प्रस, वीरगंज, १० असार/
नेपाल पत्रकार महासङ्घ पर्साको आह्वानमा बिहीवार वीरगंजमा प्रहरी ज्यादतीविरुद्ध ‘विरोध र्याली’ निकालिएको छ । घण्टाघर चोकबाट निकालिएको विरोध र्याली नगर परिक्रमापछि सोही स्थानमा पुगेर कोणसभा गरेको थियो ।
कोणसभामा बोल्दै पत्रकार महासङघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले पत्रकार धीरज दारूका प्रकरणका दोषी प्रहरीमाथि कार्यवाहीको माग गरे । उनले पत्रकार महासङ्घले ३ सूत्रीय मागसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा दिएको माग सम्बन्धमा सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको प्रस्ट्याए ।
अध्यक्ष बन्जाराले पत्रकारहरूको स्वाभिमान उँचो राख्ने विषयमा महासङ्घ एक पाइला पनि पछि नहट्ने बताउँदै आन्दोलनसँगै वार्ता, संवादको कार्यक्रम पनि जारी राखिने बताए । यसैबीच शाखाले बिहीवार नै आन्दोलनबारे कार्यसमितिका पदाधिकारी, सदस्यहरू र पूर्व अध्यक्षहरूको भेला गरी राय, परामर्श लिएको छ।
पत्रकार महासङ्घको कार्यालयमा सम्पन्न भेलामा पूर्व अध्यक्षहरूले पत्रकार दारूकाको विषयमा पर्सा प्रहरीले समाचार लेखेकै आधारमा इवि साध्ने काम गरेको देखिएकोले दोषी प्रहरीमाथि कार्यवाही नहुन्जेल आन्दोलन अगाडी बढाउने सल्लाह दिएका थिए । उनिहरूले आन्दोलनसँगै संवादलाई विराम नदिन सुझाए ।
भेलामा कार्यसमितिका पदाधिकारी, सदस्यहरू, पीडित पत्रकार धीरज दारूका, शाखाका पूर्व अध्यक्षहरू शड्ढरप्रसाद खतिवडा, शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान र अशोक तिवारीलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
पत्रकार महासङ्घ पर्सा शाखा कार्य समितिको बुधवार बसेको बैठकले बिहीवार विरोध र्याली र असार ११ गते शुक्रवारका दिन बिहान ७ बजे मुखमा पट्टी बाँधेर विरोध गर्ने कार्यक्रम घोषणा गरेको सचिव कृष्णउदास खनालले बताए । उनले पहिलो चरणको कार्यक्रमपछि पत्रकारहरूको रायसुझावबाट शाखाले दोस्रो चरणको आन्दोलन तय गर्ने जानकारी गराएका छन् ।