पौराणिक कथा छ– एकपटक देवता, दानव र मानव ब्रह्माकहाँ गए र उनीसँग भने,“भगवान्, हामीले प्रगति गर्न सकौं, सुखी रहौं र यशस्वी बन्न सकौं– यसको लागि उपदेश दिनु, हामीले के गर्नुपर्यो ?” ब्रह्माले भने–‘द’ ।
ब्रह्माले हाँस्दै भने– बुझ्यौ ? देउताले भन्यो– हामीले दमन गर्नुपर्छ । दानवले भन्यो– हामीले दया गर्नुपर्छ । मानवले भन्यो– हामीले दान गर्नुपर्छ ।
देउताहरूको प्रवृत्ति भोग्य हुन्छ, अत: त्यसलाई दमन गर्नुपर्छ । दानवहरू हिंसक हुन्छन्, त्यसैले उनीहरूले दयाको व्यवहार गर्नुपर्छ । मनुष्यको प्रवृत्ति अतिसङ्ग्रहको छ, अत: उनीहरूले दान गर्नु उचित हुन्छ ।
एकपटकको कुरा हो, एक महात्मा नदीछेउमा बसेर प्रकृतिलाई निहार्दै थिए । तब नदीको पानीमा बगेर आएको एउटा शव नदीछेउको झाडीमा अड्क्यो । महात्माको दृष्टि त्यस शवमाथि पर्यो । शव परिचित व्यक्तिको थियो । त्यतिकैमा ज·लबाट एउटा स्याल शव खानलाई आयो । महात्माले स्याललाई भने–
हस्तौ दानविवर्जितौ श्रुतिपुटौ सारस्वतद्रोहिणौ
नेत्रे साधुविलोकनेन रहिते पादौ न
तीर्थं गतौ ।
अन्यायार्जितवित्तपूर्णमुदरं गर्वोद्धतं मस्तकं
रे रे जम्बुक मुञ्च मुञ्च सहसा नीचस्य निन्द्यं वपु: ।।
“ए स्याल, म जान्दछु, तिमी आफ्नो भोजन देखेर आएका छौं, तर यो मृत शरीर निन्दनीय छ । यो शरीर एक नीचको हो, अत: तिम्रो खानयोग्य छैन । यसलाई नखाउ, नखाउ ।”
स्यालले महात्माको वाणीको रहस्य बुझेन । उसले महात्मालाई आश्चर्यले हेर्यो । स्यालले महात्मालाई सोध्यो– यो शवको कुनै पनि अ· खानयोग्य किन छैन ? तब महात्माले विस्तारले बताए–
‘हस्तौ दानविवर्जितौ’
अर्थात् यसको हात यस कारणले खानयोग्य छैन किनकि यो हातले कहिले पनि कुनै भोका–ना·ाहरूलाई भोजन, वस्त्र, रोगीलाई औषधि, मन्दिर, पाठशाला, आश्रम, अस्पताल एवं आकस्मिक विपत्तिग्रस्त व्यक्तिहरूलाई केही पनि दान दिएको छैन । यसको हातले लिन मात्र जानेको छ । सङ्ग्रह मात्र गरेको छ, कहिल्यै वितरण गर्न जानेको छैन ।
कसैको दु:खमा साथ दिन यो हात कहिले पनि कसैको सेवाको लागि, परिश्रमको लागि अगाडि बढेकै छैन । यसले शोषण मात्र गरेको छ, अत: यो हात पूर्ण अपवित्र र आहारको लागि योग्य छैन ।
स्यालले सोध्यो– के म कान खाउँ ? यसमा महात्माले भने–
‘श्रुतिपुटौ सारस्वतद्रोहिणौ’
अर्थात् यो कानले परनिन्दा सुन्न, शृङ्गार र कौतुक कथाहरू, कामुक वार्ता सुन्न, अश्लील स·ीत सुन्न रातदिन बिताएको छ, तर साँचो कुरा सुन्न, भागवत–रामायण र शास्त्र सुन्न, सन्तहरूको यश सुन्न, भक्ति–स·ीत सुन्न कहिले पनि समय बिताएन, अत: तिमीले बिर्सेर पनि यो अपवित्र कान नखानू ।
त्यसो भए यसको आँखाहरू खाउँ ? स्यालले सोध्यो । महात्माले यसको कारण पनि सम्झाए–
‘नेत्रे साधुविलोकनेन रहिते’
यसका आँखाहरूले परस्त्रीहरूलाई गलत नजरले हेरेको छ । अरूहरूको गलत कुराहरू मात्र हेरेको छ । कहिले पनि सन्तहरू, गुरुजनहरूको दर्शन गरेको छैन । त्यसैले यसको आँखाहरू पनि तिम्रो लागि खानयोग्य छैन ।
स्यालले सोध्यो– के खुट्टाहरू खानमा कठिनाइ छ ? महात्माले भने–
‘पादौ न तीर्थं गतौ’
यसको खुट्टा कहिले पनि पवित्र तीर्थहरूमा गएको छैन । सेवाको लागि, देशरक्षाको लागि, सन्तदर्शनको लागि यसले कहिले पनि यात्रा गरेको छैन । स्वार्थ र शोषणमा मात्र यसले आफ्नो खुट्टा अगाडि बढाएको छ । यो आवाराजस्तो घुमी मात्र रह्यो । त्यसैले यो पनि पापमय छ र खानयोग्य छैन । अब सुन, यसको उदर पनि खानयोग्य छैन, किनकि–
‘अन्यायार्जितवित्तपूर्णमुदरं’
यसले मेहनतले, इमानदारीले आफ्नो पेट भरेको छैन । अरूको पेटमा लात मारेर, अरूको हक खोसेर, अरूहरूको मजबुरीको फाइदा उठाएर मात्र आफ्नो पेट भरेको छ, त्यसैले यसको उदर पनि खानयोग्य छैन र पापमय छ ।
त के म यसको मस्तक (टाउको) खाउँm ?
यसमा महात्माले भने–
‘गर्वोद्धतं मस्तकं’
यसको मस्तक सदैव घमण्डले भरिएको हुन्थ्यो । यसमा रूप–सौन्दर्यको, जवानीको, पैसाको, पदको, जातिको, ज्ञानको घमण्ड थियो । ऊ आमा–बुबा, सन्त, गुरुजन, वृद्धजनको अगाडि कहिल्यै विनम्रतापूर्वक झुकेको छैन, कहिले पनि यसले अरूलाई विनम्रतापूर्वक प्रणाम गरेको छैन । अत: यसको मस्तक खानयोग्य छैन ।
यस प्रकार महात्माले सम्झाएपछि स्याल शवलाई नखाइ भोकै त्यहाँबाट हिंड्यो ।
कथाको सारांश यो हो कि हातको शोभा दान हो, यसै प्रकार मुखको शोभा भगवान्को नाम हो, न कि चिप्लो–चाप्लो कुरा । आँखाको शोभा सन्तदर्शन हो, न कि गाजल । कानको शोभा शास्त्रश्रवण हो, न कि कुण्डल । खुट्टाको शोभा तीर्थयात्रा हो, न कि यताउता डुल्नु । शरीरको शोभा शील हो, न कि शृङ्गार । तात्पर्य यो हो कि जसले आफ्नो इन्द्रियहरूको उपयोग परमार्थमा गर्दछ, उसको जीवन सार्थक हुन्छ । दानको दुई फल यस प्रकार बताइएको छ–
१. लोकमा अभ्युदय र
२. परलोकमा कल्याण ।
दानको चारवटा प्रकार छन्–
१. ध्रुव– चिकित्सालय, विद्यालय, अनाथालय, बगैंचा, धर्मशाला, मन्दिर आदि सर्वजनको हितकारी कार्यको लागि दिने दान ।
२. त्रिक– पुत्रैषणा, वित्तैषणा र लोकैषणापूर्ति अर्थात् पुत्रको इच्छा, धनको इच्छा र लोकको इच्छाले दिने दान ।
३. काम्य– वैभवपूर्ण पदार्थहरूको प्राप्तिको इच्छाले दिने दान ।
४. नैमित्तिक– नित्य नियमपूर्वक दिने दान । विशेष गुण, अवसर एवं बिनाअग्निहोत्रको दान ।
दानको तीन भेद छ– उत्तम, मध्यम र कनिष्ठ ।
दानलाई नाश गर्ने तीन कारण छन्–
१. दान दिएर पछुताउनु ।
२. कुपात्रलाई दान दिनु ।
३. श्रद्धाबिना दान दिनु ।
अब दानको श्रेष्ठ रूप के हो ? जाऔं–
१. पात्र र कार्य हेरेर– पात्र जति श्रेष्ठ छ र कार्य जति श्रेष्ठ छ, त्यहीअनुसार दान दिनुपर्दछ । पण्डित मदनमोहनजी मालवीय जब बनारस हिन्दू विश्वविद्यालयको स्थापनाहेतु राजाहरू र महाजनहरूकहाँ गए, तब उनीहरूले उनको सच्चरित्रता र कार्यको श्रेष्ठता बुझेर खुल्ला हातले दान दिए । ध्रुव कार्यहरूका लागि अधिकाधिक दान दिऔं ।
२. आफ्नो आर्थिक स्थितिलाई ध्यानमा राखेर जति धेरै दान दिन सकिन्छ दिनुपर्दछ ।
३. दान निर्विकार भावले दिनुपर्दछ । अरूले दिएकोभन्दा बढी दान दिऔं र गर्व, ईष्र्या, अपमान, लोभ आदि विकारहरूले ग्रस्त नहोऔं, यही नै श्रेष्ठ दान हो ।
४. कर्तव्य ठानेर, आत्मसन्तोषहेतु, भगवान्को सेवा ठानेर जुन दान
दिइन्छ, त्यो फलीभूत हुन्छ र त्यो नै श्रेष्ठ हो ।
५. निर्भय भएर दान दिनुपर्दछ । भयले होइन कि लिनेले हामीलाई चोट पुर्याउँछ वा दान दिंदा वा दिइरहँदा दरिद्रता आएमा के हुन्छ ?
याद राखौं, मृत्युको कुनै भरोसा छैन, कुनै पनि बेला अचानक आउन सक्छ । सबै यही रहिरहन्छ । अत: स्वार्थभन्दा माथि उठेर सबैमा भगवान् महसुस गरेर दीन–दु:खीहरूलाई दान गरौं, निस्स्वार्थ दानी बनौं, उदार बनौं । याद राखौं, अन्तमा कोही पनि साथमा जान्दैन, केवल दान नै साथमा जान्छ ।