प्रस, परवानीपुर, १४ साउन/
बाराको लिपनीमाल गाविसमा रहेको परवानीपुरका व्यापारीहरू आजभोलि पसल तथा व्यापार सञ्चालन गरेबापत महँगो शुल्क तिर्न बाध्य भएका छन्।
गाउँ विकास समितिको कार्यालय लिपनीमालले गत साउन ११ गतेदेखि लागू गरेको नयाँ शुल्क दरका कारण उनीहरू समस्यामा परेका पसले तथा व्यापारीहरूले गुनासो गरेका छन् । हाल मिठाइ पसलले ८०, चुडी बजारले २०, माछा पसलले ३०, कुखुरा पसलले २५, खसी पसलले ३० शुल्क तिर्नुपरेको छ।
गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म वृद्धि गरिएको परवानीपुरका खसी मासु व्यापारी बसरुद्दिन अन्सारीले गुनासो गरेका छन्। पान पसलले गत वर्ष रु १० तिर्ने गरेकोमा यस वर्ष ठेकेदार सुरेन्द्रप्रसाद यादवले रु २० लिंदैछन्। बजारको अवस्था उही छ, कर मात्र बढाउनु कति जायज छ– व्यापारीहरूले प्रश्न गरेका छन्। बजारको हविगत हेर्ने हो भने केही विकास नभएको उनीहरू बताउँछन्। व्यापारीहरूले आफ्नो खर्चमा बजारको सरसफाइ गराउनुपरेको छ। बर्खामा बजार हिलाम्मे हुन्छ। बजारमा व्यापारको लागि बिजुली,पानीको व्यावस्था मिलाउने जिम्मा कसको हो ? उनीहरूले गाविस सचिव आसमहम्मद मियासँग जिज्ञासा राखेका छन्।
बजारमा सञ्चालनमा आएका पसलहरूले उपभोग गर्ने जग्गाको अनुपातमा पनि शुल्क निर्धारण नगरिएको बुझिएको छ। यदि शुल्क वृद्धि सच्याइएन भने आन्दोलनमा उत्रने व्यापारीहरूले चेतावनी दिएका छन्।
यस सम्बन्धमा गाविस सचिव आसमहम्मद मियासँग कुरा गर्दा साउन मसान्तभित्र बजार व्यवस्थापन भएपछि बजार सञ्चालनमा सहजता हुने उनले प्रतिक्रिया दिए।
परवानीपुरमा लगाइने हाटबजाराको लागि व्यवस्थित नक्सा विकास भइसकेको र सोही अनुसार बजारमा सेड निर्माण गरी सेवासुविधा प्रदान गरिने गाविसको योजना रहेको गाविस सचिव मियाँले जनाएका छन्।