$type=ticker$count=12$cols=4$cate=0

भूकम्पपछिको नेपाल र दाता सम्मेलन

SHARE:

शीतल महतो
    “नेपालमा विधिको शासन राजनीतिक हस्तक्षेपका कारण कमजोर भएको छ । यसको सुधारमा जति ढिलाइ हुन्छ, जनताले त्यति नै धेरै गुमाउने छ ।” ब्रिटिश अन्तर्राष्ट्रिय विकासमन्त्री माइक फेस्टर र विदेश राज्यमन्त्री इभान लेक्सिले संयुक्तरूपमा पाँच बर्षअघि लेखेको एउटा लेखमा यो उल्लेख गरिएको थियो । त्यसपछि पछिल्लो हप्ता मात्र ब्रिटिश संसद्को अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्षले भनेका थिए– “नेपालमा कमजोर शासन र व्यापक भ्रष्टाचार छ । त्यसैले नेपालको विकास गर्ने हो भने शासकीय सुधार र राज्यका सबै निकायको संस्कार अविलम्ब परिवर्तन गर्नुपर्दछ ।” यसरी नेपालमा चुलिंदै गएको भ्रष्टाचार, अनियमितता र राजनीतिक संस्कारमा देखिएको कमीका कारण अन्तर्राष्ट्रिय क्षेत्रले नेपाललाई हेर्ने दृष्टिकोण बेग्लै किसिमको छ । गत वैशाख १२, १३ र २९ गतेको शक्तिशाली महाभूकम्प पछि विनाश र विध्वंसको कहालीलाग्दो दलदलमा मुलुक फसे पनि नेपालको राजनीति र शासकीय शैलीमा केही परिवर्तन आएको छैन । भूकम्प आएको झन्डै दुई महिना हुन थालेको छ । तर शासकीय कमजोरी, राजनीतिक सोच, चरित्र र शैलीको पुरानो सड्ढीर्णताबाट मुलुक मुक्त हुन सकेको छैन । यसलाई सुधार्न अन्तर्राष्ट्रिय समुदायले दिएको सुझाव, सल्लाह र चेतावनीसमेत राजनीतिक नेतृत्वले उपेक्षा गर्दै आएका छन् ।
    महाभूकम्पपछिका यी दुई महिना सरकार र राजनीतिक नेतृत्वले कर्मकाण्ड निर्वाहको आडम्बर प्रदर्शनमा नै खेर फालें । तर महाविपत्तिले गरेको विनाशलाई सुदृढ र समुन्नत नेपाल निर्माणको अवसरमा रूपान्तरण गर्न शासकीय स्वरूप, राजनीतिक संस्कार, समाजको बनोट तथा राज्य र नागरिक बीचको सम्बन्धलाई आधारभूतरूपमा परिवर्तन गर्ने खालको वातावरण सृजना गर्न सकिएन । दश वर्षीय आन्तरिक द्वन्द्वमा नेपालीहरूबीच एक अर्काप्रति विश्वासमा सड्ढट र आत्मीयता घट्दै गएको महसुस हुन्थ्यो भने मानवीय संवेदना हराउँदै गएको र केवल आफ्नै स्वार्थमा लागेझैं महसुस हुन थालेको थियो । तर भूकम्पपछि यो प्रवृत्तिमा बदलाव आएको छ । धनी होस् वा गरिब तथा विपन्न नै किन नहोस्, ठूलो जातको होस् वा तल्लो भनिने जातको, यो विपत्ले सबैलाई समानरूपमा उही पाल र छाप्राको वास गरायो । भनिन्छ प्रकृतिले कसैलाई काखापाखा गर्दैन्, उसको न्याय सबैका लागि समान हुन्छ । यो भूकम्पले पनि त्यही देखाएको छ । यसले नेपालीहरू बीच हराउँदै गएको आत्मीयता र विश्वास फेरि टुसाउन थालेको छ भने अर्कोतिर एक अर्काप्रति सद्भाव र आत्मीयताको बन्धन कसिलो हुन थालेको छ । यसरी नेपालीहरूमा आएको यो बदलावलाई हामीले सामाजिक रूपान्तरणमा परिणत गर्न सक्नुपर्दथ्यो । तर सरकार र राजनीतिक नेतृत्वले यो अवसरलाई सदुपयोग गर्न सकेनन् । महाभूकम्पले ल्याएको यो भवनात्मक आवेगलाई सदुपयोग गर्ने संस्कार भएको राष्ट्रिय शक्तिको निर्माण गर्ने अवसर पनि हो । महाविपत्तिले ल्याएको यो संवेग खेर गयो भने नेपालमा सामाजिक अनि आर्थिक क्रान्ति कहिल्यैं हुन सक्दैन । यसरी सामाजिक र आर्थिक क्रान्तिबिना जतिपटक जस्तोसुकै राजनीतिक क्रान्ति गरे पनि नेपालमा स्थायित्व र समृद्धि आउँदैन ।
    सरकारी तथ्याड्ढ अनुसार अहिलेको यो विनाशकारी भूकम्पबाट झन्डै ५ लाख निजी घर तथा भवन पूर्णरूपमा र करिब ३ लाख भवन आंशिक रूपमा क्षति भएको छ । करिब एक हजार सरकारी भवन पूर्ण रूपमा र ३ हजार आंशिकरूपमा क्षति भएको छ । यसका साथै भूकम्पमा परेर पुरातात्त्विक महत्त्वका धरोहरहरू मात्र भत्किएन, ऐतिहासिक र सांस्कृतिक महत्त्वका सम्पदा पनि क्षणभरमैं ध्वस्त भएका छन् । सडक, पुलपुलेसा, सिंचाइ, खानेपानी र ढल निकास सम्बन्धी पूर्वाधार, विद्युत्गृह र पदस्थापना मार्गहरूसँग सम्बन्धित तथ्य भने यकिन हुन अझै केही समय लाग्नेछ । जे जस्तो क्षति भए पनि अबको पुनर्निर्माण गर्दा भूकम्प, बाढीपहिरो र आगलागीबाट हुन सक्ने सम्भावित जोखिमलाई विशेष ध्यान दिएर गर्नुपर्दछ । पुनर्निर्माणको कार्य प्रारम्भ गर्दा सबैभन्दा पहिले के प्रस्ट हुनुपर्दछ भने हामीले हिड्न खोजेको विकासको बाटो के हो ? हामीले कस्तो विकास खोजेका हौंं ? थुप्रै अध्ययनले के देखाएको छ भने यदि विपत्तिपछि सही र पारदर्शी योजना तथा कार्यक्रमहरू लागू गरेमा ती मुलुकहरू छिटै पहिलेकै वा त्योभन्दा पनि सुदृढ अवस्थामा फर्किन्छ । हामीले गर्न खोजेको पूर्वस्थितिको पुनर्निर्माण हो वा स्तरीय र सुदृढ नवनिर्माण भन्ने कुराको दिशानिर्देश गर्ने अधिकार र जिम्मेवारी राजनीतिक नेतृत्वको हो ।
    दोस्रो विश्वयुद्धपछि तहसनहस भएका जर्मनी र जापानको विकासलाई मध्यनजर राखेर हेर्ने हो भने यी दुवै देशको उन्नति प्रगतिमा लोकतान्त्रिक राजनीतिक पद्धति, सुशासन र पूँजीवादी अर्थतन्त्रले अहम् भूमिका खेलेको देखिन्छ । हामी कहाँ पनि लोकतन्त्र र गणतन्त्रको अभ्यास भइरहेको छ । प्रतिस्पर्धात्मक खुला बजार अर्थनीति हामीले अपनाउन थालेको पनि तीन दशक हुँदैछ । तर पनि हामीले जर्मनी र जापानजस्तो सबल र सुदृढ अर्थतन्त्रको विकास गर्न सकेनौं । यसको एउटै कारण छ, हामीले लोकतन्त्रको संस्थागत विकास र सुशासन प्रणालीको जग बलियो, सुदृढ र प्रभावकारी बनाउन सकेनौं । फलस्वरूप हामी नेपालको सामाजिक र आर्थिक रूपान्तरण एवं समृद्धि गर्न सक्षम भएनौं । त्यति मात्र होइन, सुशासनको जग बलियो बनाउन नसक्दा विश्व समुदायले नेपाललाई भ्रष्टाचारीहरूको मनोबल उच्च भएको, राजनीतिक नेतृत्वमा राजनीति संस्कार नभएको, शासन प्रणाली स्वच्छ र पारदर्शी नभएको तथा पाएको सहयोग पनि सदुपयोग गर्न असफल र अक्षम प्रशासनिक संयन्त्र भएको मुलुकको रूपमा चिनिन थालेका छौं । यस कारण यो राष्ट्रिय विपत्को समयमा पनि खुला हृदयले सहयोग गर्न इच्छुक दातृ निकायहरू हिचकिचाउन थालेका छन् । अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सहयोगलाई हामीले सुविधासम्पन्न, सुरक्षित र वातावरणमैत्री बस्ती योजनाको डिजाइन, खानेपानी र ढल निकास, विद्यालय, अस्पताललगायत पूर्वाधारको रेखाड्ढन तथा नक्साड्ढन गरी त्यसलाई सोही अनुरूप विकासमा खर्च गर्नुपर्ने देखिन्छ ।
    भूकम्पपछि पुनर्निर्माण, पुनस्र्थापना तथा नवनिर्माणका लागि बाह्य सहायता जुटाउन आजदेखि काठमाडौंमा नेपाल पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुँदैछ । राष्ट्रिय योजना आयोगले तयार पारेको विपत्पछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदन अनुसार भूकम्पका कारण करिब ७ खर्ब रुपियाँ बराबरको नोक्सान भएको हो । त्यसमा पुनर्निर्माणमा ६ खर्ब ६९ अर्ब रुपियाँ लाग्ने अनुमान छ । यो क्षतिको रकम हाम्रो कुल गार्हस्थ्य राष्ट्रिय उत्पादनको ३५ प्रतिशत हुने अनुमान गरिएको छ । यो रकम विगत ६५ वर्षदेखि नेपालले पाएको कुल वैदेशिक सहयोग रकम बराबर हुन आउँछ । मुलुकको सबैभन्दा ठूलो दातृ निकाय विश्व बैंकले म·लवार नै ५० अर्ब रुपियाँको सहुलियत ऋण दिने प्रतिबद्धता गरिसकेको छ भने अर्को दोस्रो ठूलो दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले पनि सोमवार नै नेपालको पुनर्निर्माणका लागि नयाँ रु २० अर्ब को सहुलियत ऋण दिने निर्णय गरिसकेको अवस्था छ । यसबाहेक छिमेकी मित्र राष्ट्र भारत र चीनका साथै जापान, बेलायत सहयोग नियोग र युरोपियन युनियनबाट समेत सरकारले बढी रकमको अपेक्षा गरेको छ । अहिले अपेक्षा गरिएको रकम कम्तिमा ५ वर्ष लाग्ने पुनर्निर्माणका लागि हो । यसरी नेपाली अर्थतन्त्रको पुनरुत्थान र नव नेपालको निर्माणका लागि यतिखेर ठूलो पूँजी चाहिएको छ । त्यो पूँजीको ठूलो हिस्सा दाता सम्मेलनबाट आउन सक्छ । यसका लागि दातृ निकायहरूमा विश्वास बढाउन सक्नुपर्दछ । यसका साथै प्राप्त सहयोगबाट भूकम्प प्रतिरोधी भवनसंहिता तयार गर्नु तथा समग्र योजनाको सर्वेक्षण, डिजाइन र निर्माण गर्नु लगायत कार्यहरू पनि पूर्ण इमानदारी र सक्रियताका साथ गर्नुपर्दछ । अनि मात्र नेपाल पुनर्निर्माणका लागि शुरु भएको यो अन्तर्राष्ट्रिय सम्मेलन मुलुकको सामाजिक, आर्थिक रूपान्तरणका लागि कोसेढु·ा साबित हुन सक्छ ।
कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भूकम्पपछिको नेपाल र दाता सम्मेलन
भूकम्पपछिको नेपाल र दाता सम्मेलन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/06/blog-post_677.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/06/blog-post_677.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy