$type=ticker$count=12$cols=4$cate=0

जट–जटीन

SHARE:

शीतल गिरी
    मिथिलाका राजा धर्मध्वज जनक ज्ञानी, कर्मशील, प्रजापालक थिए । अन्नपात प्रशस्त फलाइ प्रजामा कुनै किसिमको दु:ख–कष्ट हुन नदिन ठाउँठाउँमा ठूल्ठूला पोखरीहरू खनाएका थिए । मुहारबाट, भेषभूषाबाट कोही पनि प्रजापालक बन्न सक्दैन । अनुमानको भरमा पनि प्रजापालक पहिचान गर्न सकिन्न । म धर्मध्वज जनकलाई उनले गरेका कार्यको आधारमा चिनाउने प्रयत्न गर्दैछु ।
    ज्ञानी, कर्मशील, प्रजापालकप्रति श्रद्धा जाग्दछ । आँखा स्वाभाविकरूपले सजल विनम्रतापूर्वक झुक्दछ । सजलताका साथ जट–जटीन लोक नाट्यमा धर्मध्वज खोज्ने प्रयत्न गर्दैछु ।
    आजको समयमा यो लोक नाट्य कतैकतैमात्र खेल्ने गरेको पाइन्छ ।
    उहिल्यै मिथिला राज्यको ठाउँठाउँमा हाटबजार लाग्दथ्यो ।
    क्रेता र विक्रेताको सभ्य भीड बजारमा देखिन्थ्यो ।
    धर्मध्वज राजाको राज्यमा प्रजा सुखी थिए, दरबारको कोष भरिभराउ थियो साथै राजासँग बलियो सेना पनि थियो । कसको सामथ्र्य थियो, मिथिलासँग लड्ने ? अर्को कुरा उनले धर्म र ज्ञानले छिमेकी देशका राजा र जनताको मन जितेका थिए ।
    त्यतिखेरको समयमा राजा धर्मध्वजको सम्पन्नताको चर्चा चारैतिर थियो । तर पनि सो राज्यमा एक समय अकाल पर्‍यो ।
    जनताहरू भोकले बेहाल भए । यो कुरो थाहा पाएपछि राजाले सम्पूर्ण कर माफ गरिदिए ।  सोच्दथे मेरो राज्यमा कोही जनता भोकै नबसोस् । यसरी सोच्ने राजा भएको देश मिथिला थियो । जनता संस्कृत बोल्दथे–लेख्दथे । प्राकृत भाषा बुझ्दथे र छिमेकी देशकाहरूसँग प्राकृतमा बोलेर काम चलाउँथे । यसबाट कुराकानीमा केही रस र आनन्दको योग हुने गथ्र्यो । भोजन गरेर आएका पाहुनाले पनि मुख जूठो पार्नै पथ्र्यो । सो समयमा हाटबजारमा होटेलको व्यवस्था थिएन । आपैंmले पकाएर खानुपथ्र्यो ।
    हाटबजार थियो, होटेल थिएन । पकाउने सामल पाइन्थ्यो, पकाएको पाइन्थेन । त्यसो भएपनि । चिन्ताको कुनै कुरा थिएन ।
    भाँडाकँुडा, दाउरा, पानीको बन्दोबस्त पथिकहरूका लागि राज्यले, समाजले या धनी व्यक्तिले गरिदिएका हुन्थ्यो । विद्वान, साहित्यकार, दार्शनिक र कविहरूका वचन सुन्न चाहन्थे मिथिलावासीहरू । बीचबीचमा स्थानीयहरूले जिज्ञासा पोखेर नबुझेका कुरा प्रस्ट पार्न लगाउँथे । जनतालाई अकालबाट राहत दिलाउन राज्यको ठाउँठाउँमा ठूल्ठूला पोखरी खन्न लगाए । पोखरीको पानीले खेतमा सिंचाइ गर्न लगाए ।
    राजाले प्रजाको हितको खातिर आफ्नो खजाना रित्याइदिए तर यस प्रयासबाट पनि जनताको स्थितिमा सुधार आएन ।
    जनता अन्नको एक/एक दानाको लागि आपसमा झगडा गर्ने स्थिति बनिसकेको थियो  । राजा, प्रजा कसैकहाँ पनि अन्नको गेडा थिएन, सिद्धिसकेको थियो । भोकले जनता मर्न थालेका थिए । जनतासरह नै दु:खकष्ट उठाइरहेका राजाले इन्द्रको आराधना गरेपछि घनघोर वर्षा भयो । राजा धर्मध्वजले जनहित निमित्त देखाएको त्याग जट–जटीन गीतिनाटकमा पाइन्छ । शायद अनिकाल छाएको देशमा बीउको लागि पनि अन्न बच्दैन होला । बडो कष्टपूर्ण थियो, त्यो क्षण । मानवको लाचारी अवस्था देखेर मृत्युदेव हाँसिरहेका थिए होला र कल्याणकारी देव कसरी उद्धार गर्ने भनेर व्यग्र थिए होला ।
    यो नाच मुख्यत: बज्जिकाभाषी गाउँमा प्रहसनको रूपमा प्रचलित छ ।
    यो भावनृत्य हो । जट–जटीनको कथोपकथनमा जुन अभिनयात्मकता छ, त्यो यसको नृत्यसम्पदा हो ।
    मध्य तराईका गाउँघरमा अझ पनि श्रावण पूर्णिमादेखि खासगरी कार्तिक महिनाको जुनेली रातमा युवतीहरूले समूह बनाइ यो नाटक खेल्ने गर्छन् । घरको कामधन्धा सकेर बेलुकी २०–२५ जना युवतीहरू गाउँको अलि फराकिलो ठाउँमा भेला हुन्छन् र रमाइलो गरेर यो गीतिनाटक खेल्छन् ।
    आकाशमा जून र तराई भूमिमा मधेसी युवतीहरू नृत्यमग्न ।
    जट–जटीनको अभिनय मुख्यत: कुमारी केटीहरूद्वारा आयोजित गर्ने चलन छ ।
    यो गीति नाटकमा मुख्यत: दुइटा पात्र प्रमुख हुन्छन्— जट र जटीन । जट वरको रूपमा जटीन वधूको रूपमा कुमुदिनी फूलले सिंगारिएका हुन्छन् ।
    आधा जति युवतीहरू जटतिर र आधा चाहिं जटीनतर्फ भएर बाँडिएका हुन्छन् । दुवै समूह लगभग १५ फिटको दूरीमा एक अर्काको सामुन्ने उभिन्छन् र गीति नाटक शुरू हुन्छ । जटीनको समूहका सबै युवतीहरू आपसमा स्वर मिलाएर प्रेमाख्यान गाउँदै जटको समूह नजिक पुग्छन् र त्यहीं तिनीहरूको गीत सकिन्छ । अनि त्यो समूह एकापसमा हात समाउँदै आफ्नो स्थानमा पुन: फर्किन्छ । जहाँ एकता छ, त्यहाँका युवतीहरू जट–जटीन गीति नाटकमा रमाउँछन् । संस्कृति जीवित रहन्छ ।  एकताबद्ध भावनाले संस्कृति बचाएको हुन्छ । यसरी पुस्तौं पुस्ता संस्कार एवं संस्कृति चल्दै आएको छ । व्यक्तिगत भावनाको विकासले संस्कार संरक्षणमा अनिष्ट भित्र्याउँछ । यस कारण वर्तमान व्यक्तिवादी समाजमा मानवताको आविष्कार हुन सक्दैन, राष्ट्र–भ्रान्तिहरू परस्पर उपलब्धिमा छेकबार बन्ने गर्दछन् ।
    लोकसंस्कृति अध्ययन गर्न आधुनिकताले नछोएको गाउँमा जानुपर्छ । मलाई लाग्दैन शहरमा बसेर लेखिएको लोकसंस्कृतिका पुस्तक पूर्ण सत्य हुन्छ भन्ने । लोकसंस्कृति गाउँमा खुला र व्यापक हुन्छ । वास्तवमा मलाई विस्मय भयो यति सुन्दर, यति गहिरो, यति स्वच्छ भाव गीति नाटक जट–जटीनमा छ । प्रज्ञा प्रतिष्ठानलाई हामी विद्वानहरूको थलो मान्दछौं । तर त्यहाँ पनि विद्वानको कदर हुन नसकेको पाएको छु । एउटा गिरोह छ, प्रत्येक वर्ष विभिन्न बहानामा घुमाइफिराइ बजेट पोल्टामा पारेर वास्तविक विद्वान, अनुसन्धानकर्तालाई पाखा लगाउने गर्दछ । यो तीतो यथार्थबारे पछि चर्चा गरौंला । अब लोकतर्फ फर्कौ, जट समूहले पनि त्यस्तै मीठो स्वरमा, उस्तै लयमा, रसिलो गीतबाट जवाफ दिंदै जटीनको समूहको नजिक पुग्छ र उसको जवाफी गीत पनि त्यसैगरी सकिन्छ । दुवैतर्फबाट दोहरी गीत गाइन्छ । अनेकौं किसिमका प्रश्नहरू एकदम मीठो लयमा सोधिन्छ र प्रश्नको उत्तर पनि उत्तिकै मीठो लयमा दिइन्छ ।
    गीत गाउनुका साथसाथै गीतको भाव अनुसार युवतीहरूले हातले पार लाउँदै नाचेको बडो मनोरम देखिन्छ । स·ीतको आरोह–अवरोहसँग यसको राम्रो ताल मिलेको भान हुन्छ । दुवै समूहले जट र जटीनलाई आफ्नो पछाडि लुकाइ राख्छन् । आकृतिले कोमल र सुलुत्त परेका औलाहरू नचाएको मनोरम देखिन्छ । ती औंलाहरूको मदतले धेरै कुरा प्रस्टयाएको हुन्छ ।
    सबभन्दा पहिले सहगान हुन्छ । सहगानको साथसाथै अभिनयको आरम्भ हुन्छ । जुहारी किसिमको यस गीति नाटकमा जट र जटीन दुई नवविवाहित युवकयुवतीको प्रेममा आधारित कथा छ । कथा अनुसार धर्मध्वज राजाको मिथिला राज्य कडा अकालको चपेटमा पर्‍यो ।
    पारिवारिक समस्या समाधान गर्न देवकोटाको मदनझैं घरको दुई छाक जुटाउन नसक्दा भर्खर नवविवाहिता पत्नीलाई छाडेर जट विदेश जान कम्मर कस्छ र जटीनलाई फकाउँछ, सम्झाउँछ तर विदेश सँगै जाने चाहना जटीनको छ र आफ्नो पति जटलाई छोड्न चाहँदिन ।
    तर पनि जटीनलाई छाडेर विदेश जान जट विवश छ र जटीन आँसु पिएर भएपनि जटलाई विदेश पठाउन विवश हुन्छिन् । र, सहमति अनुसार जट विदेश लाग्छ ।
    जनतासरह नै दु:ख उठाइरहेका राजा धर्मध्वजले जनताको साथमा इन्द्रको आराधना गर्छन् र घनघोर वर्षा हुन्छ । विदेश गएका जनता पनि फर्किन्छन् । साथै जट पनि आइपुग्छ । घरमा जटीन हुँदिन । माइत गएकी हुन्छे । जटले कुनै चिठी र समाचार नपठाएको हुँदा जटीन रिसाएकी हुन्छे ।
    जटीनले यस शङ्कालाई आफ्नो मधुर व्यवहारबाट समाधान गरेकी थिइन् ।
    पुरुष जहाँ गएपनि रमाउँछ । घर बिर्सिन्छ र उतै घरजम गर्न खोज्छ ।
    यो शङ्कामा सत्यता छ ।
    चिठीपत्र नआएपछि जटीनले जटको बारेमा बुझ्न निकै प्रयत्न गरेकी थिइन् ।
    जटले शृङ्गार सामान दिन्छ र फकाउँछ ।
    अनि दुवै घर फर्किन्छन् र आनन्दपूर्वक बस्दछन् । जट र जटीन घर फर्कंदा कोसी नदी तर्ने बेला माझी र जटीनबीचको संवाद बडो मनमोहक छ, दोहरो अर्थ लाग्ने । यस गीति नाटकमा जटीनलाई आफ्नो घरमा रहेको अभावबाट निकै पिरोलिएको देखाइएको छ ।
    अनेक कष्ट सहेको वर्णन छ ।
    पति–पत्नीबीच हुने कलह पनि देखाइएको छ ।
    अनि अरू ?
    यो गीति नाटक वर्षा ऋतुमा पनि कृषि नै प्रमुख पेशा अपनाएको बज्जिका समाजमा अत्यन्तै उत्साहसाथ युवतीहरू खेल्ने गर्छन् ।
    यस लोकनाट्यका केही गीत यस्ता छन्—
    जब जब टीका मंगलिअऊ रे जटा,
    टीका न काहे लाएले रे, टिकबे कारन,
    जटनिआ तरस ओले रे टिकबे कारन ।
जट—  
    जब जब टीका ललिअऊ गे जटीन,  
    टीका काहे न पेन्हले गे, टिकबे कारन,
    जटनी सभा में लजबएले गे, टिकबे कारन ।
जटीन—
    जब जब नथिआ मंगलिअऊ रे जटा,
    नथिआ न काहे लएले रे, नथिआ    कारन,
    जटानिआ तरस ओले रे नथिआ         कारन ।
जट—
    जब जब नथिआ ललिअऊ गे जटीन,
    नथिआ काहे न पेन्हले गे, नथिआ         कारन, 
    जटा सभा में लजबएले गे, नथिआ         कारन । 
    यसैगरी अरू अरू गहनाहरूको प्रस· जोडेर गीत गाउने गरिन्छ । 
जट—
    झुक के चलिहेगे जटीनिआ, झुकके         चलिहेगे, 
    चढल जुवानी तोहरो हउ, झुकके         चलिहेगे ।
जटीन—
    नहिए भुकबउ रे जटा नहिए झुकबउ         रे,
    हम त बाबू के दुलारी धिया आइठ के         चलबउ रे ।
जट—
    झुके के परतऊ गे जटीनी, झुके के         परतऊ गे,
    धनमा के बाल जइसन झुके के परतऊ         गे ।
जटीन—
    नहिए झुकबऊ रे जटा नहिए             झुकबऊ रे,
    हम तो भइआ के दुलारी बहिनी,         आइठके चलबऊ रे ।
    यसैगरि सबै नाताहरूसँग जोडेर गीत गाउने गरिन्छ । 
जटीन—
    धनमा कुटइते जटा मार ले मुसरबे         के मार, 
    मारले मुसले के मार, ओही बिओगे         लाल,
    जटा जाइले नइहरे हो लाल ओही         बिओगे न ।
जट—
    धनमा कुटइते कलिअऊ दुलरबे लाल,         कलिअऊ दुलरबे लाल,
    जटनी मतिजो नइहरबे लाल ओही         बिआगे न । 
जटीन—
    भात पकाबेके बेरिआ जटा मारले         छोलनिए के मार, 
    मारले छोलनिए के मार ओही विओगे,
    जटा जाइले नइहरे हो लाल ओही विओगे न । 
जट—
    भात पकाबे के बेरिआ कलिअऊ तारो         दुलरबे लाल,
    कलिअऊ तोरा दुलरबे लाल, जटीनी         मतिजो नइहरबे,
    ओही विओगे न । 
    यसैगरी अन्य बिषयका पनि गति गाउने गर्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : जट–जटीन
जट–जटीन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/06/blog-post_54.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/06/blog-post_54.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy