ई. गोपाल श्रेष्ठ
यस वर्षको शुरुदेखि नै हामीलाई दशा लागेको छ । वैशाख १२, १३ र २९ गतेको भूकम्पको पराकम्पनले अझै पनि हामीलाई छोडेको छैन । भूकम्पको डर भित्री मनमा पसेपछि निकाल्न गार्हो नै हुँदोरहेछ । भूकम्पले भूक्षयलाई बढावा दिन्छ । कारण, भूकम्पले पृथ्वीको भित्री संरचनालाई नै खल्बल्याई दिन्छ । यो खल्बलाहटले भूक्षयलाई प्रोत्साहित गर्छ । भूक्षयको डरलाग्दो रूप नै पहिरो हो । अहिले हामी मनसुनको शुरुआतको अवस्थामा छौं । अहिले नै ताप्लेजुङ, काभ्रे, सखुवासभा, धादिङ आदि पहाडी जिल्लाहरूमा पहिरोले दु:ख दिइसक्यो । ताप्लेजुङमा ३५ जवान मान्छेको जीवनलीला नै समाप्त भइसकेको छ भने २६ जवान बेपत्ता छन् । करिब १२० दिन सम्म रहने मनसुनले अहिले नै यत्रो ताण्डव नृत्य देखाई सक्यो भने मनसुनको अन्त्य सम्म कति विध्वंस मचाउला सोचनीय कुरा छ ।
दरिद्र नेपालीलाई मनसुन आएन भने पनि खडेरीले मार्छ, मनसुन आयो भने पनि बाढी/पहिरोले मार्छ । जाडो आयो जाडोले मार्छ अनि, गर्मी आयो गर्मीले मार्छ । हुँदाहुँदा चट्याङले पनि मार्छ । कति कुरा हाम्रो अज्ञानता हो भने कति कुरा हाम्रो संस्कार/संस्कृति हो र कति कुरा हाम्रो गरिबी, दरिद्रता पनि हो । जापानमा हामीभन्दा ठूलो भूकम्प गयो । हाम्रोमा ७.९ रेक्टर स्केलको भने जापानमा ८.९ रेक्टर स्केलको । ७.९ ले हामीलाई तहसनहस पार्यो भने ८.९ पनि जापानलाई केही गर्न सकेन । जापानको ज्ञान, संस्कार/संस्कृति र आर्थिक सम्पन्नताले ८.९ रेक्टर स्केलको महाभूकम्पको प्रभावलाई पनि निस्तेज गरिदियो ।
मनसुनको बेला चट्याङले पनि खैलाबैला मचाउँछ । अहिले नै केही मान्छेहरू चट्याङ लागेर हताहत भइसके भने केही मान्छे घाइते भए । ल्बतष्यलब िक्यअष्भतथ ायच भ्बचतजत्रगबपभ त्भअजलययिनथ ले चट्याङबाट बच्न केही सावधानीका उपायहरू प्रस्तुत गरेको छ । यी सुझावहरू अवलम्बन गर्नु भनेको हामीले आफ्नो सुरक्षा बढाउनु हो । सुझावको पहिलो नम्बरमा नै अग्लो रूख, भवन, विद्युत्को खम्बा, पोखरी आदिको छेउछाउमा नबस्नु भनेको छ भने दोस्रो नम्बरमा घरबाट बाहिर ननिस्कनु भनेको छ । तेस्रो नम्बरमा धातु/मेटल नछुनु भनेको छ भने चौथो नम्बरमा घरबाट बाहिर छौं भने सकेसम्म होचो ठाउँमा/खाल्टो भेटिए खाल्टोमा बस्नु भनेको छ । छेउछाउमा कही चट्याङ परे टाउको माथि हात राखेर कुइना र घुुँडा टेकी घोप्टो पर्ने भनेको छ । विद्युतीय उपकरणहरू नचलाउनु भनेको छ भने रबरको सोल/तलुवा भएको जुत्ता पनि नलगाउनु भनेको छ । भवन निर्माण गर्दा अनिवार्य रूपमा अर्थिङ गर्नु भनेर पनि सुझाव दिएको छ ।
भूकम्पले हाम्रो धर्ती थिलथिलो बनाएको छ, कति ठाउँमा त जमिन नै चिराचिरा बनाएको छ । यस्तो ठाउँमा मनसुनको अविरल वर्षाले व्यक्तिको घर मात्र होइन, गाउँ नै विलीन बनाउन सक्छ । जुन केही गरी भयो भने दुर्भाग्य नै हुन जान्छ । गत वर्ष सिन्धुपलाञ्चोकको जुरेमा गएको बीभत्स पहिरो हाम्रो मानसपटलबाट अझै हटेको छैन । पहाड खसी नदी नै थुनिनु पनि हाम्रो परिप्रेक्ष्यमा नौलो छैन । पहाडमा पहिरोको जति त्रास छ, तराई/मधेसमा बाढीको पनि त्यत्ति नै त्रास छ । मधेसमा मानव बस्ती तथा जनघनत्व बढी भएकोले मानवीय क्षति अझ बढी नै हुने सम्भावना हुन्छ । पहिरो तथा बाढीको पूर्व अनुमान गरी जति होशियार भइयो, त्यत्ति नै बुद्धिमानी ठहर्छ । ठाउँठाउँमा आपत्कालीन साइरनको व्यवस्था गर्नु पनि राम्रो हो भने सूचना प्रवाहलाई व्यवस्थित गरी निरन्तरता दिनु पनि राम्रो हो । हाम्रो हिमाली तालहरू जुनसुकै बेला फुट्न सक्छ । हिमाली ताल फुट्नु भनेको पनि पहिरो/बाढी निम्त्याउनु नै हो । हाम्रो शहर/बजार, मानवबस्ती नदी/खोलाको छेउमा/किनारमा धेरै छन् । हिमताल जुनसुकै बेला फुट्नु भनेको यस्तो मानवबस्ती जुनसुकै बेला सखाप हुनु हो ।
मनसुनको आगमनसँगै चट्याङको खतरा, बाढी/पहिरोको खतरा, खोला/नदी थुनिने खतरा, मानवबस्ती विलीन हुने खतरा, राजमार्ग बन्द हुने खतरा, जलविद्युत् गृह तथा खानेपानी आयोजनामा क्षति हुने र विद्युत् तथा खानेपानी सप्लाई बन्द हुने खतरा आदि अनेकौं खतराहरू साथसाथ आउँछन् । तराईको गर्मीबाट मुक्त हुन हामी मनसुनको प्रतीक्षा गर्छौ, खेतीबाली लगाउन पनि हामी मनसुनकै प्रतीक्षा गर्छौं । तर मनसुन सँगसँगै आउने खतराहरूलाई पनि हामीले बुद्धिमत्तापूर्वक नै व्यवस्थापन गर्न सक्नुपर्छ ।