प्रस, वीरगंज, १२ असार/
तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्दयेश त्रिपाठीले सङ्घीयतालाई चार दलीय गठबन्धनले समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।
पार्टी कार्यकर्ताहरूका लागि आयोजित अनुशिक्षण कार्यक्रममा सहभागी हुन वीरगंज आएका नेता त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा चार दलीय गठबन्धनले किस्ताबन्दीमा संविधान जारी गर्ने सुनियोजित षड्यन्त्र रचिरहेको आरोप लगाउँदै किस्ताबन्दीमा निर्माण हुने संविधान आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
चार दलीय गठबन्धनको विरोधमा सङ्घीयता पक्षधर शक्तिहरू एकजुट हुने र आवश्यकता परेको खण्डमा संविधानसभा पनि त्याग्न सक्ने नेता त्रिपाठीले चेतावनी दिए ।
संविधान निर्माण फास्ट ट्रयाकबाट गरिरहेको दाबी गर्ने चार दलले वास्तवमा संविधान बनाउने नाममा सङ्घीयतालाई धराशयी बनाउने कुटिल चाल चल्न खोजेको भन्दै उनले पहिचान पक्षधरहरूलाई आफ्नो हकअधिकारका लागि सचेत रहन आह्वान गरे ।
उनले भूकम्पपीडितको नाममा दाताहरूले दिने अनुदान सहयोगको सदुपयोग नहुने दाबी गरे । “सरकारले विकास योजनाको रकम ४० प्रतिशतभन्दा बढी खर्च गर्न नसकेको अवस्थामा दाताहरूले दिने खर्बौ रुपैयाँको सही सदुपयोग हुनेमा शड्ढा छ,” उनको भनाइ थियो ।
उनले विगतका वर्षहरूमा बाढीपीडितको नाममा आएको अनुदान सहयोग पनि मन्त्रीहरूको मिलेमतोमा दुरुपयोग भएको चर्चा गर्दै भूकम्प पीडितहरूको नाममा आएको अनुदान सहयोग पनि सदुपयोग नहुने प्रस्ट्याए ।
अर्को एक प्रस·मा उनले सशस्त्र प्रहरीलाई अपराध अनुसन्धान तथा मुद्दा हेर्ने अधिकार प्रत्यायोजन गर्न नहुने बताए । यसो भएमा सशस्त्र प्रहरीको दमन अझ बढ्ने नेता त्रिपाठीको भनाइ थियो ।
पत्रकार सम्मेलनको सहजीकरण सो पार्टीका सहमहामन्त्री जीतेन्द्र सोनल, सभासद् रमेश कुर्मी र पर्सा जिल्ला अध्यक्ष रमतुल्लाह खानले गरेका थिए ।