‘एकले थुकी सुकी, सयौंले थुकी नदी’ भन्ने उक्तिलाई ललितपुर सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका सदस्यहरूले व्यवहारमा पुष्टि गरिदिएका छन् । एक कप चियाको पैसाले उनीहरूले ४२ वटा सामुदायिक विद्युतीकरणको मर्मतसम्भार गरे । गएको विनाशकारी भूकम्पले ग्रामीण विद्युतीकरणमा क्षति पुर्याइ सेवा अवरुद्ध भएपछि विद्युत् उपभोक्ता महासङ्घका सदस्यहरूले ‘एक घर एक कप चियाको रकम सहयोग’ अभियान सञ्चालन गरेका थिए । महासङ्घमा आबद्ध सदस्यहरूको घरबाट मात्रै सड्ढलन गरिएको रकम ९ लाख रुपैयाँ पुगेछ । यसरी सड्ढलित रकम उपभोक्ता सङ्ख्याको आधारमा १५ हजारदेखि ५५ हजार रुपैयाँसम्मको दरले विद्युत् उपभोक्ता संस्थाहरूलाई प्रदान गरियो । विभिन्न ४२ वटा संस्थाहरूले पाएको उक्त रकमसँग स्थानीय स्रोतसाधन र जनश्रम जुटाएर क्षति भएको स्थानमा मर्मतसम्भार तथा पुनर्निर्माण कार्य गरे । मर्मतसम्भारमा केही समय लाग्ने ग्रामीण क्षेत्रहरूमा सञ्चार सुविधा कायम राख्न सौर्य ऊर्जा जडान गरी मोबाइल चार्ज केन्द्र स्थापना गरेका छन् ।
दैवी प्रकोपले विनाश गरेका संरचनाहरूको पुनर्निर्माणको दायित्व सरकारको हो । तर सरकारी दायित्व पर्खेर बसेको भए यति छिटो विद्युत् सेवा सुचारु हुन सक्ने थिएन । लामो अवधिसम्म विद्युत् सेवा अवरुद्ध हुँदा प्रत्यक्ष नोक्सानी उपभोक्तालाई पर्छ । सरकारी सहयोग रकम गाउँसम्म आइपुग्न धेरै पापड बेल्नुपर्ने हुन्छ । विभिन्न प्रक्रिया तथा औपचारिकता पूरा गर्न पनि लामो समय र श्रम लाग्ने गर्छ । यसरी प्राप्त सरकारी रकममा पनि ‘जतिवटा ढु·ा त्यति नै ठाउँमा अक्षता भेटी’ चढाउनुपर्ने प्रथा कायमै छ । माथिबाट पठाइएको रकमको आकार ठूलो भएपनि वास्तविक काममा पुग्ने रकम भने सानो हुन्छ । त्यही आकार घटाउन पाउने लालसामा पनि कैंयन राजनीतिक तथा नागरिक अगुवाहरू सरकारी बजेट माग्नेतर्फ नै उद्धत हुन्छन् । ‘हामी आपैंmले गरेर हुने कुराहरू पनि धेरै छन्,’ भन्नेतर्फ प्राय: अगुवाइ गरिंदैन । किनभने समाजमा सड्ढलित रकममा अनियमितता गर्न पाइँदैन । घरघरबाट सड्ढलित रकम भएको हुनाले त्यसतर्फ माया, चासो र निगरानी पनि हरेक घरघरको हुन्छ । जुन काममा अनियमितता गर्न पाइँदैन वा व्यक्तिगत फाइदा हुँदैन, त्यसतर्फ पाइला नै नसार्ने मनोवृत्ति समाजमा झाँगिदै छ ।
‘एक घर एक कप चियाको रकम’ले पैसा मात्रै जुटाएन, त्यसले सामाजिक सद्भाव, समाजको विकासमा एकता र आत्मनिर्भर एवं स·ठित शक्तिको महत्त्व साथै फजुल खर्च कटौती गरी अति आवश्यक काममा लगाउने सोचको विकास पनि गराएको छ । पान, सुपारीदेखि विदेशी मदिरासम्ममा फजुल खर्च गर्नेहरू समाजमा कैंयन छन् । त्यस्ताहरूले एक दिनको फजुल खर्च मात्रै कटौती गरेर समाज सेवामा लगाउने हो भने कुनै दाताको मुख ताक्नुपर्दैन । यसको लागि मनभित्रबाट इच्छाशक्ति जागृत हुनुपर्छ । त्यो उमार्नका लागि अगुवाइ कसै न कसैले गर्नुपर्छ । मानव आत्मकेन्द्रित, स्वार्थी, मपाइँ र यान्त्रीकरण हुँदै बञ्जर भूमिमा रूपान्तरित भइरहेको छ । यहाँ सामाजिक एकता, सद्भाव र समर्पण एवं सेवाको भावना उमार्न कसै न कसैले अगुवाइ गर्नैपर्ने हुन्छ । यसतर्फ ललितपुरका सामुदायिक विद्युत् सदस्यहरूको अभियान उदाहरणीय छ । यस्ता सकारात्मक कार्यहरूको अनुसरण गर्न सकियो भने सबैलाई फाइदै फाइदा छ ।