पप्पु सुमन, पोखरिया, ११ असार/
वीरगंज–पोखरिया सडकखण्ड अन्तर्गत विन्ध्यवासिनी–पोखरिया सडकखण्ड कालोपत्रे निर्माण कार्यको शिलान्यास भएको छ ।
शुक्रवार आयोजित समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले उक्त निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
सो अवसरमा मन्त्री निधिले ठेकेदारको गैरजिम्मेवारीपनका कारण जिल्लाको विकास निर्माण कार्य पछाडि परेको औंल्याए ।
निर्माण कम्पनीले योजना निर्माणको जिम्मा सकारेर पनि समयमा निर्माण नगर्ने, पेश्की लिएर फरार हुनेलगायतका गैरजिम्मेवारीपनका कारण विकास निर्माण कैयौं वर्ष पछाडि पर्ने गरेको बताए । पर्सा जिल्लाका नाम चलेका ठेकेदारहरूले समेत विभिन्न योजना ठेक्का सकार गरी निर्माण कार्य पूरा नगरी बीचमैं छाडेको मन्त्री निधिको आरोप थियो ।
उनले निर्माण कम्पनीहरूलाई जनताले खबरदारी गर्नुपर्नेमा जोड दिए । काम गर्नेलाई पुरस्कार र काम छोड्नेलाई कालोसूचीमा राखी कारबाई गर्नेतर्फ मन्त्रालय अग्रसर भइसकेको उनले जानकारी गराए । कार्यक्रममा मन्त्री निधिले वीरगंज–पथलैया सडकखण्ड छिट्टै ६ लेनको बन्ने र सोको लागि सम्पूर्ण तयारीहरू मन्त्रालयले पूरा गरिसकेको बताए ।
कार्यक्रमका सहजकर्ता डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख रवीन्द्रलाल दासले पोखरिया–विन्ध्यवासिनी ८ किलोमिटर सडक कालोपत्रे योजना १४ करोड ११ लाख रुपैयाँको लागतमा आशीष एन्ड डिएस निर्माण कम्पनी हेटौंडाले सकार गरेको जानकारी गराएका थिए । उक्त योजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको दासले बताए । शिलान्यास समारोहमा सभासद्हरू सुरेन्द्रप्रसाद चौधरी, जयप्रकाश थारू, राजकुमार गुप्ता, राधेचन्द्र यादव, रामअयोध्या यादव, पूर्वसभासद्हरू अजय द्विवेदी, अजय चौरसिया, ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, नेकपा एमालेका नेता प्रह्लाद गिरी, जिविस पर्साका पूर्व सभापति जनार्धन सिंह क्षेत्री, सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानी, शम्भु हजरालगायतले मन्तव्य व्यक्त गरेका थिए ।