प्रस, वीरगंज, ११ साउन/
भारतीय नागरिक स्व. हजारीमलको हकभोग गर्ने एक मात्र छोरा बोइत रामको समेत निधन भएपछि बेवारिसे रहेको पर्सा जिल्लाका जग्गाहरू मालपोत कार्यालय, पर्साले राष्ट्रियकरण गर्ने काम शुरू गरेको छ ।
स्व. हजारीमलका छोरा बोइत रामसमेतको निधन भएपछि भूमाफियाहरूले निजहरूको नाममा
पर्सा जिल्लामा रहेका जग्गाहरू किर्ते गरी आफ्नो नाममा गर्ने प्रयास गर्दा स्थानीय प्रशासन र अख्तियारमा मुद्दा परेपछि जग्गा रोक्का भएको थियो ।
रोक्का गरेको जग्गा विगत १० वर्षमा भूमाफियाहरूबाहेक वास्तविक हकवालाको हकदाबी नपरेपछि मालपोत कार्यालय, पर्साले स्व. हजारीमलको नाममा रहेको जग्गाहरू राष्ट्रियकरण गर्ने काम शुरु गरेको प्रमुख
जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
स्व. हजारीमलको नाममा वीरगंजको मुर्लीमा कि.नं. ५१९ को ७ कठ्ठा, छपकैयामा कि.नं. २१० र २५३ को २ कठ्ठा, इनर्वाभाठामा किनं. ८४ को ६ कठ्ठा १५ धुर र सखुवा परसौनीमा किनं. १२२ र ३१ को गरी करिब २ बिघा जग्गा रहेको छ । भूमाफियाहरूले हजारीमल र निजको हक खाने एक मात्र छोरासमेतको निधन भएको र निजहरू भारतीय भएको चाल पाएर विभिन्न पटक सो जग्गा आफ्नो नाममा गर्ने प्रयास गरेका थिए । किर्ते गरी भूमाफियाहरूले सो जग्गा आफ्नो नाममा गर्ने प्रयासविरुद्ध हनुमान मन्दिर, सामुदायिक समिति, वीरगंजले जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दिई सो जग्गा रोक्का गराएको थियो ।
रोक्का जग्गाको वास्तविक वारेस कोही नभएपछि भारतीय नागरिकको नाममा रहेको यो जग्गा राष्ट्रियकरण गर्न लागिएको प्रजिअ घिमिरेले बताए । उनले राष्ट्रियकरणको लागि मालपोत मार्फत् काम शुरु भएको जानकारी गराएका छन् ।