यक्रम विकास केन्द्रले बनाएको वर्णविन्याससम्बन्धी नियमपालना गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिइसकेको छ भने कक्षा ८ सम्म नयाँ वर्णविन्यास अनुसारको पाठ्यपुस्तक पनि निर्माण गरिसकेको छ। नेपाल सरकारले बनाएको नियम अग्रगामी धारसँग मिल्दो रहेको छ। उच्च शिक्षा परिषद्ले सबैको नेपाली पाठ्यपुस्तक प्रकाशन गरेर मध्यममार्गी बाटो अपनाएको छ। विश्वविद्यालयमा मिश्रित धारणा रहेको छ। तीनवटै धारका विद्वानले आआफ्नै मत अनुसार पाठ्यपुस्तक लेखेका छन् तर स्नातक नेपालीमा भने मध्यममार्गी बाटो नै अपनाएको पाइन्छ।
कुनै पनि भाषा समयानुकूल परिवर्तन हुनु आपैंmमा गर्वको कुरा हो। नेपाली भाषामा पनि सरलीकरणको आवश्यकता थियो, सोही अनुसार सरलीकरण केही हदसम्म भएको छ। विद्वानहरू एक मत नहुनु दु:खको कुरा हो। अझ त्यसमा पनि खुला विरोधमा उत्रनु हुँदैनथ्यो। जहाँ जे भएपनि विद्यालयीय पुस्तकहरूमा नेपाल सरकारले स्वीकार गरेको वर्णविन्यास लागू हुनुपथ्र्यो। निजी प्रकाशनले प्रकाशित गरेका पुस्तकमा त्यो अवस्था छैन। विश्वविद्यालयमा विद्वानको निजी विचार लादिएको छ। यस्तो अवस्था हुनुका पछाडि विद्वानहरूको अहम्को भावना नै हो। जसको कारण नेपाली भाषाको लेखाइ परम्परा दिग्भ्रमित बनेको छ। नेपाली कसरी लेख्ने ? भन्ने अन्योलता छाएको छ। सबैले मेरो गोरुको बार्है टक्का नभनी नेपाली भाषामा कस्तो परिवर्तन आवश्यक छ ? भन्ने कुरामा मनन गर्नु आवश्यक छ। कम्तीमा सबै क्षेत्रमा एकरूपता कायम गरेर अगाडि बढ्नु आजको आवश्यकता हो। अस्तु १
ठाकुरराम बहुमुखी क्याम्पस