प्रस, ठोरी, ११ साउन/
नेपाल–भारत सीमा क्षेत्र ठोरी सोमवार दिनभर तनावग्रस्त बन्यो । सिंचाइ कुलोमा पानी लैजाने विषयमा नेपाल र भारतका किसानहरूबीचको विवाद झडपमा परिणत भएपछि सिंचाइ कुलोको मुहान ठोरी–ठुटेखोला क्षेत्र दिनभर रणभूमि जस्तै बन्न पुग्यो ।
नेपालभित्रको सिंचाइ मुहानबाट भारतीय पक्षले आफूले प्रयोग गर्ने दुईवटा कुलोमा ७५ प्रतिशत पानी लैजाने अडान राखेपछि दुई दिनयता सीमा क्षेत्रमा तनाव बढेको थियो ।
सोमवार दिनभर दुवै पक्षबीच ढु·ा हानाहान हुँदा भारतीय पक्षले प्रहार गरेको घुयेंत्रोले लागेर एकजना प्रहरी जवानसहित चारजना नेपाली घाइते भएका छन् ।
घाइते हुनेमा इप्रका ठोरीमा कार्यरत प्रहरी जवान नन्दुलाल महतो, निर्मलबस्ती–१ रामनगर निवासी ५८ वर्षीय कृषक चन्द्रबहादुर मिजार, ४८ वर्षीय प्रेम सुँयाललगायत र निर्मलबस्ती –२ बुद्धनगर निवासी नारायणप्रसाद पाठक रहेका छन् ।
उनीहरूमध्ये प्रहरी जवान महतोको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई उपचारको लागि चितवनको नारायणगढतर्फ लगिएको छ ।
सीमावर्ती भारतीय गाउँ भवानीपुर, एकवा, प्रसौनी र खैरेटियाका मानिसहरू हतियारसहित नेपाल प्रवेश गरी नेपाली पक्षले प्रयोग गर्ने कुलो भत्काएर पानी लैजान लागेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । विवाद मिलाउन इप्रका ठोरीका प्रहरी निरीक्षक धु्रवकुमार श्रेष्ठले प्रयास गरिरहेको समयमा भारतीय
पक्षले एक्कासि ढु·ा, लाठी, घुयेंत्रो प्रहार गरे पछि दिउँसो २ बजेदेखि साँझ अबेरसम्म सीमा क्षेत्र तनावग्रस्त बनेको थियो ।
खडेरीको कारण पानीको मुहानमैं पानी घटेपछि भारतीय पक्षले नेपालको भूमिमा रहेको कुलोको मुहान भत्काउन थालेका हुन् । भारतीय पक्षको बलमिचाइ र हेपाहा प्रवृत्तिका कारण विवादले उग्र रूप लिएको निर्मलबस्तीका कृषक रोहित खड्काले बताए ।
आइतवार नेपालीहरू भारतीय बजार गएर फर्कने समयमा सुभद्रनजिकैको ज·लमा भारतीयहरूले सामान खोसेर दुव्र्यवहार गरेपछि सीमावर्ती नेपालीहरू रुष्ट बनेका छन् ।
तनावलाई नियन्त्रणमा लिन नेपाली पक्षका सशस्त्र प्रहरी र जनपद प्रहरीले भरपूर प्रयास गरेको भएपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कुनै प्रयास नगरेको प्रत्यक्षदर्शीहरूको
आरोप छ ।
सीमा क्षेत्रमा तनाव भइरहेको अवस्थामा वीरगंजबाट ठोरी आइरहेको वैदेही बसमाथि समेत भारतीयहरूले नेपाली भूमिको बाटो अवरुद्ध गर्दै ढु·ामुढा गरेका थिए । ढु·ा प्रहारबाट वैदेही बसमा क्षति पुगेको छ भने वैदेही बस ठोरी नआई निर्मलबस्ती फर्किएको छ ।