उमाशङ्कर द्विवेदी
राजा विराटको सभामा बसिरहेका युधिष्ठिरले द्रौपदीसित भने– “सैरन्ध्री, अब तिमी यहाँबाट रानी सुदेष्णाको खोपीमा जाऊ । तिम्रा गन्धर्व पतिले अहिले अवसर देखिरहेका छैनन्, त्यसैले आइरहेका छैनन् । उनले अवश्य तिम्रो प्रिय काम गर्नेछन् र जसले तिमीलाई कष्ट दिएका छन्, त्यसलाइ नष्ट पार्नेछन् ।”
युधिष्ठिरको कुरा सुनेर द्रौपदी त्यहाँबाट फर्किइन् । उनको कपाल खुलेको थियो र आँखा क्रोधले राताराता भएका थिए । रानी सुदेष्णाले उनी रुँदै, आँसु चुहाउँदै गरेको देखेर सोधिन्– “कल्याणी, तिमीलाई कसले के गर्यो र तिमीले आँसु चुहाउँदै छयौ ?” द्रौपदीले भनिन्– “आज दरबारमा राजाको सामुमैं कीचकले मलाई लात्तीले हान्यो ।” सुदेष्णाले भनिन्–“सुन्दरी, कीचक कामविह्वल भएर बारम्बार तिम्रो अपमान गर्दैछ । तिम्रो राय भए म उसलाई आजै मार्न लगाउन सक्दछु ।” द्रौपदीले भनिन्– “उसले जसको अपराध गर्दैछ, उनीहरूले नै उसको वध गर्नेछन् । अब ऊ अवश्य पनि यमलोकको यात्रा गर्नेछ ।”
कीचकले जबदेखि लात्ती हानेको थियो, त्यसै बेलादेखि राजकुमारी द्रौपदी उसको वधको बारेमा सोच्दै थिइन् । यस कार्यको सिद्धिको लागि उनले भीमसेनको स्मरण गरिन् र रात्रिको समय आफ्नो ओछयानबाट उठेर उनको भवनमा गइन् । पाकशालामा प्रवेश गर्ने बित्तिकै उनले भनिन्– भीमसेन, उठ, मेरो त्यो शत्रु महापापी सेनापतिले मलाई लात्तीले हानेर अहिलेसम्म जीवित छ र तिमी यहाँ निश्चिन्त भएर सुतिरहेका छौ ।”
द्रौपदीले ब्यूँताउँदा भीमसेन आफ्नो पल·बाट उठेर उनीसित भने– “प्रिये, यस्तो कुन अवस्था आइपर्यो कि तिमी उत्ताउलो भएर मेरो छेउमा आयौ ? हेर्दै छु तिम्रो शरीरको र· पनि अस्वाभाविक भइसकेको छ, तिमी दुर्बल र उदास पनि देखिइरहेकी छयौ । के कारण हो ? तिमीले जम्मै कुरा बताऊ, जसले म जम्मै कुराबारे थाहा पाउन सकूँ ।”
द्रौपदीले भनिन्– “जम्मै कुरा जान्दाजान्दै पनि किन सोध्दै छौ । प्रतिकामीले मलाई दासी भनेर सभामा घिसारेको कुरा कसरी बिर्सन सक्नुहुन्छ ? संसारमा को यस्तो राजकुमारी होलिन्, जो यस प्रकारको दु:ख भोगेर पनि बाँचिरहेकी छिन् ? वनवासको बेला दुरात्मा जयद्रथले मलाई स्पर्श गरेको थियो, त्यो मेरो अर्को अपमान थियो र त्यो पनि मैले सहनुपरेको थियो । यसपालि पुन: यहाँको धूर्त राजा विराटको आँखा अगाडि नै त्यस दिन कीचकद्वारा अपमानित भएँ । यस प्रकार बारम्बार अपमान भोग्दै मजस्ती कुन स्त्रीले आफ्नो प्राण धारण गर्न सक्दछे ? यस्तो अनेकन कष्ट सहँदै अब बाँच्नु के महत्त्व, के लाभ ? यहाँ कीचक नामक सेनापति छ, उ, राजाको सालो हो । त्यो बडो दुष्ट छ । प्रतिदिन सैरन्ध्रीको वेशमा मलाई देखेर भन्ने गर्दछ– मेरी स्त्री भइहाल । दिनहुँको उसको यस प्रकारको पापपूर्ण प्रस्तावको कुरो सुनेर मेरो ह्दय विदिर्ण भइरहेको छ । यता धर्मात्मा युधिष्ठिर जब आफ्नो जीविकाको लागि अर्को राजाको उपासना गरिरहेको देखेर बडो दु:ख भइरहेको छ । पाकशालामा भोजन तयार भएपछि तपाईं विराटको सेवामा उपस्थित भएर आफूलाई बल्लव नामक भान्छे भएको कुरा बताउँदा मलाई ठूलो वेदना हुन्छ । तरुण वीर अर्जुन, जसले एक्लै रथमा बसेर देउता तथा मानिसहरूमाथि विजय पाइसकेका छन्, आज विराटकी कन्याहरूलाई नाच्न सिकाउँदैछन् । धर्ममा, शूरतामा र सत्यभाषणमा जो सम्पूर्ण जगतको लागि एउटा आदर्श मानिन्छन्, उही अर्जुनलाई स्त्री भेषमा देखेर आज मेरो मुटुमा कस्तो व्यथा भइरहेको छ ? तपाईंको भाइ सहदेवलाई गाईहरूको साथमा गोठालो बनेको देखेर मेरो शरीरको रगत सुकिहाल्दछ । समयको चाल त हेर्नुस्– जो सुन्दर रूप, अस्त्र–विद्या र मेधा शक्ति यी तीनैले सदैव सम्पन्न रहन्छन्, उही नकुल आज विराटका घोडाहरूको सेवा गर्दछन् । यो जम्मै देखेर पनि म सुखले बस्न सक्दछु र ? राजा युधिष्ठिरलाई जुवाको व्यसन छ र त्यसैको कारण मलाई यस राजभवनमा सैरन्ध्रीको रूपमा रहेर रानी सुदेष्णाको खटनमा खट्नुपर्दछ । पाण्डवहरूकी महारानी र दु्रपद नरेशकी पुत्री भएर पनि मेरो आज यो दुर्दशा भइरहेको छ । यस अवस्थामा मबाहेक अरू को नै बाँच्न सक्दछ ? मेरो यस क्लेशको कारण कौरव, पाण्डव तथा पाञ्चाल वंशको पनि अपमान भएको छ । तपाईं जम्मैजनाहरू जीवितै हुनुहुन्छ र पनि म यस प्रकारको अयोग्य अवस्थामा छु । एक दिन समुद्रसम्मको सम्पूर्ण पृथ्वी जसको अधीनमा थियो, आज उही द्रौपदी, सुदेष्णाको अधीनमा रहेर उसको भयले तर्सिरहन्छिन् । कुन्तीनन्दन, यसबाहेक एउटा अर्को असह्य दु:ख जुन ममाथि आइपरेको छ, त्यो पनि सुन्नुहोस् । पहिला माता कुन्तीबाहेक अन्य कसैको लागि, स्वयम् आफ्नोलागि पनि मैले उबटन पिन्नेको थिइनँ, तर आज राजाको लागि मैले दिनहुँ चन्दन घस्नुपर्दछ । यी हेर्नुस्, मेरो हत्केलामा ठेउला परेको छ, पहिला यस्तो थिएन ।”
यति भनेर द्रौपदीले भीमसेनलाई आफ्नो हत्केला देखाइन्, अनि सुस्केरा हाल्दै भनिन्– “कुन्नि, मैले देउताहरूको कुन पो अपराध गरेकी थिएँ, जसको कारण मेरो मृत्यु पनि आइरहेको छैन ।” द्रौपदीको कुरा सुनेर भीमसेनले उनको कमलो हत्केला आफ्नो हातमा लिएर हेरे । साँच्चिकै उनको हत्केलामा ठेउला उठिसकेको थियो । द्रौपदीको हत्केला आफ्नो मुखमा लगाएर भीमसेन रुन थाले । क्रमश:...